उपत्यकामा जिोरविजोर,रेष्टुरेन्टमा ‘टेक अवे’,व्यवसाय अनुसार निश्चित बार

प्रमुख समाचार

काठमाडौं । उपत्यकाको निषेधाज्ञा खुकुलो हुनेगरी भदौ ३१ सम्म थप भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर यस्तो जानकारी दिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको सूचनामा परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको उल्लेख गरिएको छ।

यसँगै उपत्यकामा बिहीबारदेखि भने पसल र सवारी साधन पनि सञ्चालन हुने भएका छन। जारी सूचनामा निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् । ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ । सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ।मालवाहक ढुवानीका साधनमा भने जोरविजोर लाग्ने छैन ।

पसल सञ्चालनका लागि व्यवसायको किसिमको आधारमा निश्चित बार मात्र खोल्न पाइने व्यवस्था गरिएको छ । साथै रेष्टुरेन्टमा ‘टेक अवे’ सेवा उपलब्ध गराउन समेत प्रशासनले अनुमति दिएको छ।काठमाडौं, ललितपुर र भक्तपुरका जिल्लाका सिडिओले संयुक्त रुपमा निषेधाज्ञाको नयाँ मोडल तयार पारेका थिए।

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *