-सुजन तिमल्सिना
हाल विश्वभर फौलिएको (कोविड-१९) अर्थात कोरोना भाइरसले अस्तव्यस्त बनाएको विभिन्न क्षेत्र मध्ये शिक्षाको क्षेत्र पनि एक हो । हाल बिश्वभर रहेका विभिन्न बिद्यालयहरू बन्द छन् र यसको सिधा असर बालबालिकामा परको छ ।
हाल बिश्वभर बिद्यालय गएर अध्यायन गर्ने बालबालिकाहरू र युवाहरूलको संख्या लगभग कुल जनसंख्याको आधा प्रतिशत बालबालि र युवाहरूले नै ओगटेको पाहिन्छ ।
हालको यस विषम परिस्थितिमा बालबालिकाहरूमा परेको असरको बारमा कुनैपनि क्षेत्रले राम्रोसँग अध्ययन गरेको पाहिदैन । हालको यस विषम परिस्थितिमा लगभग ६ महिना देखि घरकै वातावरणमा रहेर बाहिर ननिष्कका बालबालिकाहरू मा गहिरो असर परेको पाहिन्छ । उनिहरूमा परेको असरप्रति हाल अभिभावकहरूले विशेष ध्यान दिनुपर्ने देखिन्छ।किनभने बालबालिका भनेका भविष्यका कर्णाधार हुन् । उनिहरूको विचार भावना र सोचाइ प्रति अभिभावकहरूले गहिरो रूपमा सोच्नुपर्ने बेला नै विभिन्न महामारीको बेलामा नै हो ।
हामिले यस महामारी र असरको यो नाजुक अवस्था लाई सामना गर्न हामी सबै एकजुट र दत्तचित्त भएर सरकारले लागु गरेका मापदण्डहरू पालना गरि आफ्नो र आफ्ना बालबालिमाहरूको सुरक्षा आफैले गर्न अत्यन्तै जरूरी छ ।
जताततै भाइरको त्रासका कारणले उनिहरूमा विभिन्न खालका नराम्रा असरहरू देखापर्न सकेको हुन्छ । त्यसैले हालको यस विषम परिस्थितिमा अविभावकहरूले बालबालिकाका लागि कुनै पनि नराम्रो दखल नपरोस् र नकारात्मक सोचहरूबाट नचाहिदो खबरहरू बाट र विभिन्न त्रासहरूबाट टाढै राख्न हरपल बालबालिका हरूसँग खेल्ने रमाउने रमाइलो कुराहरू गर्ने गराउने गर्नु पर्दछ र रमाइलो कथा कविता एवम् दिनभरी राम्रो ज्ञानबर्दक कुराहरूको अध्यायन गराउनु र त्यस कुराबाट बालबालिकाहरूले केही नयाँ ज्ञान सिकुन भन्ने हेतुले राम्रो भावनाहरू लिएर अघि बढ्न्नुु पर्दछ ।
हालको यस विषम परिस्थितिको सामना गर्दै गर्दा आगामी दिनहरूमा उनिहरूलाई अघि बढ्नको लागि थप साथ सहयोग हौसला प्रेरणा र उनिहरू भित्र भएको सीप कला र ज्ञानलाई राम्रोसँग बुझेर उनिहरूको कुन कुरामा अल्लि बिशेष चासो रहेको छ भन्ने कुराको पहिचान गरि बालबालिका लागि त्यहि कुराप्रति अग्रसर हुन र त्यहाँ रहेका कमि कम्जोरी र आवश्यक कुराहरू जुटाएर उनिहरूलाई आउँदा दिनहरूमा कसरी अगाडि बढाउन सकिन्छ त भन्ने कुरामा विशेष ध्यानदिनु पर्ने देखिन्छ ।
हालको विषम परिस्थितिमा बिद्यालय गएर पढ्ने अबस्था पनि रहेन । उनिहरूलाई आगामी दिनका लागी मद्दत होस् र पूरा शौक्षिक क्षेत्र खेर नजाने गरि हिजोआज भइरहेका बैकल्पिक शिक्षा प्रणाली अर्थात् अनलाइन शिक्षा प्रणालीलाई पनि निरन्तरता दिनुपर्ने देखिन्छ । यसले गर्दा बालबालिकामा लागि थप नयाँ कुराहरू जान्ने बुझ्ने सिक्ने मौका मिल्दछ ।
हालको यस प्रभावका कारण कति बालबालिकाहरू शिक्षाका क्षेत्रबाट बञ्चित छन् भने कति बालबालिकाहरू योनजन्य नराम्रो कामहरूको सिकार बन्न पुगेका छन् भने कत्ति बालबालिकाहरू विभिन्न लोभ लालचमा बेच्चिएका छन् जहाँ जे भए पनि हालको यस विषम परिस्थितिबाट टाढा रहनका लागि जनचेतनाको जरूरी देखिन्छ ।
हाल बास्तबमा नै कुरा गर्ने हो भने यस नाजुक परिस्थितिमा गरिव परिवारमा रहेका बालबालिका हरूको हालको अवस्थाको बारेमा सोचौं त कहाँ कतिको गाउँ पाखाको कुना कन्तरामा रहेका कुनैपनि कुराको सेवा सुविधा नपुगेको ठाउँहरूको के हालत भएको छ होला ।हालको परिस्थिति भनेको “हुदाँ खाने र हुनेखाने” दुवैले वर्गले गम्भीरता पुर्वक सोच्ने बेला हो ।
हामीले हालसम्म कयौं महामारी हरूको सामना गरिसकेका छौ । हालको यस महामारी विश्वभर फैलिएर र केही मानिसहरूको ज्यानै सम्म लिएका कारणले पनि हामीले आफुले सक्दो महामारीबाट बच्ने उपायहरू अपनाउन जरुरी देखिन्छ ।
हाल दशौ देशहरूमा महामारी साम्य हुने अबस्थामा रहेको पाहिन्छ भने कहिँँ दिनानुदिन दोव्वर रूपमा वढेको पाहिन्छ । जेसुकै र जुनसुकै परिस्थितिको सामना गर्नपनि हामी दत्तचित्त भए र अघि बढ्नुपर्ने देखिन्छ त्यसैअनुरूप हामी कुनै पनि महामारी बाट नडराइ र यसको प्रभाव मनमस्तिष्कमा राखेर अघि बढ्यौं भने हाम्रो आगामी दिनहरू पनि बिग्रिन सक्छन् ।त्यसैले हामिले यस महामारी र असरको यो नाजुक अवस्था लाई सामना गर्न हामी सबै एकजुट र दत्तचित्त भएर सरकारले लागु गरेका मापदण्डहरू पालना गरि आफ्नो र आफ्ना बालबालिमाहरूको सुरक्षा आफैले गर्न अत्यन्तै जरूरी छ ।
यस विषम परिस्थितिले बिद्यालय गहि दिनभर साथीहरूसँग हासिँ खुःसी रमाउने बालबालिकाहरूमा झन् गम्भीर असर परेको हुनसक्छ उनिहरू विगत ६ महिना देखि घर परिवार बाहेक अरू कसैसँगै पनि सम्पर्कमा आएको छैनन् ।त्यसैले घरै बसिरहदाँ एकोहोरिने,टोहोलाउने नराम्रो कुराहरू प्रति चासो दिने र सबै सधैं घरमै बसिँरहदा उनिहरूमा विभिन्न खालका असर तथा बिभिन्न प्रश्न चिन्नहरू खडा हुनसक्छ ।
अघिपछि बालबालिकाका लागि एकछिन पनि समय नदिने अभिभावकहरूले पनि बालबालिकाका लागि केही समय दिएर हासिँ खुःसीका साथ यस विषय परिस्थितिबाट चाडै नै हामी पहिल्यैको अबस्थामा पुग्ने छौ ।यो एक भविष्यको खाका कोर्ने र केहि घरायसी काम सिक्ने अतिआवश्यक कुराहरू जान्ने घरमा आमा बुबालाई खेतीपाती तथा खाना पकाउँन सहयोग गर्ने र सानोतिनो कुरा सिक्ने पहिला पहिलाका रमाइलो पौराणिक कथाहरू सुनाउने रमाइलो खेलहरू खेलाउने र उनिहरूमा यस विषम परिस्थिति कुनै पनि खालका गम्भीर खालको चोटहरू पुग्न नदिन बालबालिका र साथै अभिभावकहरू समेत थप सजक सक्षम तथा नैतिकतावान हुन अत्यन्तै जरूरी रहेेेेको देखिन्छ ।