आर्य अवधारणा नश्लिय होईन

विचार/ब्लग

-नुमनाथ प्याकुरेल

केहि विद्वानहरुले आर्यहरुलाई विदेशी र कोहिले आदिवासी मानेकाछन् । आर्यहरुलाई विदेशिहरु हुन् भनेर विश्वास गर्नेहरुमा ब्रिटिश र वामपन्थी ईतिहासकारहरुलाई पछ्याउने मानिसहरु पर्छन् । जसले आर्यहरुलाई आदिवासीहरु भनेर विश्वास गर्छन् । आर्यहरु आदिवासी तथा रैथाने मान्ने विद्वानहरुले वैदिक सनातन वाङ्मयलाई श्रोत सामाग्री र प्राचिन मौलिक सभ्यतालाई ज्ञानको आदर्श तथा मापक मान्दछन् ।

आफुलाई आर्य भनेर चिनाउने मानिसहरू, विभिन्न जाति तथा समुदायका मानिस थिए । यसैले आर्य धर्म भनेको उच्च समाजको धर्म हो तर संकिर्ण नश्लिय कित्ताकाट हैन । सम्मानजनकको अर्थमा, आर्य संस्कृत साहित्यमा धेरै प्रयोग भएको छ । श्रीमतीले आफ्ना लोग्नेलाई आर्यपुत्र र नैतिकतापूर्वक व्यवहार गर्नेलाई आर्य भन्दछिन् ।

काण्डमा आर्य शब्द प्रयोग भएको छ । भगवान श्री रामको उत्तम चरित्रको वर्णन गर्दै वाल्मीकि रामायणमा महर्षि नारद भन्दछन – आर्य: सर्वसमश्चायमं, सोमवत् प्रियदर्शन: । (रामायण बालकाण्ड १/१६) अर्थात् श्री राम आर्य , धर्मात्मा, सदाचारी, सबैलाई समान दृष्टिले हेर्ने र चंद्रमा सरह प्रिय देखिने थिए ।

ऋग्वेद १/१०३/३, ऋग. १/१३०/८ र १०/४९/३ मा आर्य शब्दको प्रयोग श्रेष्ठको अर्थमा गरिएको छ । ऋग्वेद ५/३४/६, १०/१३८/३ मा ऐश्वर्यवान (इंद्र समान )को रूपमा प्रयोग गरिएको हो । ऋग्वेद ८/६३/५ मा सोमको विशेषणको रुपमा गरिएको हो । ऋग्वेद १०/४३/४ मा ज्योतिको विशेषणको रुपमा गरिएको हो । ऋग्वेद १०/६५/११ मा वृत्तको विशेषणको रुपमा गरिएको हो ऋग्वेद ७/३३/७ मा प्रजाको विशेषणको रुपमा गरिएको हो । ऋग्वेद ३/३४/९ मा वर्णको विशेषणको रुपमा गरिएको हो । ऋग्वेद १०/३८/३ मा ” दासा आर्यों ” शब्द प्रयोग गरिएको छ यहाँ दासको अर्थ शत्रु, सेवक, भक्त आदि हो र आर्यलाई महान, श्रेष्ट र बलवान भनेको हो जसको कारण दासा आर्य भनेको बलवान शत्रु, महान भक्त, श्रेष्ठ सेवक आदि हुन पुग्छ ।

अत: हामी सबैले प्रष्ट संग भन्न सक्नु पर्दछ कि आर्य शब्द नस्ल या जातिवादी होइन बरु महान, श्रेष्ठ, बलवान, ऐश्वर्यवान, ईश्वरपुत्र, आदि हो जुनकुरो यस विश्वको कुनैपनि व्यक्ति, जाति, वंशकोलागि प्रयोग हुन सकेको छ । विभिन्न महापुरुषहरुले, सभ्यताहरुले, विभिन्न भाषा आदिमा प्रयोग गरिएको आर्य शब्द उहिले ईरानको राजाहरुलाई आर्य मेहरको उपाधिले विभूषित गर्ने गरिन्थ्यो किनभने उनीहरु आफुलाई सूर्यवंशी क्षत्रिय सम्झन्थे । हित्ती (हत्ती या हित्ती प्राचीन खत्तिय (हित्ताइत) जातिले बोल्ने भाषा हो) त्यसको लिपि प्राचीन सुमेरी-बाबुली-असूरी छ र त्यसको साहित्य अक्कादी (असूरी-बाबुली) मा लेखिएको छ । भाषामा आर्य शब्द प्रयोग गरिएको छ । न्याय दर्शन १-१० को वात्सायन भाष्यमा आर्य शब्द प्रयोग गरिएको छ । महाभारतको उद्योग पर्वमा आर्य शब्द प्रयोग गरिएको छ । रामायण बालकाण्डमा आर्य शब्द प्रयोग भएको छ । भगवान श्री रामको उत्तम चरित्रको वर्णन गर्दै वाल्मीकि रामायणमा महर्षि नारद भन्दछन – आर्य: सर्वसमश्चायमं, सोमवत् प्रियदर्शन: । (रामायण बालकाण्ड १/१६) अर्थात् श्री राम आर्य , धर्मात्मा, सदाचारी, सबैलाई समान दृष्टिले हेर्ने र चंद्रमा सरह प्रिय देखिने थिए । किष्किन्धा काण्ड १९/२७ मा बालि की पत्नी ताराले आफ्ना पति बालिको वध भएको देखेपछि उसलाई आर्य पुत्र भनेर बिलौना गरेकी थिइन् । भविष्य पुराणमा आर्य शब्दको प्रयोग गर्दै मुहम्मदलाई म्लेच्छ भनिएको छ । मृच्छकटिका नाटकमा ” देवार्य नंदन ” शब्दमा आर्य शब्दको प्रयोग गरिएको छ ।

भाषामा आर्य शब्द प्रयोग गरिएको छ । न्याय दर्शन १-१० को वात्सायन भाष्यमा आर्य शब्द प्रयोग गरिएको छ । महाभारतको उद्योग पर्वमा आर्य शब्द प्रयोग गरिएको छ । रामायण बालकाण्डमा आर्य शब्द प्रयोग भएको छ ।

आर्यबाटै आरमीनि शब्द बनेको हो जसको अर्थ हो शूरवीर । दुर्गा सप्तशतीमा ” श्री दुर्गाष्टोत्तरशतनामस्तोत्रम् ” अंतर्गत देवीको १०८ नाम मध्ये एउटा नाउँ आर्या भनेर बताइएको छ । (गीता प्रेस गोरखपुर पृष्ठ ९) छन्द शास्त्रमा एउटा छन्दको नाउँ आर्या पनि रहेको छ । भगवद्गीतामा भगवान श्री कृष्णले अर्जुन आफ्नो क्षत्रीय धर्मबाट विचलित हुँदै गएको देखेपछि मोहमा बाधिएका अर्जुनलाई भनेका थिए, ” कुतस्त्वा कश्मलमिदं, विषमे समुपस्थितम् ।

अनार्यजुष्टमस्वर्ग्यम्, अकीर्ति करमर्जुन । (गीता २/३)” अर्थात् हे अर्जुन, यो अनार्य एवं दुर्जनहरुद्वारा सेवित, नर्क लैजाने, अपयश दिलाउने पाप यस्तो कठिन समयमा तिमीले कसरी प्राप्त गर्यौ ? यहाँ श्री कृष्णले अर्जुनलाई आर्य बनाउनकोलागि अनार्यत्व त्याग गर भन्नु भएको छ । सिखहरुको गुरुविलासमा आर्य शब्दको उलेख गर्दै भनिएको छ । जो तुम सुख हमारे आर्य । दियो सीस धर्म के कार्य । बुद्ध धर्मिहरुको विवेक विलासमा आर्य शब्द – ” बौधानाम सुगतो देवो विश्वम च क्षणभंगुरमार्य सत्वाख्या यावरुव चतुष्यमिद क्रमात ।” बुद्ध वग्गमा आफ्ना उपदेशहरुलाई बुद्धले चार आर्य सत्य नामले प्रकाशित गरेका छन्; चत्वारि आरिय सच्चानि (अ.१४ ) “धम्मपद अध्याय ६ वाक्य ७९/६/४ जो आर्यहरुले भनेको मार्गमा हिड्दछन तिनीहरु पंडित हुन । जैन ग्रन्थ रत्नसार भाग १ पृष्ठ १ मा जैनहरुको गुरुमंत्रमा आर्य शब्द प्रयोग गरिएको छ । “णमो अरिहन्ताण णमो सिद्धाण णमो आयरियाण णमो उवज्झाणाम णमो लोए सब्ब साहूणम” यहा आर्यहरु अर्थात सबै श्रेष्टहरुलाई नमस्कार भनिएको छ । जैन धर्मलाई आर्य धर्मपनि भन्ने गरिन्छ । [पृष्ठ xvi, पुस्तक : समणसुत्तं (जैनधर्मसार)] जैनधर्मी साध्विहरुलाई अझैपनि आर्या वा आरजा भन्ने गरिएको छ । काशी विश्वनाथ मंदिरमा आर्य शब्द नै लेखिएको छ । आर्य शब्द प्रयोग गरिएको सम्बन्धमा यस्ता अन्य थुप्रै प्रमाणहरु छन्(श्रोत: प्रविण अधिकारीको अप्रकासित लेख) ।

बुद्ध धर्मिहरुको विवेक विलासमा आर्य शब्द – ” बौधानाम सुगतो देवो विश्वम च क्षणभंगुरमार्य सत्वाख्या यावरुव चतुष्यमिद क्रमात ।” बुद्ध वग्गमा आफ्ना उपदेशहरुलाई बुद्धले चार आर्य सत्य नामले प्रकाशित गरेका छन्; चत्वारि आरिय सच्चानि (अ.१४ ) “धम्मपद अध्याय ६ वाक्य ७९/६/४ जो आर्यहरुले भनेको मार्गमा हिड्दछन तिनीहरु पंडित हुन ।

“कर्तव्यमाचनरन् कार्यमकर्तव्यमनाचरन्। तिष्ठति प्रकृताचारे स आर्य इति उच्यते ।।” सुरुमा ‘आर्य’ को प्रयोग प्रजाति वा वर्णको अर्थ थिएन, तर यसको नैतिक अर्थ अधिक प्रचलित थियो, जस अनुसार कुनै पनि वर्ण वा जातिको व्यक्ति आफ्नो श्रेष्ठता वा कोमलताका कारण आर्य कहलाउन योग्य छ । श्री रामचन्द्रजी, जो वाल्मीकि रामायणमा एक दर्शन र कोमलताले भरिएको हुनुहुन्छ । एक प्रसंगमा वहाँलाई “आर्य” र “आर्यपुत्र” भनिएको छ । विदुरानीतिमा धार्मिक, चाणक्यनितिमा गुणिजन, महाभारतमा बुद्धिमत्ता र गीतामा वीरलाई आर्य भनिएको छ । कर्मको भिन्नताले मानव जातिमा दुई भिन्नताहरू बनाउन सकिन्छ ।

‘कृष्णान्तो विश्वामार्यम’ भनेको सम्पूर्ण विश्वलाई आर्य बनाउनु हो । महर्षी दयानन्द सरस्वतीजीले आर्य शव्दको व्याख्यामा भनेका छन् कि ‘जो मानिसहरु असल स्वभावको, धर्मि, परोपकारी, सद्गुणी इत्यादि हुन्छन् जो सारा दिन आर्यवर्तमा बसोबास गरिरहेका छन्, उनीहरूलाई आर्य भनिन्छ । जन्मका आधारमा कसको आँखा चिम्सो छ, कासको खुलेको छ । कसको नाक चुच्चो छ, कसको चेप्टो छ । कसको कपाल घुङ्ग्रिएको छ, कसको सल्कि परेको छ । कसको स्थायी बसोबास तराईमा, पहाडमा अथवा हिमालमा छ । को कुन जात अथवा जनजातीको हो, भन्ने कुराले मानिसको क्ष्यमता, सामर्थ्य, सहास तथा ज्ञानको दायरा निर्धारण गर्दैन ।

कसको नाक चुच्चो छ, कसको चेप्टो छ । कसको कपाल घुङ्ग्रिएको छ, कसको सल्कि परेको छ । कसको स्थायी बसोबास तराईमा, पहाडमा अथवा हिमालमा छ । को कुन जात अथवा जनजातीको हो, भन्ने कुराले मानिसको क्ष्यमता, सामर्थ्य, सहास तथा ज्ञानको दायरा निर्धारण गर्दैन ।

आर्यहरूको जातिय: वैदिक नियमहरू अनुसरण नगर्ने व्यक्तिलाई गैर आर्य मानिन्थ्यो । कोल, च्रावाक र नास्तिक सम्प्रदाय गैर-आर्यहरूमा बढी उल्लेख गरिएको छ । वास्तवमा, प्रारम्भिक सभ्यताहरू हिमालयबाट शुरु हुने नदीहरूको नजिक बस्यो । हिमालयको दक्षिणी भागमा बग्ने नदीहरूमध्ये प्रमुख सिन्धु, सरस्वती, गंगा, यमुना, महाकाली, कर्णाली, राप्ती, गण्डकी, कोशी, टिष्टा ब्रह्मपुत्र र तिनका हजारौं सहायक नदीहरू मानिन्छन् । यी नदीहरूको किनारमा कुरु, पांचाल, पुंड्रा, कलिंग, मागध, दक्षिणनाथ, अपरन्तेश्वरी, सौराष्ट्र, तह शुर, अम्बीर र अर्बुडागन, करुष, मालव, परीयात्रा, सौवीर, संधव, हूण, शाल्वा, कोसला, मद्रा, अराम, अरम्बाथ शाक्य र पारसीहरुको बसोबास थियो । वासुकी, तक्षक, कर्कोटक र पिंगला – माथिका पाँचवटा सर्प वंशका मानिसहरू भारतमा प्रभुत्व जमाए । ती सबै कश्यप वंशी थिए र नागवंश यिनीबाट सुरु भए । यो सबै आर्यहरू थिए ।

महाभारतका अनुसार, प्रगज्योतिश (असम), किम्पुरुष (नेपाल), त्रिविष्टप (तिब्बत), हरिवर्षा (चीन), काश्मिर, अभिसार (राजौरी), दरद, हुन हुंजा, अम्बिष्ट आम्ब, पख्तु, कैकेय्या, गान्धर, कम्बोज, वालिक बालख, शिव शिवस्थान-सीस्तान-सारा बलूच क्षेत्र, सिन्ध, सौरवीर सौराष्ट्र, दंडक महाराष्ट्र, सुरभिपतत्न, मैसूर, चोल, आन्ध्र, कलिंग र सिंहलगायत सिन्धको तल्लो क्षेत्रहरु उल्लेख गरिएको छ जुन पूर्णतः आर्य थिए वा आर्य संस्कृति र भाषा अनुसरण गरेका थिए। तीमध्ये अहीर, तंवर, कम्बोज, यावान, शिना, काक, पानी, चुल्क चालुक्य, सरोस्त, सरोटे, कक्कड़, खोखर, चिन्धा चिन्धार, समारा, कोकन, जंगल, शाक, पुंड्रा, ओदार, मालव, खुद्राक, योधिया जोहिया, शूर आर्य खाप, तक्षक र लोहार आदि विशेष उल्लेखनीय छन्।

सभ्यताहरुको शास्त्रिय तथा पुरातात्विक अध्ययन तथा उत्खनन् गर्ने सके नेपाल राष्ट्र र नेपालको गौरवलाई विश्वमा चिनाउन र नेपालको श्रेष्ठता स्थापना गर्न सहयोगी हुनेछ।

आज नेपाली राष्ट्रियताको विकासमा ताजपुरिया सभ्यता जो विराट राजाको सभ्यताले चिनिन्छ, राजवंशी सभ्यता कोच सभ्यताले चिनिन्छ, सन्थाल सभ्यता जो हिहिडिपिपिडि सभ्यताले परिचित छ । मिथिला सभ्यता जो विदेह सभ्यताले चिनिन्छ, सिम्रौनगढ सभ्यतालाई जो भोजपुरी सभ्यता भनिन्छ र शाक्य सभ्यता र जुम्लाको खस आर्य सभ्यता यी सबै नेपाली राष्ट्रियताका गौरव गर्नलायक सभ्यता हुन् । यिनले नेपाली मस्तिष्कलाई विश्वमा चिनाउन ठुलो मद्दत गरेका छन् ।

गौतम बुद्धले कपिलवस्तुमा जन्म लिए हुर्किए । पछि बुद्धत्व प्राप्त गरेको ठाउँ सारनाथ र महानिर्वाण गरेको ठाउँ कुशीनगर, आज पो भारतमा पर्दछ त तर त्यो हिमत्वखण्डमै पर्ने तथा प्राचिन नेपालको विसाल क्षेत्रफल भित्रै पर्ने भएकाकारण नेपाल राष्ट्र, नेपाली राष्ट्रियता र नेपाली सभ्यताबाट प्रभावित भूगोल हुन् । यी सभ्यताहरुको प्रयोगिक प्रसस्त अनुसंधान हुन सकेको छैन। यी सभ्यताहरुको शास्त्रिय तथा पुरातात्विक अध्ययन तथा उत्खनन् गर्ने सके नेपाल राष्ट्र र नेपालको गौरवलाई विश्वमा चिनाउन र नेपालको श्रेष्ठता स्थापना गर्न सहयोगी हुनेछ।

आधुनिक पाश्चात्य विद्वानहरूले आर्यहरूको जन्मथलोबारे जे जस्तो ब्याख्या गरेका छन्, वैदिक वाङ्मयको इतिहास संग पटक्कै मिल्दैन । वास्तवमा सभ्यता र धर्मको व्याख्या गर्दा पनि मानव प्राणीको मस्तिष्क विकास हिमत्व खण्ड बाट नै भएको हो । वेद र गीतालाई आधार मानेर नै कुरान र बाइबल बनेका छन् । बुद्ध दर्शन त करिब वेदको अंश नै भन्न सकिन्छ । आखिर कुरान र बाइबललाई गहिरिएर अध्ययन गर्ने र मनन् गर्ने हो भने पैगम्बर महमद र यशुक्रिष्टले पनि निराकार शक्ति मानेका छन् । त्यो निराकार शक्ति शिव शक्ति नै हो । यसरी व्याख्या गर्दा आधुनिक युगका कुरान र बाइबलका विद्वान् व्याख्याताले त्यसलाई खण्डन गर्न सकेका छैनन् ।

यो भन्न सकिन्छ कि आर्य जाति वा जाति होइन आर्यको अर्थ ‘आदर्श’, ‘राम्रो हृदय भएको’, ‘विश्वासयोग्य’, ‘राम्रो गुणहरू भएको’ जो कुनै समुदायको व्यक्ति हुन सक्छ जुन यो महिला हो वा पुरुष।

आर्यहरूको जन्मथलो मानसरोवर नै हो, जहाँ कैलाशकुट पर्वत अवस्थित छ । मानसरोवर रहेको ठाउँ नेपालको मौलिक सभ्यताको उद्गमस्थल हो भन्नलाई कत्ति पनि संकोच गर्नु पर्दैन । त्यसबेला सानासाना जनपद राज्यहरू थिए ती जनपदमा राजा वा शासकको चुनाव हुन्थ्यो र ती स-साना जनपदहरूको विशाल संघ आर्यावर्त थियो र आर्यावर्तको विशाल क्षेत्रफल हालको नेपालमा पर्दछ ।

शुद्ध संस्कृतमा यसको अर्थ “आदरणीय, सम्मानजनक र महान” हो । आर्य शब्द केवल भारतबर्षमा मात्र प्रयोग गरिएको थिएन तर यो एसियन तथा युरोपियन मूलका मानिसहरूका लागि पनि प्रयोग गरिएको थियो, जसमा अल्बेनियाली, कुर्द, अर्मेनियाली, ग्रीक, ल्याटिनो र जर्मन समावेश थिए । पछि बाल्टिक, सेल्ट्स र स्लाभिक पनि यस समूहमा गणना गरियो । यस सम्बन्धमा यो तर्क गरिएको थियो कि आर्य शब्द संस्कृतबाट आएको हो जसको अर्थ श्रेष्ठ हो र संस्कृत सबै भाषाहरुको आमा मानिन्छ । यसैले यो भन्न सकिन्छ कि आर्य जाति वा जाति होइन आर्यको अर्थ ‘आदर्श’, ‘राम्रो हृदय भएको’, ‘विश्वासयोग्य’, ‘राम्रो गुणहरू भएको’ जो कुनै समुदायको व्यक्ति हुन सक्छ जुन यो महिला हो वा पुरुष।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *