कपुतन्त्रिय राजनीतिक पार्टीहरूको लडाइँ सिमित घेरामा, सांगुरो उद्धेश्यका लागि मात्रै हो

विचार/ब्लग

-नुमनाथ प्याकुरेल

भौतिकवाद र आदर्शवाद विचको दार्शनिक प्रतिद्वन्दिताको विश्व इतिहास धेरै पुरानो छ। यी विश्व दृष्टिकोणहरुका समाज, मानव र जगतलाई हेर्ने, बुझ्ने र ठम्याउने आआफ्नै पद्वती छन्। नेपालको प्राचिनता बाट अविच्छिन्न रुपमा स्थीति-गत्यात्मक प्रगति गर्दै पुस्तान्तरण हुँदै आएको ज्ञान परम्परामा समेत यि र यस्ता थुप्रै दार्शनिक दृष्टिकोणहरुको अध्ययन, अध्यापन तथा प्रयोग भएको पाईन्छ।

विश्व इतिहासको एउटा घतलाग्दो तथ्य के हो भने, सामाजिक तथा साँस्कृतिक अवधारणाहरु सदा सर्वदा सामाजिक मुल्य सापेक्ष हुने भएकाकारण तिनको संज्ञान तथा आत्मावोध पनि दिककाल सपेक्षनै गरिनु पर्दछ। नेपाली समाजको विशिष्टताबारे निरक्षर तर यूरो-कृष्चियन विश्वदृष्टिकोण राख्ने थुप्रै विद्वानहरुलाई आजसम्म के कुराको भ्रम छ भने, आजको सभ्यता जसको इतिहास करिवकरिब ४ अथवा ५ सय बर्षको छ र त्यस भन्दा अगाडिको सभ्यता ग्रिस र रोममा मात्रै भएको र त्यस भन्दा अघिको समय ढुङ्गे यूगको थियो भन्नेकुरामा विश्वस्त छन्। तर नेपाल, भारत तथा चिनको प्राचिन सभ्यताको हजारौंहजारको इतिहास साक्षी छ।

इतिहासमा सबै राम्रैराम्रो मात्र अथवा सबै नराम्रैनराम्रो मात्रै पनि भएन र आधुनिकतामा पनि सबै राम्रैराम्रो अथवा सबै नराम्रैनराम्रो मात्रै पनि भएको छैन, त्यसकारण संकिर्ण दुई फक्ल्यांटे दृष्टिकोण Binary Perspective बाट राम्रैराम्रो अथवा नराम्रैनरम्रो मात्रै देख्ने संकिर्ण दृष्टिकोण त्यागेर उदार चरित्रको सहृदयात्मक दृष्टिकोण आत्मसात गरेर विविधतालाई अवसर र सम्भावना ठान्ने र त्यसै अनुसार विविधताका झमेलाहरुलाई व्यवस्थापन गर्न सक्ने अग्रणी दृष्टिकोण राजनीतिमा मात्रै हैन, शिक्षा, स्वास्थ्य, अर्थतन्त्र तथा समाजका सबै आयामहरुमा आवस्यक परेको यथार्थ हो।

निर्विवाद रुपमा नेपाल विश्वका सर्वप्राचिन राष्ट्रहरू मध्ये एक हो। नेपालको भूगोल कहिले फैलिएर विस्तारित र कहिले खुम्चिएर संकिर्ण भएको यथार्थ हो। नेपालको इतिहासमा जतिजति प्राचिनता पट्टि फर्कन्छौं त्यतित्यति समृद्ध, स्वाभिमानी, गौरवशाली तथा अग्रणी अवस्थामा पाउदछौं र जतिजति आधुनिकता पट्टि फर्कन्छौं त्यतित्यति खस्किंदो, नाजुक, पिछलग्गु तथा पराधिन पाउंदछौं। नेपालको वर्तमान परिस्थितिको बारेमा गहकिएर विचार तथा विश्लेषण गर्ने हो भने हामि के पाउँछौं भने हामि क्रमश: आफ्नो सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिक तथा मनोवैज्ञानिक मुलधार बाट बिच्छिन् बनाइदैछौं र नश्लिय तथा संकिर्ण कित्ताकाटको सैद्धान्तिक जालमा परेर जाति, जनजाति तथा भागोलिक अवस्थितिका आधारमा ध्रुविकृत बन्दै छौं जसको परिणामका बारेमा समाजको अग्रणि ठानिएको बौद्धिक बर्गले सामान्य लेखाजोखा पनि गरेको पाईदैन, देखिदैन तर यस्तै नश्लिय तथा संकिर्ण कित्ताकाटका बिभत्स परिणाम हाम्रै छिमेक तथा अलि परका मित्रराष्ट्रहरुको इतिहासमा काला अक्षरले लेखिएको तथ्य अझै आलो छ ।

नेपाली समाजमा कस्तो दर्शन्, सिद्धान्त, मत, प्रतिमान तथा मताग्रह चाहिन्छन् भनेर सोच्ने, अनुसंधान गर्ने धर्मको विवेक बारे कपुतन्त्रित राजनीतिक कर्मि तथा विदेशी विधर्मीका प्यादाहरुलाई सामन्य चेत मात्रै भैदिएको भए आजको स्थिति गुणात्मक रुपमै भिन्न हुन्थ्यो। नेपाल केन्द्रित दर्शन, सिद्वान्त, मत, प्रतिमान तथा मताग्रहका बारेमा अनुसंधान गर्ने पद्धति एकादेशकै कुरो छ यतिन्जेल। विदेशी विधर्मी प्रतिमानका प्यादाहरुले नेपाली समाजिक तथा सँस्कृतीक सम्रचना संग मेल नखाने, तिनिहरुसंग प्रतिद्वन्दिता राख्ने तथा नश्लिय तथा संकिर्ण कित्ताकाटलाई प्रश्रय दिने दर्शन तथा सिद्धान्तहरुको अन्दाधुन्द अनुकरण र जथाभावी प्रयोग गरेका कारण नेपालको जे कुरामा स्वामित्व छ तिनिहरुको स्थिति नाजुक र संकटपुर्ण भएको र जुनकुराको पालनाले नेपालको प्राचिनता बाट स्थिति-गत्यात्मक प्रगति उन्मुख भएर अघि बढेको ज्ञान परम्परा संकटमा धकेलिन्छ, तिनै कुराहरुले प्रस्रय पाउनु विडम्बना हो।

द्वन्द्वात्मक भौतिकवादको सार नै, पुरानो सम्रचनाको ध्वंस बाट मात्रै नयाँ सम्रचना बन्ने भन्ने जुन अवैज्ञानिक, असान्दर्भिक, अप्रमाणित तथा विषाक्त मान्यता छ, त्यसैको मुल्य नेपाली समाजले विदेशी शक्तिको ग्रन्डे डिजाइनमा जतिजति परिवर्तन गरिए त्यतित्यति नै विदेशी विधर्मी सिद्धान्त, प्रतिमान, मुल्य तथा मान्यताले प्रश्रय पाएको र क्रमश: नेपाल आफ्नो मुलधारबाट विच्छिन्न भएको पाईन्छ र त्यो क्रम प्रजातन्त्र स्थापना पछिका प्रतेक ऐतिहासिक कालखण्डहरुमा झनै तिब्र भएको पाईन्छ।

दर्शननै प्राचिनताको ध्वंस गर्ने, द्वन्द्वात्मक भौतिकवाद र सिद्वान्त नश्लिय तथा संकिर्ण कित्ताकाटलाई मलजलगर्ने राष्ट्रराज्य स्विकार गरेका कारण, समन्वयात्मक-सहृदयत्मक सम्बन्धमा रहेका सांस्कृतिक पहिचानका एकाईहरुलाई सार्वभौमसत्ताका आकांक्षी, प्रतिस्पर्धी तथा प्रतिद्वन्दीका रुपमा लिईन्छ भने स्वभावत, हाम्रो वरपरका जाती, जनजाती, समुदाय तथा सम्प्रदायलाई हेर्ने दृष्टिकोण पनि द्वेष, क्लेष, प्रतिद्वन्दीता, प्रतिकृयात्मकताकै हुनु स्वभाविक हो र अहिले त्यहि भईरहेको छ।

द्वन्द्वात्मक घृणावादलाई आदर्श मान्ने तर फरक साइनबोर्ड राखेर, च्याउ जस्तै उमृएका कम्युनिस्ट-पुजीवादी पार्टीहरु यौटै मुलाका सिन्की, यौटै मुलाका चाना हुन् । अझ तिनैलाई आदर्श मानेर लेफ्ट र राईटमा आफुलाई सेन्टर लेफ्ट भनेर आत्माभिमान गर्ने, नव कपुतन्त्रिय दलहरुको नेपाली राजनीतिमा प्रवेश हुनु पनि त्यतिनै अभिषापपूर्ण छ। पुराना हुन् अथवा नँया जसको दार्शनिक तथा सैद्धान्ति आधारशिला उहि मुलाको छ, तिनमा पाईने पोषण सिन्किमा भन्दा अलि कम/बेसि चानामै पाइने भएकाले अधिकांस कपुतन्त्रिय राजनीतिक पार्टीहरूको लडाइँ सिमित घेरामा, सांगुरो उद्धेश्यका लागि मात्रै देखिएको छ। त्यसकारण पनि, रुप र रंगका मात्रै भिन्न भएर हुँदैन सार र खासमै फरक तर नेपालको प्राचिनता संग अविच्छिन्न तर स्थिति गत्यात्मक रहने राजनीतिक दलहरुको आवस्यकता अत्यन्तै टट्कारो बन्दै गएको यथार्थ हो।

उहि मुलाका सिन्कि, उहिमुलाका चाना, कपु तन्त्रिय सबै दलहरुका अधिकांश दलका नेता, कार्यकर्ताको घृणा, हिंसा, नकारात्मक, बहिस्कार, धारेहात, सिन्डिकेट तथा गुटवन्दीको फसल फष्टएको बेला संसार झुटो र घृणायुक्त नै देखिन्छ। इतिहासमा प्रमाणित तथ्य के हो भने, नकारात्मक शक्तिको विस्थापन नकारात्मक शक्ति बाटै गर्दा संस्थागत हुने पनि नकारात्मक शक्तिनै हो। यस तथ्यको पुष्टि नेपाली राजनीतिको इतिहासको प्रयोगिक अनुसंधान गर्नेहो भने प्राष्ट हुन्छ। राणाकाल भन्दा प्रजातन्त्र स्थापनाको समय झन कमजोर देखिनु, प्रजातान्त्रिक काल भन्दा निर्दलिय पञ्चायत काल झन नाजुक देखिनु, पञ्चायत काल भन्दा प्रजातन्त्र स्थापनाको काल अझ खस्किनु तथा प्रजातान्त्रिक काल भन्दा लोकतान्त्रिक गणतन्त्र स्थापनाको समय अझ कामनलाग्ने प्रमाणीत हुनु तर मल्ल, लिच्छवी काल तथा पौराणित तथा वैदिक काल तिरको स्थीति अग्रणि, अनुकरणिय तथा वैश्विक अग्रताको स्थितिमा पाईएको तथ्यको कार्यकारण सम्बन्धको विश्लेषण बाट पनि के प्रमाणित हुन्छ भने, वैदिक सभ्यतामा आधारित उदार चरित्रको वैश्विक मान्यताको प्रयोगिक अभ्यास तथा प्रतिमान स्विकार गर्नु नै श्रेयस्कर हुन्छ।

नेपाल राष्ट्रको पुनर्जागरणका नायक तथा राष्ट्रिय एकिकरणका युग पुरुष पृथ्विनारायण शाहको एकिकरणको अभियान भन्दा अघिको नेपाल स्वयम् राज्यराष्ट्र थियो। कुनै एक जात, धर्म, वर्ण, संस्कृति तथा भाषाको आधारमा आत्मसम्मान, सद्भाव, प्रेम र सहृदयता थियो, कुनै विभेद, शोषण थिएन। गोरखाका तत्कालिन राजा पृथ्वीनारायण शाहले, महारानी चन्द्रप्रभावती तथा आम नागरिक विसे नगर्चीको प्रेरणा पाएर, राज्य एकिकरण सुरु गर्नुभयो जसको परिणाम स्वरुप आज संसारमा गर्वका साथ हामि नेपाली भनि परिचय दिन सक्ने भएका छौं।

एकिकरण र एकिकरण पस्चात पनि राज्यराष्ट्रको सिद्धान्तलाई नै अनौपचारिक रुपमा सिरोधार्य गरियो। जितको उन्माद पृथ्वीनारायणमा हुनुहुँदो होत काठमाण्डौ उपत्यका बिजय पस्चात देशको नाम गोरखा राख्नुहुन्थ्यो होला। बडप्पन र उदारता देखाएर वहाँले आफ्नो गोरखा पहिचान त्यागेर नेपाल पहिचान स्विकार गर्नुभयो। आफ्नो जन्म, पौरखी, प्रेरणा, तपस्या, कुलदेवताको भूमी छोडी संस्कार र सभ्यतानै नमिल्ने काठमाण्डौमा आफ्नो राजधानी सार्नुभयो र जुन रितिथिति थियो कायम राख्नुभयो। विजयी भूमिको सर्वत्र अपमान गरिएको इतिहास छ तर पृथ्वीनारायण शाहले काठमाण्डौको मौलिक रैथाने भाषा, धर्म, संस्कृति, परंपरा कायम राख्नुभयो तिनको स्वाभिमान र पहिचानमा आंच आउन दिनुभएन।

इतिहासमा सबै राम्रैराम्रो मात्र अथवा सबै नराम्रैनराम्रो मात्रै पनि भएन र आधुनिकतामा पनि सबै राम्रैराम्रो अथवा सबै नराम्रैनराम्रो मात्रै पनि भएको छैन, त्यसकारण संकिर्ण दुई फक्ल्यांटे दृष्टिकोण Binary Perspective बाट राम्रैराम्रो अथवा नराम्रैनरम्रो मात्रै देख्ने संकिर्ण दृष्टिकोण त्यागेर उदार चरित्रको सहृदयात्मक दृष्टिकोण आत्मसात गरेर विविधतालाई अवसर र सम्भावना ठान्ने र त्यसै अनुसार विविधताका झमेलाहरुलाई व्यवस्थापन गर्न सक्ने अग्रणी दृष्टिकोण राजनीतिमा मात्रै हैन, शिक्षा, स्वास्थ्य, अर्थतन्त्र तथा समाजका सबै आयामहरुमा आवस्यक परेको यथार्थ हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =