अमेरिकी काला अल्पसंख्यक-सिमान्तकृत समुदाय र विद्रोहको बर्तुलकार सिद्दान्त

विचार/ब्लग

– डा. अच्युत अर्याल

बिषय प्रवेश

चाहे अमेरिकी काला जाति होउन वा रेड ईण्डियन अल्पसंख्यक नै किन नहुन बिद्रोह र मौनताको चक्र ढांचामै उनीहरुको अभिव्यक्ति चलिरहेको छ । यसलाई प्रतिबिम्बित गर्ने काम मिडियाले गरिरहेकै छन् बिबिध सामाग्री र कभरेज मार्फत । अमेरिकामा त यतिबेला अल्पसंख्यक काला जातिले बिद्रोह दौरान मिडियामै आगो लगाईरहेका छन् । पत्रकार समेत प्रभावित भैरहेका छन् ।

परिचय

विद्रोहको बर्तुलकार सिद्दान्तको जग सन् २०१२ मा हालिएको हो । नेपालमा बस्ने तिब्बती शरणार्थी अल्पसंख्यक समुदायलाई नेपाली मिडियाले दिएको प्राथमिकता अध्यन गर्ने क्रममा (1,2,3,4)। जसले मौनताको बर्तुलकार सिद्दान्तलाई प्रतिस्थापन गरि गलत सावित गरिदिएको छ (5,6,7,8,9)। बरु अझ अगाडि बढेर मौनता र विद्रोहको चक्र ढांचा प्रस्तुत गर्ने काम समेत भएको छ (10,11,12,15,16)। अमेरिकी विद्वानको सिद्दान्तलाई यसरि चुनौती दिदै त्यसको अल्टरनेट थ्योरी तथा मोडल दिनु नेपालको आमसंचार अध्यनका लागि कोशेढुंगा भएको छ (17,18,19,20,21)।

मौनताको बर्तुलकार सिद्दान्त गलत

सन् १९७४ मा अमेरिकी पब्लिक ओपिनियन अध्येता एलिजावेथ नोली नुमेनले ईलियोनिसिस बिश्वबिद्यालय अन्तर्गत रहेर तत्बखतको अमेरिकी राष्ट्रपतिय निर्वाचनको अल्पसंख्यक सिमान्तकृत द्रिष्टिकोणको अध्यन गर्ने क्रममा ’छुट्टिनु पर्ने डरका कारण अल्पसंख्यक सिमान्तकृत समुदाय आफुलाई लागेको द्रिष्टिकोण पनि बहुमत समुदायको बोलवाला भएको परिस्थितिमा अभिव्यक्त नगरी बस्दछ र निरन्तर मौन रहन्छ’ भन्ने बताईन (17,18)। अझ अगाडि उनले भनिन – ’बिस्तारै बिस्तारै त्यो मौनताले बर्तुलकार स्वरुप लिन्छ अनि अल्पसंख्यक सिमान्तकृत समुदायको आवाज सधैको लागि हराउछ’ (19,20,21)।

हो यो गलत थियो । आमसंचार अध्येताले सन् २०१४ सम्म यहि गलत सिद्दान्तलाई नै मानिरहेको देखिन्छ (10,13,14,17,18,19,20,21)। पहिलोपटक सन् २०१३ मा मौनताको बर्तुलकार सिद्दान्तलाई प्रश्न गरियो । के सांच्चै अल्पसंख्यक-सिमान्तक्रित समुदाय मौन रहन्छन ? के उनीहरुको अभिव्यक्ति नै सधैंका लागि बन्द हुञ्छ त बहुसंख्यकबाट छुट्टिनुपर्ने डरका कारण ? के नुमेनले भनेको सहि छ ?

तिब्बती शरणार्थी जो नेपालमा अल्पसंख्यकका रुपमा बस्छन उनीहरुको सन् १९५९ देखिको नेपाली मिडियाको कभरेज प्राथमिकताको अध्यन, तथ्यांक अनि तथ्यबाट यो स्पस्ट हुनगयो कि वास्तवमा नुमेन गलत थिईन । उनको मौनताको बर्तुलकार सिद्दान्त गलत थियो (3,4,5,6,7,8)।

विद्रोहको बर्तुलकार सिद्दान्त सहि

तिब्बती शरणार्थी जस्तै अन्य नेपाली अल्पसंख्यक-सिमान्तकृतको अभिव्यक्ति ढांचा यदि गहन रुपमा हेर्ने हो भने एलिजावेथ नोली नुमेनले भनेजस्तो छुट्टिनु पर्ने डरका कारण उनीहरु नबोलेको देखिएन । अभिव्यक्तनै नभएको कहिं कतै पनि देखिएन । मौन रहेर हराएर गएको त झनै कही कतै देखिएन । बरु के देखियो भने अल्पसंख्यक-सिमान्तिकृत समुदाय उदण्ड हुंदै गएको, बिद्रोही हुंदै गएको, हिंसाजन्य अभिव्यक्तिमा बर्तुलकार स्वरुपमा सामेल हुंदै गएको चांहि पाईयो (6,7,8,9,10)।

कोहिपनि अल्पसंख्यक सिमान्तकृत मौन सक्किएको त देखिदै देखिएन । चाहे त्यो सन् १९५९ मा तिब्बतबाट भागेका शरणार्थी होउन, चाहे अफगानस्तान बाट सन् १९८० को दशकमा भागेका अफगानी शरणार्थी होउन, चाहे सन् १९९० पछि भुटानबाट खेदिएर झापा आएर बसेका भुटानी शरणार्थीनै किन नहुन कोहि पनि मौन सक्किएनन् । बरु आत्मदाह गर्ने, जुलुस गर्ने, घेराउ गर्ने, नारा लाउने आदि उदण्ड र बिद्रोहमा उनीहरुले आफ्नो अभिव्यक्ति दर्शाईरहेको देखिन्छ (13,15,16,21)।

शुरुमा सानोतिनो बिद्रोह गर्ने अल्पसंख्यक-सिमान्तकृतले बिस्तारै-बिस्तारै बर्तुलकार स्वरुपमा बिद्रोहलाई भयंकर बनाउदै लगेको प्रतक्ष्य उदाहरण मधेश आन्दोलनै हो जो मधेशी अल्पसंख्यक-सीमान्तकृत समुदायको अभिव्यक्ति ढांचा थियो । थारु, दलित, पिछडा वर्ग लगायत कोहिपनि नुमेनले भनेजस्तो मौन रहेको देखिदैन । मिडियामा उनीहरुका बिद्रोहजन्य सामाग्रिहरुनै पढ्न र हेर्न पाईञ्छ (15,16)।

बिश्वका कोहिपनि अल्पसंख्यक-सीमान्तकृत अभिव्यक्ति नगरी मौन रहेर त्यस्सै त्यस्सै सक्किएकोनै छैन । बरु बर्तुलकार स्वरुपमा विद्रोहमै उत्रिएको देखिन्छन् । सब्बै । महिला अधिकार आन्दोलन होस् या जाति-जनजाति अधिकार, चाहे लैङ्गिक अल्पसंख्यकको सवालनै किन नहोस विद्रोहको बर्तुलकार सिद्दान्तनै सहि सिद्दान्त हो अल्पसंख्यक-सिमान्तकृत समुदायको अभिव्यक्ति ढाचाको लागि (15,16,21)।

मौनता र बिद्रोह चक्र ढांचा

यसरि संसारभरीकै अल्पसंख्यक तथा सिमान्तकृत समुदायको अभिव्यक्ति पद्दतिलाई नियाल्दा के देखिन्छ भने बरु यिनीहरुको अभिव्यक्ति ढांचा मौनता र विद्रोहको चक्रिय स्वरुपमा चांहि पक्कै छ । अल्पसंख्यक तथा सिमान्तकृतहरु सधैं बिद्रोह-बिद्रोह भनेर मात्रै बसेको पनि देखिदैन । अभिव्यक्तिमा बिद्रोहको तयारि अनि बिद्रोहको उत्कर्ष पछि मौननै रहेको समेत देखिन्छ जुन निकै छोटो समयलाई मात्रै हो । नुमेनले भनेजस्तो सधैलाई होईन । गुमनाम भएर जाने भन्नेनै छैन । परिस्थिति तथा अनुकुलता नपाउञ्जेल मात्रै त्यो मौन रहेको जस्तो देखिएको मात्र हो (10,11,12,13,21)।

खासमा अल्पसंख्यक तथा सिमान्तकृत सदस्य ब्यक्तिगत रुपमा त सधै विद्रोहकै अवस्थामा हुञ्छ । त्यसले सामुहिक स्वरुप लिन अनुकुलता र परिस्थिति खोजेको मात्रै हो । विश्वभरिकै अल्पसंख्यक-सिमान्तकृतको गति यहि हो । चाहे अमेरिकी काला जाति होउन वा रेड ईण्डियन अल्पसंख्यक नै किन नहुन, बिद्रोह र मौनताको चक्र ढांचामै उनीहरुको अभिव्यक्ति चलिरहेको छ । यसलाई प्रतिबिम्बित गर्ने काम मिडियाले गरिरहेकै हुन्छन् बिबिध सामाग्री र कभरेज मार्फत । बिश्वभरिका मिडियाको प्राथमिकताको थोरै अध्यनमै पनि यो स्पस्ट हुञ्छ नै (15,16,21)।

कारण के हो त ?

प्रष्ट छ, मनोविज्ञानका दार्शनिक भन्छन – जुन चिज आफुलाई गर्न मन लाग्छ यदि त्यसलाई कुनै डरले गर्दा दबाईयो भने अनुकुल परिस्थिति पाउदा त्यसले बिस्फोटको रुप लिन्छ । त्यसैले केहि पनि कुरा जर्बजस्ती दबाउनु हुंदैन । ठिक यहि नियम लागु हुन्छ अल्पसंख्यक-सीमान्तकृत समुदायको सवालमा पनि । बहुमत समुदाय संग छुट्टिने डरले यदि अल्पसंख्यक समुदाय बोल्नैे छोड्यो, अभिव्यक्तिनै गर्न छोड्यो भने त्यो त जर्वजस्ती छोडेको हुन्छ । अभिव्यक्त हुन मन छ तर डर छ कि – बहुमत बाट छुट्टिनुपर्छ ! कानुनी अनि नैतिक डरले जब यसरि अभिव्यक्ति दबाईञ्छ त्यसले बिस्तारै सामुहिक मनोविज्ञानको स्वरुप लिन्छ । भित्र भित्रै । अनि अनुकुल परिस्थिति पाउने बित्तिक्कै त्यो बिष्फोट हुन जान्छ । जसले हिंसाको रुप लिन्छ । विद्रोहको रुप लिञ्छ (10,11,12,13,14,15,16,21)।

स्वार्थ समुहको प्रायोजन झन् आगोमा घ्यु

राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिक खिचातानी, शक्ति सङ्घर्ष, ब्यापारयुद्ध, सितयुद्द, महामारी, आर्थीक मन्दी, दण्डहीनता, असहिण्णुता, गृहयुद्ध, प्राकृतिक प्रकोप, आदिले उत्पन्न गर्ने निरासा, भोकमरि, बेरोजगारी आदी दौरान रणनीतिक रुपमा अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई स्वार्थ समुहले प्रयोग गर्दा झन् बिद्रोह भयावह हुनपुग्छ । राज्य संयंत्रले नियन्त्रण गर्नै नसक्ने गरि । जो यतिबेला अमेरिकामा भैरहेको छ । अझ प्रायोजन जति धेरै रकमको हुन्छ त्यतिनै ठुलो र भयंकर बिद्रोह देखिन्छ । जसले समाजका सबै पक्षहरूलाई तहसनहस बनाईदिन्छ (13,14,21)।

मिडियामा पर्ने असर

यसरि अल्पसंख्यकको अभिव्यक्ति विद्रोहको रुपमा हुंदा यसले मिडियालाई समेत असर पार्छ । मिडियामा ति बिद्रोहजन्य गतिबिधि सामाग्रीका रुपमा समेटिञ्छन । जसको ठुलो संख्यामा प्रापक समेत हुन्छन । मिडियाकै ब्यापार र बजेटलाई समेत यसले असर पारेको हुन्छ । कतिपय अवस्थामा सम्पादकीय स्वतन्त्रता, गोपनियता, आचारसंहिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई समेत यसले गम्भीर प्रभाव पारिरहेको हुन्छ । गोर्खाल्याण्ड आन्दोलनमा पश्चिम बङ्गाल सरकारले त्यहाको अल्पसंख्यक नेपाली टेलिभिजन च्यानलनै बन्द गरिदिएको नजिकैको उदाहरण ताजै छ (15,16)। अमेरिकामा त यतिबेला अल्पसंख्यक काला जातिले बिद्रोह दौरान मिडियामै आगो लगाईरहेका छन । रिपोर्टिङ दौरान पत्रकारहरु पक्राउ परिरहेका छन् ।

निष्कर्ष

अल्पसंख्यक-सीमान्तकृत समुदाय बिद्रोह र शान्तिको चक्रीय स्वरुपमा आफुलाई अभिव्यक्त गर्नेगर्छन । जसले कुनैपनी समाजको लोकतान्त्रीकरण (प्रजातान्त्रिकरण) लाई समेत प्रभावित पार्दछ । साथै समाजको लोकतान्त्रीकरण (प्रजातान्त्रिकरण) ले पनि उनीहरुको अभिव्यक्ति प्रक्रियालाई निर्धारण गर्दछ । र उक्त चक्रीय ढाचाको अभिव्यक्ति प्रक्रियाले लोकतान्त्रिक समाजका मुल्य र मान्यताहरुलाई पनि सधैं प्रभावित गरिरहेको हुन्छ (21)।

उपसंहार

यसरि निष्कर्ष यहि निस्कन्छ कि: अल्पसंख्यक-सिमान्तकृत समुदायको आफ्नै अभिव्यक्ति सिद्दान्त र ढांचा छ । त्यसै अनुरुप उनीहरु समाजमा अभिव्यक्त हुन्छन । मिडिया तथा संचारकर्मीले समेत यो स्वरुपलाई बुझेर मात्र उनीहरुको कभरेज गर्नु उपयुक्त हुन्छ । साथै राज्य तथा राज्यसंयन्त्र समेत उनीहरुको अभिव्यक्ति प्रक्रियाबारे सचेत रही त्यहि अनुरुप ब्यबहारमा उत्रदा समाजको लोकतान्त्रिक (प्रजातान्त्रिक) प्रणाली, स्वतन्त्रता, सामाजिक मूल्य, अमनचयन, बिकास, शान्ति र समुन्नति सहि ढंगबाट हुनजान्छ (21)।

सन्दर्भ सामाग्री (References)

1. Aryal, A. (2011). Coverage of Tibetan refugee in Nepali print media, MA thesis. Kathmandu: Central Department of Journalism and Mass Communication, Tribhuban University.

2. Aryal. A. (2011). Nepali chhapaamaa tibatti saranaarthi ko kavarej (coverage of Tibetan refugee in Nepalese press). Kathmandu: A paper presented in discussion forum at Martin Chautari.

3. अर्याल, अच्युत (सन् 2012) । नेपाली छापामा तिब्बती शरणार्थीको कभरेज । मिडिया अध्ययन (७), पृष्ठ: 125-140, मार्टिन चौतारी । जीतजङ मार्ग, थापाथली, काठमाडौं ।

4. Aryal, A. (2012). Tibetan refugee in Nepal: Role of media on promoting peace building in South Asia through news coverage. Kathmandu: Paper presented in 8th Global conference on human development organized by ICA International at Soltee, October 29-November 2.

5. Aryal, A. (2013). Effects of 1990’s Democracy on News Coverage of Tibetan Refugee by Nepalese Press and Their Perception. International Journal of Scientific Research and Reviews 2 (3), ISSN: 2279-0543.

6. Aryal, A. (2013). Spiral of Violence: Pattern of Tibetan Refugee’s Aggression Expression in Nepal. Journal of Indian Research,1(3), ISSN: 2320-7000.

7. Aryal, A. (2013). Spiral of Violence: Death of Spiral of Silence and a Farwell to ElizabethNoelle- Neumann. Scientific Journal of International Research SJIR 1(2), (34-48), ISSN: 2350-8728.

8. Aryal, A. (2013). Spiral of Violence: A Study of the Model on Perception Pattern and Aggression Expression in Nepalese Press by Tibetan Refugee. Journal of Mass Communication & Journalism 3, 159. doi: 10.4172/2165-7912.1000159

9. Aryal, A. (2014). Theorizing Spiral of Violence: Death of Spiral of Silence Theory. Journal of Mass Communication Journalism 4, 175. doi:10.4172/2165-7912.1000175

10. Moksha, S. (2014). Communication theories and models from Nepal. Scientific Journal of International Reseach, ISSN: 2350-8728.

11. Aryal, A. (2014). Silence-violence cycle : A commentary on spiraling effects study of minority’s perception expression model. Scientific Journal of International Reseach, ISSN: 2350-8728.

12. Aryal, A. (2015). Silence-Violence Cycle: Perception Expression Model of Minority Community. J Mass Communicat Journalism 5: 235. doi:10.4172/2165-7912.1000235

13. Aryal, A. (2016). Effects of 1990’s democracy on news coverage of Tibetan refugee by Nepalese press and their perception expression pattern. A PhD thesis, Department of Mass and Media Communication, Mewar University, Raj. India.

14. Aryal, A. (2016). Moksha from Communication: An Ecological Perspective of Bishnoi Religion from Western India. J Mass Communicat Journalism 6: 303. doi:10.4172/2165-7912.1000303

15. अर्याल प्रा. डा., अच्युत (मार्च सन् 2016) । संविधान मानेको छ त हाम्रो सञ्चार क्षेत्रले ? संहिता (28), पृष्ठ: 115-122, प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन, अन्तर्राष्ट्रिय सम्बन्ध एवं प्रकाशन तथा अनुसन्धान उपसमिति, प्रेस काउन्सिल नेपाल ।

16. अर्याल, डा. अच्युत (सन् 2019) । बिद्रोहको बर्तुलकार सिद्धान्त र नेपाली मिडिया क्षेत्र । नयाँ मार्ग १ (२), पृष्ठ: 39-40, काठमाडौं ।

17. Noelle-Neumann, E. (1973). Return to the concept of powerful mass media. Studies of Broadcasting, 9, 67-112.

18. Noelle-Neumann, E. (1974). The spiral of silence: A theory of public opinion. Journal of Communication, 24, 43-52.

19. Noelle-Neumann, E. (1974). The spiral of silence: A theory of public opinion. Journal of Communication, 24, 43-51.

20. Noelle-Neumann, E. (1984). The spiral of silence: Public opinion – our social skin. University of Chicago Press.

21. Aryal A. & Venkatasubramanian. (2015). Democratization Impacts on
Perception Expression: A Comparative Study of Pre-1990 and Post-1990 Scenario
of Tibetan Refugee Minority in Nepal. J Socialomics 4: 126. doi:10.4172/2167-
0358.1000126

Related Links (सम्बन्धित डिजिटल लिन्कहरु)

1. https://www.researchgate.net/…/285383902_Democratization_Im…

2. https://www.researchgate.net/…/269548451_Theorizing_Spiral_…

3. https://www.semanticscholar.org/…/c0721dc660c922e64dabc43f0…

4. https://www.longdom.org/…/democratization-impacts-on-percep…

5. http://mujournal.mewaruniversity.in/JIR3/9.pdf

6. http://107.170.225.98/cgi-bin/koha/opac-detail.pl…

7. https://www.academia.edu/…/Effects_of_1990_s_Democracy_on_N…

8. https://www.academia.edu/…/EFFECTS_OF_1990s_DEMOCRACY_ON_NE…

9. https://www.academia.edu/…/Effects_of_1990_s_Democracy_on_N…

10. https://www.academia.edu/…/Democratization_Impacts_on_Minor…

11. https://www.academia.edu/…/Democratization_Impacts_on_Perce…

12. https://www.academia.edu/…/Silence-Violence_Cycle_of_Percep…

13. https://www.hilarispublisher.com/…/silenceviolence-cycle-pe…

14. https://www.longdom.org/…/democratization-impacts-on-percep…

15. https://www.hilarispublisher.com/…/theorizing-spiral-of-vio…

– (डा. अर्याल अल्पसंख्यक संचार अध्येता हुन् ।)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =