आज वीर बलभद्र कुँबरको २३२ अैां जन्म जयन्ति मनाइदै ।

प्रमुख समाचार बिशेष

आज वीर बलभद्र कुँबरको २३२ अैां जन्म जयन्ति मनाइदै ।
वीर बलभद्रको जन्म काभ्रेपलान्चोकको भमरकोटमा भएको प्रमाण
प्रकाशित मिति

वि.सं. १८४६ साल मार्ग महिनाको १७ गते (इ.सं. १७९० जनवरी ३०) हालको काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ६ भमरकोटमा वीर बलभद्रको जन्म भएको हो । उनकी आमा बडाकाजी अमरसिंह थापाकी छोरी अम्बिकादेवी कुँवर हुन् । नालापानी नेपाल अंग्रेज युद्वका कप्तान रहेका वीर बलभद्र कुँवरको बाल्यकाल भमरकोटमै बितेको हो । उनका हजुरबुबा सरदार जयकृष्ण कुँवर तिमाल कोटमा मारिएपछि उनी र उनका भाइहरूलाई काभ्रे कोट र भमरकोट हालको धुलिखेल र पाँचखाल तिम्रा सन्तान दरसन्तानले खानु भन्ने मोहोर पृथ्वीनारायण साह र गिवार्णविक्रमबाट हुकुम भएको थियो । बलभद्र कुँवरका पिता चन्द्रवीर कुँवर भमरकोटमा रहेको सिंहनाथ पल्टनका प्रमुख थिए ।अहिरामका छोरा रामकृष्ण कुँवर पृथ्वीनारायण शाहका मुख्य सरदार र अन्तत काजीसमेत बनेका थिए । पृथ्वीनारायण शाहको नेपाल पुनः एकीकरणको क्रममा उपत्यकापूर्वको साँगाचोक गढी, पलाञ्चोक भमरकोट तिमालकोट बुचाकोट, दुम्जा, काभ्रेकोट, बनेपा चौकोट, पनौती विजयका प्रमुख सुत्रधार हुन् । उनले नेपाल एकीकरणको क्रममा महत्त्वपूर्ण योगदान दिएका छन् । इतिहास शिरोमणि बाबुराम आचार्यले पुर्णिामाको पुर्णाङ्ग ५०, २०२८ भाद्र ८–१० मा १८१७ साल पलाञ्चोक आक्रमण गर्दा बाघ भीमसेन थापा (बडाकाजी अमरसिंह थापाका पिता) घोरामा परेर मारिएका र पलाञ्चोक आक्रमणको जिम्मा गोर्खाली फौजको तर्फबाट सरदार रामकृष्ण कुँवरलार्ई दिएपछि उनले काज फत्तेगरी काभ्रे गढीमा अधिकार जमाइ १५ वर्षसम्म बडाहाकिम यस पूर्वी प्रदेशको हाकिम भएको उल्लेख इतिहास शिरोमणि बाबुराम आचार्यले गर्नुभएको छ ।

वि.सं. १८१९ भाद्र १० मा गोरखालीले मकवानपुर गढी कब्जा गरेको र त्यस अन्तर्गतको दास राज्य तिमालले गोर्खाली फौजसँग आत्मसमर्पण नगरेको हुनाले घमासान युद्ध हुँदा सरदार रामकृष्ण कुँवरका भाइ बलभद्र कुँवरका हजुरबुबा जयकृष्ण कुँवरको तिमालका शैनिकको खुडाबाट मृत्यु हुन पुग्छ करिब ३०० गोर्खाली फौजको हत्या भएपछि रामकृष्ण कुँवर तिमाल बेसि झरी पलाञ्चोक किल्लामा बस्छन, आफ्ना प्रिय भाइ जयकृष्ण कुँवरसहित ठुलो हताहत भएपछि रिसले चुर भएका रामकृष्णले भाइसहित गोरखाली सेनाकाको लास दिने र तिमालबेसीको उब्जाउ जमिन तिमालकोटलार्ई फिर्ता गर्ने सन्धि गर्ने हतियारबिना बोलाएर अघिल्लो दिन राति बगरमा ठुलो मात्रामा हतियार लुकाएर हतियारबिनाका ७०० सैनिक सहितलाई सुनकोसी बगरमा काटी रामकृष्ण कुँवरले भाइको हत्याको बदला लिएको घोषणा गर्दछन् । उता काठमाडौँमा रहेका राजा पृथ्वीनारायण शासले रामकृष्णको भाइ जयकृष्णको मृत्युको खबरले दुखित हुँदै वि.सं. १८२९ असोज ५ मा एउटा लालमोहोर जारी गरी काभ्रेकोट (हालको धुलिखेल) र भमरकोट पाँचखाल तिम्रा सन्तान–दर्सन्तानले खानु भन्ने हुकुमको मोहोर आज पनि गुठी संस्थानमा प्रमाणित रहेको छ (फलेन्द्र विक्रम राणा, नेपाली राणा घरानाको संक्षिप्त बंशावली) ।

काजी रामकृष्ण र सरदार जयकृष्ण कुँवर तथा बलभद्र कुँवरका कुप्रा बा अहिराम कुँवर कास्कीका राजाको दमन सहन गर्ने नसकीपछि पराजुली र थापाहरूको सहयोगमा कास्कीबाट भागेर गोर्खा राज्यसँग शरण मागेको कुँवर वंशावलीमा छापिएको छ ।

अहिराम कुँवर कास्कीका चल्दापुर्दा व्यक्ति थिए यिनका तीन भाइ छोरा जेठा रामकृष्ण माइला जयकृष्ण र कान्छा अरससिंह कुँवर हुन् । कीर्तिपुरको युद्धमा काजी कालु पाण्डेको मृत्यु भएपछि उनको स्थानमा काभ्रे पूर्वकिँरातसम्म विजय गरेका सरदार रामकृष्ण कुँवर काजी नियुक्त भएको पढ्न पाइन्छ । तिमालकोटमा हत्या गरिएका भाइ जयकृष्ण कुँवरका छोरा चन्द्रवीर कुँवर सानै उमेरका भएका कारण भमरकोटमै बढिरहेको र युवा अवस्थामा उनले भमरकोटको सरदार पद ग्रहण गरेको इतिहासका दस्ताबेज प्रयाप्त छन् ।

काभ्रेपलान्चोक रक्षाका निमित्त पृथ्वीनारायण शाहले नवयुवक रामकृष्ण कुँवरलाई नियुक्त गरेका हुनाले यिनी भमरकोटमा घरबार नै गरी त्यहाँका स्थायी बासिन्दा भएको देखिन्छ, पृथ्वीनारायण शाहको मृत्यु भएको ३० वर्षपछिको वि.सं. १८६० चैत्र बदि ३ रोज ६ को गिर्वाणयुद्ध वीरविक्रम शाहबाट गरिदिएको लालमोहोर (बाबुराम आचार्य, पुर्वतः ३८६) बाट रामकृष्ण कुँवर मात्र हैन यिनका छोरा भाइभतिजाहरूको समेत स्थाइ बासस्थान भमरकोट नै रहेको देखिन्छ, जब राजाले नै तिम्रो र तिम्रो खलकको स्थाइ बसोबास भमरकोट हो भनेर प्रमाणित गरेपछि, बलभद्रका पिता भमरकोटगढीको सुरक्षार्थ सरदार थिए दाजुभाइ सबै यतै थिए, राजाको हुकुम मोहोर, बिर्ता थियो मोहोर थियो, तर १८४६ माघ १७ गते बलभद्र कुँवर अन्तै जन्मिए, हावामा फुत्त उडेर बलभद्रको बाल्यकाल भमरकोटमा बित्यो तर जन्मिएका अन्तै हुन भनेर कोइ कसैले इतिहास बग्गाउने कुचेष्टा गर्छन भने दिवा सपना हो । वि.सं. १८२९ असोज ५ पृथ्वीनारायण शाहको मोहोर र ३१ वर्षपछि वि.सं. १८६० चैत्र गिर्वाणयुद्व विक्रमको लालमोहोरले रामकृष्ण जयकृष्ण, जयकृष्णका छोरा चन्द्रवीर कुँवर र उनका छोरा बलभद्रसमेत भमरकोटकै स्थायी बासिन्दा हुन् भन्ने प्रमाणित हुन आउँछ । पृथ्वीनारायण शाहको मोहोर र गिर्वाण युद्वको मोहोर गुठीका कागजपत्र झुटा हुन् भने बलभद्र कुँवर काभ्रेपलान्चोकका सन्तति हैनन् ।

वि.सं. १८४६ साल मार्ग महिनाको १७ गते (इ.सं. १७९० जनवरी ३०) हालको काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ६ भमरकोटमा वीर बलभद्रको जन्म भएको हो । उनकी आमा बडाकाजी अमरसिंह थापाकी छोरी अम्बिकादेवी कुँवर हुन् । नालापानी नेपाल अंग्रेज युद्वका कप्तान रहेका वीर बलभद्र कुँवरको बाल्यकाल भमरकोटमै बितेको हो । उनका हजुरबुबा सरदार जयकृष्ण कुँवर तिमाल कोटमा मारिएपछि उनी र उनका भाइहरूलाई काभ्रे कोट र भमरकोट हालको धुलिखेल र पाँचखाल तिम्रा सन्तान दरसन्तानले खानु भन्ने मोहोर पृथ्वीनारायण साह र गिवार्णविक्रमबाट हुकुम भएको थियो । बलभद्र कुँवरका पिता चन्द्रवीर कुँवर भमरकोटमा रहेको सिंहनाथ पल्टनका प्रमुख थिए । वि.सं.१८६२ साल जेष्ठ १३ गतेका दिन काठमाडौं दरबारको पत्रअनुसार छाउनीमा आठै प्रहर रुजु राख्नु आफूले खाइपाइ आएको तलबबाहेक ३५२२ खान्की राख्नु भन्ने आदेशमुताविक ४ पल्टन थिपिएको थियो ।

विसं. १८६३ मा करिव १७ वर्षको युवा उमेरका बलभद्र कुँवरले जयशिवशंकर बरख कम्पनीमा सुबेदार पदमा नियुक्ति पाएका हुन् । केही समयपश्चात् पल्टनसहित बलभद्र कुँवरलार्ई डोटी खटाइयो र उनले डोटीका राजकाजसमेत समाली जनता कजाएर बसेका थिए । काभ्रेपलान्चोकको भमरकोटमा खलङ्गा खडा गररी बसेका उनका बाबु चन्द्रवीर कुँवर आफ्नो पल्टनसहित थपेको ४ पल्टन जम्मा पाँच पल्टन लियर १८६४ साल वैशाखमा कुमाउँगढवालको श्रीनगरमा सिंहनाथ कम्पनी लियर जानु भन्ने हुकुम भएपछि बाबु गढवाल कज्याउन पुगेका थिए छोरा बलभद्र डोटी र बाबु कुमाउँगढवाल क्षेत्रका सेनापति पृथ्वीनारायण शाहको मोहोर र गिर्वाणयुद्वको मोहोर गुठीका कागजपत्र झुटा हुन् भने बलभद्र कुँवर काभ्रेपलान्चोकका सन्तति हैनन् ।

वि.सं. १८४६ साल मार्ग महिनाको १७ गते (इ.सं. १७९० जनवरी ३०) हालको काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ६ भमरकोटमा वीरबलभद्रको जन्म भएको हो । उनकी आमा बडाकाजी अमरसिंह थापाकी छोरी अम्किकादेवी कुँवर हुन् । नालापानी नेपाल अंग्रेज युद्वका कप्तान रहेका वीरबलभद्र कुँवरको बाल्यकाल भमरकोटमै बितेको हो । उनका हजुरबुबा सरदार जयकृष्ण कुँवर तिमालकोटमा मारिएपछि उनी र उनका भाइहरूलाई काभ्रे कोट र भमरकोट हालको धुलिखेल र पाँचखाल तिम्रा सन्तान दरसन्तानले खानु भन्ने मोहोर पृथ्वीनारायण शाह र गीवार्णबिक्रमबाट हुकुम भएको थियो । बलभद्र कुँवरका पिता चन्द्रवीर कुँवर भमरकोटमा रहेको सिंहनाथ पल्टनका प्रमुख थिए । वि.सं. १८६२ साल जेष्ठ १३ गतेका दिन काठमाडौं दरबारको पत्रअनुसार छाउनीमा आठै प्रहर रुजु राख्नु आफूले खाइपाइ आएको तलबबाहेक ३५२२ खान्की राख्नु भन्ने आदेशमुताविक ४ पल्टन थिपिएको थियो । वि.सं. १८६३ मा करिव १७ वर्षको युवा उमेरका बलभद्र कुँवरले जयशिवशंकर बरख कम्पनीमा सुबेदार पदमा नियुक्ति पाएका हुन् । केही समयपश्चात् पल्टनसहित बलभद्र कुँवरलार्ई डोटी खटाइयो र उनले डोटीको राजकाज समेत सम्हाली जनता कजाएर बसेका थिए । काभ्रेपलान्चोकको भमरकोटमा खलङ्गा खडा गरी बसेका उनका बाबु चन्द्रवीर कुँवर आफ्नो पल्टनसहित थपेको ४ पल्टन जम्मा पाँच पल्टन लिएर १८६४ साल वैशाखमा कुमाउ गढवालको श्रीनगरमा शिंहनाथ कम्पनी लिएर जानु भन्ने हुकुम भएपछि बाबु गढवाल कज्याउन पुगेका थिए छोरा बलभद्र डोटी र बाबु कुमाउँ गढवाल क्षेत्रका सेनापति बनेको इतिहास जीवित छ ।

वि.सं. १८६८ मा नेपाल सरकारले दुन उपत्यकाको शासन व्यवस्था चलाउन र सुरक्षा गर्ने डोटीका सेनापति बलभद्र कुँवरको वरख बल्टन साथ डोटीबाट खटाउँछ सिंहनाथ कम्पनी लिही बसेका पिता चन्द्रविर कुँवरको १८६९ साल वैशाखमा निधन भएपछि बलभद्र कुँवरलाई नालापानी किल्लाको जिम्मेवारी दिइएको हो । १८७१ साल माघमा स्वस्थानी पुर्णिामाका दिन कप्तानमा बढुवा गरी राजाले ‘तेरा बाबा सरदार चन्द्रवीर कुँवर खस्याछन्, तिमीहरूका ख्वामिद पालना गन्र्या हामी छँदैछौँ, तेरा बाबाले गरी आएका कामकाज बडाकाजी अमरसिंह थापाले लाया अह्राया बमोजिम गर्नु भनी लेखिको पत्र सुरक्षित छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 12 =