के पुँलिंगी हुँदै मा हरेक शब्द ले ह्रस्वान्त बन्नै पर्छ ?

विचार/ब्लग
  1. के पुँलिंगी हुँदै मा हरेक
    शब्द ले ह्रस्वान्त बन्नै पर्छ ?                             मुकुन्द शरण  उपाध्याय 
    —————————-
    १. हाम्रा व्याकरण हरु मा पुँल्लिंगी शब्द जति ह्रस्वान्त र स्त्रीलिंगी जति दीर्घान्त हुन्छन् भन्ने अन्धविश्वास बसाइएकाे छ, कतिपय असल मान्छे पनि एस अन्धविश्वास मा फँसेका छन् । तर एसमा यथार्थता वा वास्तविकता छैन । तथ्य के हाे भने शब्द हरू कहिल्यै पनि लिंग का आधार मा ह्रस्व वा दीर्घ हुने गर्दैनन् ।
    =
    २. वास्तव मा शब्द हरू व्युत्पत्ति का आधार मा नै ह्स्व वा दीर्घ हुने गर्छन् । व्युत्पत्ति ले गर्दा कुनै ह्रस्व पनि हुन्छन् र कुनै दीर्घ पनि हुन्छन् । जस्तै ‘दाई’ र ‘दाजी’ शब्द पुँलिंगी हुन् ता पनि दीर्घ छन् । दिति, अदिति, देवहूति, धेनु र युवति शब्द स्त्रीलिंगी भएर पनि ह्रस्वान्त छन् । दाई र दाजी शब्द कसरी दीर्घान्त हुन् त ? भन्दा यी दुई शब्द संस्कृत को ‘दायी’ बाट बनेका हुन्। संस्कृत मा ‘दायी’ शब्द को उत्पत्ति पैतृक उत्तराधिकार काे धन बुझाउने ‘दाय’ शब्द बाट हुन्छ (हे. मनु.अ.९) र तेही दाय बाट दायी शब्द जन्मन्छ।
    =
    ३. मूलतः संस्कृत मा ‘दायी’ को अर्थ उक्त ‘पैतृक धन को प्रथम अधिकारी’ भन्ने हुन्छ। तेही ‘दायी’ अपभ्रंश मा ‘दाजी’ मा परिणत भएको हो र ‘दाई’ शब्द तेहि ’दाजी‘ को जकार खिएर बनेको हो। जब एसरी ‘दायी’ र ‘दाजी’ जस्ता दीर्घान्त शब्द नै ‘दाई’ शब्द का कारण हुन् भने ‘दाई’ लाई कसरी ह«स्वान्त भन्न मिल्छ ? तेस माथी पनि नियम के छ भने संस्कृत काे ह्रस्वान्त शब्द पनि तद्भव बन्ने क्रम मा दीर्घान्तै बन्ने गर्छ (हे. एसै लेख काे पाँचाैं अनुवाक) र यो त्रुटि हामी सहजै बुझ्न सक्छौं ।
    =
    ४. एस्तै साढू शब्द काे उत्पत्ति संस्कृत श्यालीवाेढू बाट भएकाे हाे । श्यालीवाेढू काे अर्थ पत्नी की दीदी / बहिनी काे पति भन्ने हुन्छ । तर एसलाई पनि प्रज्ञा काे काेश मा ह्रस्वान्त दिइएकाे छ । जब कि माउ भाषा संस्कृत मै याे दीर्घान्त छ र तेही दीर्घ मात्रा हेरेर हिन्दी र बंगाली काेश ले दीर्घान्तै गरेका छन्, माउ भाषा मै दीर्घान्तै भेटिने शब्द लाई पनि मिचेर ह्रस्वान्त तुल्याउन कसरी मिल्छ ? याे अज्ञता वा बलमिच्याईं मात्र हाे, अरू केही हैन । दुनियाँ ले पनि के भन्ला ?
    =
    ५. अझै व्युत्पत्ति मा त कस्ताे नियम समेत भेटिन्छ भने कुनै पनि शब्द ले स‌ंस्कृत बाट तद्भव बन्ने क्रम मा इकारान्त रूप लिन्छ भने त्याे दीर्घै हुन्छ । जस्तै सपाद बाट सवाई, सत्यता बाट सचाई, पाद बाट पाई, मातृ बाट माई, दधि बाट दही, मथि बाट मही वा माेई, नवनीत बाट नाैनी, यष्टि बाट लट्ठी, षष्टि बाट साठी, कटाह बाट कराही, गाव बाट गाई इत्यादि।
    =
    ६. एस आधार मा नप्तृ बाट नाती, भ्रातृ बाट भाई र पति बाट पाेई आदि पनि दीर्घान्तै हुनु पर्ने स्पष्टै बुझिन्छ। यहाँ सम्म कि नेवारी धुकुति शब्द काे तद्भव नेपाली ढुकुटी पनि दीर्घान्तै प्रचलित छ, तैपनि हामी प्रारम्भिक व्याकरण काे भूल लाई बाेकेर हिँड्न मै गाैरव ठानिरहेछाैं । कस्ताे अन्धविश्वास ?
    =
    ७. फेरि अर्काे के पनि छ भने सम्धी, हात्ती, साेल्टी, जाेगी, नेगी, हली र गुर्जू जस्ता शब्द लाई अपवाद शब्द काे नाम दिएर प्रचलित व्याकरण हरू ले पनि दीर्घान्तै मानेका छन् । तर अपवाद र विहित काे एस्ताे कृत्रिम जालाे र व्यर्थ काे झमेला नेपाली विद्यार्थी र लेखक हरू ले कति बाेकिरहने ? एस तर्फ कसैकाे ध्यान छैन ।
    =
    ८. एसर्थ हामीले के कुरा बिर्सन हुन्न भने नाती, पनाती, जनाती, खलाँती, भाई, सम्धी, सोल्टी, साढू, जोगी, सँगी, हली, खसी र हात्ती आदि सबै नै दीर्घान्त हुन् । एही तथ्य हाे, शुद्ध हाे । एति उज्यालाे यथार्थ छँदा छँदै पनि हामी अबोध विद्यार्थी लाई ‘भाले बुझाउने शब्द जति सबै ह«स्वान्त हुन्छन्’ भनेर घोकाइरहेछौं र पाप गिररहेछाैं । यो घाेर अन्याय भइरहेको छ कलीला विद्यार्थी र समस्त जिज्ञासु जनता प्रति।
    =
    ९. हामी वैदिक संस्कृति मा अfस्था गर्छाैं । विश्व मा याे मात्र एउटा एस्ताे संस्कृति हाे जसमा अशुद्ध पढ्न र पढाउन घाेर पाप मानिएकाे छ । अंग्रेज पुर्खा ले के भनेका छन् मलाई थाहा छैन तर के देखिरहेछू भने हामी अंग्रेजी पढाउँदा वा लेख्दा अलिकति पनि अशुद्ध गर्न डराउँछाै र पापै लाग्छ कि झैं गर्छाैं तर तिनै हामी सम्पूर्ण नेपाली हृदय लाई जाेड्ने पवित्र काम गरिरहेकाे राष्ट्रभाषा नेपाली काे शुद्धता लाई जाेगाउन किञ्चित् मात्र पनि चासाे राख्दैनाैं र उल्टै भनिरहेछाैं नेपाली भाषा मा पनि के काे शुद्ध र अशुद्ध ? सब वाहियात कुरा ! याे कस्ताे विडम्बना हाे !
    =
    १०. अझै पीडा त कति खेर हुन्छ भने छन्द मा कविता लेख्न खाेजिरहेका सिकारू विद्यार्थी लाई हामी अग्रज हरू उनले छन्द मिलाउन दीर्घान्त दाई भाई नाती जस्ता वास्तविक शुद्ध रूप लेखे भने नराम्राे सँग केरिदिन्छाैं । याे कम चिन्ता काे विषय हाेइन । बरू एसमा मैले के पनि भन्दै आएकाे छू भने अशुद्धै भए पनि ह्रस्वान्त दाइ, भाइ, नाति आदि लाई पद्य रचना मा शुद्ध मानिदिने र खाँचाे पर्दा चलाउने पनि तर वास्तविक शुद्ध दाई, भाई, नाती पनाती आदि लाई छन्द मा प्रयाेग गरेका बेला केर्ने र कान निमाेठ्ने अपराध कसै नगरियाेस्। एसाे गर्दा छन्दरचना मा पनि अभिवृद्धि काे सम्भावना उपस्थित हुन्छ र नेपाली साहित्य काे श्रीवृद्धि मा सहयाेग थपिन्छ। हामी एता पट्टि लाग्न पर्ने हैन र ?
    =
    (पुनः प्रसारण)
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =