जालसाजी लिखत कसूर

विचार/ब्लग

-विजय राज शाक्य

हामी मानवको प्रकृति प्रदत्त स्वभावमध्ये स्वार्थी र झगडालु हौं । कसैमा थोरै त कसैमा धेरै यो स्वभाव रहेको पाईन्छ । त्याग गर्ने, दयालु बन्ने, शान्तिसंग जीवन यापन गर्ने आदि हामीमा सोच भए पनि हामी मानवमा लोभ, मायामोह, क्रोध, आदि सोच पनि हामीमा रहन्छ । यी दुई बीचको द्वद जीवनभर भैरहन्छ । जतिसुकै हामी मानवले जस्तोसुकै विद्वानको राम्रा असल विचार, आदर्शका कुरा लेखिएको पढेको सुनेको जे भए पनि अन्तत: हामीमा स्वार्थी र झगडालु स्वभाव भएकोले त्यसलाई नियन्त्रणमा राख्न असफल हुने हुनाले हामीले धार्मिक दृष्टिकोणले पाप, कानूनको नजरमा कसूर वा अपराध जानी जानी वा अन्जानबस हुने गर्ने गरेको पाईन्छ। त्यसमध्ये हामी मानवले सम्पत्तिको लागि पनि परिवार सन्तान, नातेदार, साथी, छिमेकी र अन्यसंग पनि झगडा गरिरहेका हुन्छौं । हामी मानवको विभिन्न अधिकारमध्ये सम्पत्ति सम्बन्धी अधिकार पनि बहुमूल्य अधिकार हो । सम्पत्ति बिना मानव बांच्न गाह्रो छ, यो संसारमा । हुन त यो संसारमा दयावान, समाजसेवी, दाता आदि व्यक्तित्व भएका मानिस नभएका होइन । तर हामीमा लोभ, क्रोध, आवेश आदि भएर नै हामीले सम्पत्ति सम्बन्धी कसूर गरेका हुन्छौं । यस लेखमा सम्पत्ति सम्बधी दुनियावादी फौजदारी कसूर त्यसमा पनि जालसाजी लिखत कसूर मात्र उल्लेख गरिएको छ ।

जतिसुकै हामी मानवले जस्तोसुकै विद्वानको राम्रा असल विचार, आदर्शका कुरा लेखिएको पढेको सुनेको जे भए पनि अन्तत: हामीमा स्वार्थी र झगडालु स्वभाव भएकोले त्यसलाई नियन्त्रणमा राख्न असफल हुने हुनाले हामीले धार्मिक दृष्टिकोणले पाप, कानूनको नजरमा कसूर वा अपराध जानी जानी वा अन्जानबस हुने गर्ने गरेको पाईन्छ।

मूलत: जालसाजी लिखत कसूर अन्तर्गत सामान्यत: कसैको हक लाग्ने सम्पत्ति निजलाई थाहै नदिई निजको सम्पति हक समाप्त गर्ने कार्य गरिन्छ । हाम्रो सामाजिक व्यबहार र अदालतको प्रेक्टिक्स अनुभवलाई हेर्ने हो भने अधिकांश मुद्दा जालसाजी लिखत बदर मुद्दा दायर भएको पाईन्छ । त्यसको साथमा लिखत बदर मुद्दा पनि दायर गर्ने गरिन्छ । यदि लिखत बदर हदम्यादभित्रको छ भने जालसाजी लिखत बदर मुद्दा दायर नगरे पनि हुनेमा कतिपय सेवाग्राही ( झगडीया) ले कसूरदारलाई सजाय दिलाउन पनि मुद्दा दायर गर्न आफ्नो कानूनी अधिकारको प्रयोग गरेको देखिन्छ । हाम्रो सामाजिक व्यबहार र अदालतको प्रेक्टिक्स अनुभवलाई हेर्ने हो भने अधिकांश मुद्दा जालसाजी लिखत बदर मुद्दा प्राय:जसो हाम्रो पारिवारिक सन्तान र आफन्त नातागोता बीच चलेको पाईन्छ । त्यसैले यसलाई दुनियावादी फौजदारी मुद्दा भनिएको हो । जस्तै: – अंशियारमध्ये कुनै अंशियारको हक लाग्ने सम्पत्ति थाहै नदिई परिवार बीचमा सम्पत्ति हक हस्तातरण( सम्बन्धित मालपोत कार्यालयमा समेत ) गरी दिनु वा अरू कुनै व्यक्तिलाई सम्पत्ति हक हस्तान्तरण गरी दिनु आदि ।

जालसाजीमा थाहा पाएको मिति (यसको एक दिन सर्वोच्च अदालतले व्याख्या गर्नु पर्ने अवस्था आउन सक्छ !) ले मुद्दा दायर गर्न पाउने सुविधा दिएको र सम्पत्ति नै फिर्ता दिने पाउने भएपछि लिखत बदरको हदम्याद राख्नु आवश्यक देखिंदैन ।

यदि लिखत बदर जस्तै:- अंशवण्डापत्र/अंश भरपाई/ अंश छोडपत्र/ राजीनामा/हालैदेखिको बकसपत्र आदि देवानी संहिता, २०७४अन्तर्गत दायर गर्ने पर्ने मुद्दा हदम्याद नाघिसकेको अवस्था छ भने अहिले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत लिखत सम्बन्धी कसूर जालसाजी मुद्दा दायर गर्न त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले ६ महिनाभित्र गरी सक्नु पर्छ । यो हदम्यादभित्र मर्का पर्ने सेवाग्राही व्यक्तिले उक्त मुद्दाबाट सम्पत्ति फिर्ता पाउनुको साथै विपक्षी अथवा कसूर गर्ने गराउनेलाई ३ वर्षसम्म कैद वा ३० हजार जरीवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ । तर विडम्बना यो कानून देवानी संहिता, २०७४ को उक्त लिखत बदर गराउने कानूनी प्रावधान राखियो । तर यो कानूनी प्रावधान राख्नुको अहिले औचित्य देखिंदैन । किनकी जालसाजीमा थाहा पाएको मिति (यसको एक दिन सर्वोच्च अदालतले व्याख्या गर्नु पर्ने अवस्था आउन सक्छ !) ले मुद्दा दायर गर्न पाउने सुविधा दिएको र सम्पत्ति नै फिर्ता दिने पाउने भएपछि लिखत बदरको हदम्याद राख्नु आवश्यक देखिंदैन । कानून संशोधनको आशा राखौं ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 1 =