के हो कोरोना संक्रमण पत्ता लगाउन गरिने र्यापिड टेष्ट र पिसिआर टेष्ट ?

बिशेष

लकडाउनको अबधि सरकारले पुरापुर उपयोग गर्नुपर्दछ | लकडाउनको बेलामा ब्यापक परिक्षण गरेर तथा संक्रमित एरिया पत्ता लगाएर त्यस्तो क्षेत्रलाई शिल गर्नुपर्दछ | अहिलेसम्म पचास हजारभन्दा धेरैको PCR परिक्षण गरिसक्नुपर्ने थियो | तर यसको १० % पनि PCR जांच भएको छैन |

– RDT किट बाट परिक्षण अनुसन्धानको लागि अर्थात mass screening को लागि गरिन्छ | यो सजिलो प्रबिधि भएपनि त्यति विश्वासिलो हुँदैन | यो Antibody test भएकोले संक्रमण भएको पहिलो हप्तामा नेगेटिभ देखाउंछ | त्यस्तै निको भएपछि पनि केहि समय पोजिटिभ देखाउंछ | त्यस्तै यो प्रबिधिबाट लगभग ३० % मा गलत रिपोर्ट आउन सक्छ | यदि False Positive आयो भने त पिसिआर प्रविधिले निश्चित गरिन्छ | यदि False Negetive आयो भने संक्रमित निस्फिक्री हुन्छ अनि आफ्नो परिवार, आफन्त, छिमेकी लगायत समाजमा रोग सार्न सक्छ | तसर्थ यो परिक्षण रोग निदानको लागि नगर्न र यसको परिणाम मिडियामा दिएर जनतामा त्रास उत्पन्न गर्ने काम नगर्नुहुन अनुरोध गर्दछु |

– PCR परिक्षण सबैभन्दा प्रभावकारी हुन्छ | रोगको निदान गर्न यो परिक्षण नै गर्नुपर्दछ | संक्रमण भएको दिनदेखि नै यसले भाइरसको जिन देखाउंछ | Sample Collection देखि तापक्रम Maintain गर्दै ल्याबमा पुर्याइयो भने यसले १०० % सहि रिपोर्ट दिन्छ | यसको रिपोर्ट आउन २४ घण्टा लाग्छ | हरेक जिल्ला अस्पतालमा PCR परिक्षणको ब्यबस्था गर्नुपर्छ | मेसिन तथा प्राबिधिकको संख्या बढाएर परिक्षणको दायरा फराकिलो गर्नुपर्दछ | जति धेरै व्यक्तिको परिक्षण गर्यो त्यति धेरै रोग नियन्त्रणमा आउँछ | -जनस्वास्थ्यविज्ञ  डा. रवीन्द्र पाण्डेको सामाजिक सञ्जालबाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =