एउटा यस्तो फैशला….

विदेश

“जूनूबी” नाम गरेका एकजना १५ बर्षीय बालकलाई एउटा डिपार्टमेन्टल स्टोरबाट केही सामान चोरी गरेको अभियोगमा अमेरिकाको अदालतमा उपस्थित गराइयो। चोरी मुद्दामाथि अदालतमा बहस हुँदै गर्दा न्यायाधिसले ती बालकसँग प्रश्न गरे, के तिमीले साँच्चै स्टोरबाट सामान चोरी गरेका हौ? बालकले भन्यो हो, मैले चोरि गरेकै हो! एक प्याकेट ब्रेड र एक प्याकेट पनिर! न्यायाधिसले प्रतिप्रश्न गरे, किन चोर्यौ?

बालकले भन्यो मलाई आवश्यक थियो! न्यायाधिसले फेरी सोधे किन्नुपर्ने थियो नि? उक्त बालकले भन्यो मसंग पैसा थिएन! न्यायधिसले भने घरमा माग्नुपर्ने थियो त? बालकले जवाफ दियो – घरमा मेरी आमा र म मात्रै बस्छौँ! आमा बिरामी हुनुहुन्छ, काम गर्न सक्ने अवस्थामा हुनुहुन्न! म एउटा मोटर वर्कसपमा काम गर्थेँ र आमालाई खुवाउँथे! तर आमाको स्वास्थ्य बिग्रँदै गयो, आमाको हेरविचार गर्नका लागि मैले मालिकसँग छुट्टी मागेँ, तर उसले मलाई कामबाट नै निकालिदियो! न्यायाधीशले भने तिमीले अरुसँग पैसा मागेर ब्रेड किन्नु पर्थ्यो नी? मैले बिहानै देखि, ब्रेड चोरी गर्नु भन्दा अगाडिसम्म करिब ५० जना मानिससँग पैसाको लागि सडकमा उभिएर हात थापेँ! कसैले सहयोग गरेन! अन्तमा बिरामी आमाको भोक मेट्नका लागि म बिबश भएर, लाचार भएर चोरी गर्न पुगेँ!

यसरी सम्पूर्ण जिरह, बाद, प्रतिवाद सकियो! तब न्यायाधीशले आफ्नो फैसला सुनाउन सुरु गरे! ‘उनले भने बालकको यस अपराधका निमित्त हामी सबै जिम्मेवार छौं! अपराधी हामी हौँ, बालक होइन! तेसैले सुनुवाईको क्रममा यस अदालतको बेन्चमा उपस्थित म लगायत तपाईंहरु समेत प्रत्येक व्यक्तिले १० डलरका दरले जरिवाना तिर्नुपर्ने हुन्छ र सो रकम अभियोग लागेका बालक जुनूबीलाई दिनका लागि आदेश जारी गर्दछु!’

न्यायाधिसले थपे – ‘कुनैपनि शासन व्यवस्थामा जनताले खान पाउने र औषधि उपचार पाउने अधिकारको ब्यबस्था हुनुपर्दछ! त्यसमा सरकारको र समाजका सक्षम मानिसको पनि जिम्मेवारी हुन्छ!’

-सामाजिक सञ्जालमा चर्चामा रहेका यो सामग्रीलाई उपयुक्त लागेर साभार गरिएको हो –सम्पादक

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *