चन्दागिरी डाँडाको भालेश्वर मन्दिर

विविध

-सुजन तिमल्सिना

स्थापना २०७३/०४/२४ गते भए हो आज बाट यस मन्दिरको स्थापना भएको पाँच बर्ष पूरा भई छ बर्षमा प्रवेश गरेको छ । ऐतिहासिक र धार्मिक महत्त्वले भरिपूर्ण यस मन्दिरको नाम शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात् निधार पतन भएको हुनाले यस ठाउँमा भालेश्वर महादेव मन्दिर को उत्पत्ति भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ |

विभिन्न कथनका आधारमा, यस भालेश्वर महादेव को दर्शन गरेमा भक्तजनको इच्छा पूरा हुने र अन्त्यमा शिवलोकमा बास हुने जनआस्था रहेको छ |ऐतिहासिक महत्वका हिसाबले पनि चन्दागिरी निकै महत्वपूर्ण स्थान हो | नेपाल एकिकरण गर्ने समयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यका यहि ठाउँबाट अवलोकन गरेको थिए |

उक्त समयमा पृथ्वीनारायण शाहले भालेश्वर महादेव मन्दिरमा उपत्यका विजय गर्ने इच्छा प्रकट गरेका र उनको मनोकामना भालेश्वर महादेवले पूरा गरेको जनविश्वास रहेको पाइन्छ |काठमाडौं नजिकै तपाईहरु नपुगेका कैयन ठाउँहरु हुनसक्छन्, जुन धार्मिक र पर्यटकीय दुबै दृष्टिकोणले महत्वपूर्ण छन् । काठमाडौंको कलंकीबाट पश्चिम १२,१३ किलोमिटर दुरीमा रहेको भालेश्वर महादेव मन्दिर यस्तै एउटा स्थान हो ।

केबलकारमार्फत पनि पुग्नसकिने यो क्षेत्र धार्मिक दृष्टिकोणले त महत्वपूर्ण छँदैछ, पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै रमणीय सुन्दर छ ।भालेश्वर महादेव मन्दिर काठमाडौँ को सु-प्रसिद्ध धार्मिक स्थल पनि हरेक कुरालाई ध्यानमा राखि भक्तजन को सेवा सुविधा लगायत रमणिय हिसावले वृद्ध देखि बालक सम्मका सबैका लागि मनोरम तथा धार्मिक स्थलको धार्मिक र ऐतिहासिक महत्त्व अत्यन्तै परापूर्वकाल देखि रहिआएको पाहिन्छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *