ईजरायल । ईजरायल र साईप्रसबाट स्वदेश फर्काउने अभियान सुरु भएको छ ।तेल अबिब स्थित नेपाली राजदूतावासका अनुसार नेपाल एअरलाइन्सका उडानहरू रद्द भएपश्चात विभिन्न पक्ष र निकायहरुसँगको निरन्तरको छलफलपछि ईजरायल र साईप्रसबाट नेपालीहरुलाई स्वदेश फर्काउने प्रयासले सार्थकता पाएको हो ।
यससँगै ईजरायलबाट साईप्रसको लागि भएको ईजराएल एयरलाइन्सको उडानबाट ईजरायलमा रहेका ३९ जना नेपालीहरु साईप्रस पुगेको र साईप्रसबाट नेपाल फर्कन लागेका ८८ नेपालीहरु सहित जम्मा १२७ जना नेपालीहरु लिई कतार एअरवेजको चार्टर्ड विमानबाट दोहा हुँदै काठमाडौंका लागि उडान भरेको दुतावासको भनाइृ छ ।
Facebook Comments