-सन्दीप काफ्ले ” प्रश्रित”
बग्दै गरेका नदिमा
उच्छृङ्खल छालहरु,
चन्द्रमाकाे मुलायाम दृश्यलाई
छुन खाेज्दै , हठात् गर्दै ,
भाैतारिरहन्छन् धराका कन्दराहरुमा,
त्यसरी नै विचारहरु,
शरीरका अङ्गअङ्गमा ,
जगत् के हाे?
अात्मा के हाे?
मन के हाे?
सृष्टि के हाे?
विलय के हाे?
अादि प्रश्न तेर्साउदै
शुन्यता खाेज्दै डुलिरहन्छन्,
भाैतारिरहन्छन् भड्के अात्मा झै।
सृष्टि मै भित्र छ,
ब्रह्माण्ड मै भित्र छ,
जगत् का कण कण
मेरा विधिहीन क्रियामा छ।
सबै ममा छ भन्ने जान्दा जान्दै,
म “मलाई” खाेज्दै ,
यथेष्ट संसारमा भाैतारिरहन्छ ।
गन्तव्यहीन यात्री झै ,
यात्रा गरिरहन्छ।
मिथ्या संसारमा जडमा म देख्दै,
म “मलाई” खाेज्दै डुलिरहन्छ ।
अनि हिड्ने मार्गहरु एक्लाे छ,
पुग्ने ठाउँहरु सुनसान छ ,
चकमन्न अधेरी झै
जीवनका रेखाहरु काला छन्।
सबै कुरा झुटाे देख्छ ।
केवल सत्य अात्मा देख्छ ।
अनि भन्दछ
कवि शिराेमणि लेखनाथ पाैडेल द्वारा
रचित कविता :
“असत्य संसार असत्य देह याे
असत्यकाे भाेग असत्य नै भयाे,
म सत्य अात्मा फिर जन्मने किन
तलाई मालुम छ कि याे कुरा मन। “