किसानलाई सर्वसुलभ मल उपलब्ध गराउ : फोर एच नेपाल

समाज/अर्थ

काठमाडौं । कृषिको क्षेत्रमा काम गर्दै आएको गै्रहसरकारी सँस्था फोर एच नेपालले किसानले मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। सरकारले लामो समयसम्म पनि मल उपलब्ध गराउन नसकेको फोर एचले विज्ञप्ति निकालेर सरकारलाई ध्यानाकर्षण गराएको हो । फार एचले सरकारलाई तत्काल मलको समस्या समाधान गर्न माग गरेको छ ।

अध्यक्ष लोकराज अवस्थी जारी विज्ञप्तिमा भनिएको छ,‘झापा, मोरङ्ग, सप्तरी, धनुषा, बारा, पर्सा, कपिलवस्तु, दाङ, बाँके बर्दिया, कैलाली, कञ्चनपुर लगायत जिल्लामा हप्तौंदिनदेखि किसानहरु मलको लागि लाइनमा बस्दा पनि मल नपाउनुले सरकार किसानप्रति कति संबेदनशील छ भन्ने कुरा प्रस्ट हुन्छ।’ विज्ञप्तिमा किसानहरुले मलको माग गर्द पनि बेलैमा सुनुवाई नभएकोले किसान मार्कामा परेको उल्लेख गरिएको छ।

सरकारले प्रयाप्त समय हुँदाहुँदै पनि कमजोर व्यवस्थापनका कारण धानबालीमा टप ट्रसिङ्ग गर्ने बेलामा पनि रसायनिक मलको अभाव देखिनुले सरकारको व्यवस्थापिकीय कमजोरी देखिएको सँस्थाको भनाइृ छ।

मलको लागि लाइनमा बस्दा सामाजिक तथा भौतिक दूरी कायम गर्न कठिन भइरहेको, स्वास्थ्य सुरक्षा सामाग्री किसानको पहँुच नभएको कारणले किसानमा कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेकोलेको तत्काल सबै किसानको कोरोना बीमा गर्न र स्थानीय तहमै रसायनिक मल उपलब्ध गराउन फोर एचको माग छ।

मल अभावका कारण किसानलाई हुने घाटा पूर्ति गर्न अग्रिम तोकिएको मूल्यको आधारमा किसानलाई स्थानीय तहमै क्षतिपूर्ति तथा मूल्य रकम उपलब्ध गराउन बेलैमा कानुनी तथा आर्थिक व्यवस्थापन गरी स्थानीय तहसँग समन्वयको लागि सरकारलाई सुझाव दिएको छ ।

बजारमा भएको उपलब्ध रसायिनक मलमा कालोबजारी भइरहेको, किसानलाई मलको बजार मूल्यभन्दा निकै महंगो किन्न बाध्य बनाइएको तथा मल बितरणमा समेत विभेद गरिएकोले यस्ता कार्य तत्कालै रोक्न वक्तव्यमा उल्लेख छ ।

किसानलाई तत्काल सस्तो मूल्यमा आवश्यकताको आधारमा सबैलाई वितरण र सुलभतासाथ उपलब्ध गराउन तथा हरेक वर्ष देखिने मल अभावको समस्यालाई दिर्घकालिन रुपमा समाधानका लागि ठोस कदम चाल्न समेत फोर एचको माग छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *