नेकपा भित्रको महाभारत जिल्लामा पनि देखिन थालेको छ, नेकपाका प्रभावसाली नेता गोकुल बास्कोटा प्रधानमन्त्री केपि शर्मा ओलि निकट मानिन्छन् ! तिनै बास्कोटा निकट मानिएका नेकपा काभ्रेपलान्चोकका प्रभावसाली युवा नेता कञ्चन अधिकारीको नेतृत्वमा आज जिल्ला पाटि कार्यालय बनेपा कब्जा भएको हो! काठमाडौं पार्टी फुटको अन्तिम तयारी भइरहेका बेला काभ्रेपलाञ्माचोकमा केपी ओली पक्षका युवाले पार्टी कार्यालय कब्जा गरेका छन् ।
नेकपाका जिल्ला कमिटी सदस्य कञ्चन अधिकारीको नेतृत्वमा जिल्ला कमिटी सदस्य कुमार तिमल्सिना,विपिन लामा,जेनिस लामा लगायतका नेता पार्टी कार्यालय कब्जा गर्न पुगेका थिए ।
उनीहरुसँग युवासंघका जिल्ला अध्यक्ष विक्रम चौलागाई,अनेरास्ववियूको जिल्ला अध्यक्ष उपेन्द्र लामा लगायतका युवाहरु समेत गएर कार्यालय कब्जा गरेका हुन् ।
नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाई र सचिवव टोकवहादुर वाइबा प्रचण्ड माधव नेपाल पक्षमा लागेपछि युवाहरुले पार्टी कार्यालय कब्जा गरि ताला लगाएका हुन् ।