कोरोना महामारी शान्त पार्न ह्वाइट हाउसमा हिन्दू पुजारी बोलाएर शान्ति पाठ

विदेश

एजेन्सी । अमेरिकामा कोभिड–१९ महामारी फैलिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दू पुजारी बोलाएर शान्ति, सुरक्षा र भलाईका लागि शान्ति पाठ गराएका छन् । नेशनल डे अफ प्रेयर सर्भिसका अवसरमा पुजारी हरिश ब्रम्हभट्टले शान्ति पाठ गरेका हुन् । ब्रम्हभट्ट न्यु जर्सींस्थित स्वामी नारायण मन्दिरका पुजारी हुन् ।

‘कोभिड १९ को यो समस्याग्रस्त घडी, सामाजिक दूरी र लकडाउनको अवस्थामा मानिसले अशान्त वा त्रास महसुस गर्नु अस्वभाविक होइन । शान्ति पाठ धन, सफलता, प्रसिद्धी वा स्वर्गका लागि गरिने प्रार्थना होइन,’ ब्रम्हभट्टले भने,‘यो शान्तिका लागि सुन्दर हिन्दू प्रार्थना हो । यो यजुर्वेदबाट आएको प्रार्थना हो ।’ उनले सुरुमा संस्कृतमा पाठ गरेपछि त्यसैलाई अंग्रेजीमा अनुवाद गरेका थिए ।

‘स्वर्गमा शान्ति होस् । आकाश र पृथ्वीमा शान्ति होस् । पानीमा शान्ति होस् । वनस्पति र रुखमा शान्ति होस् । ब्रम्ह र सबैमा शानित होस् र हामीले त्यो शान्ति महसुस गरौं । ओम शान्ति, शान्ति, शान्ति,’ ब्रम्हभट्टले भनेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =