ठमेलको पर्यटनलाई पुरानै लयमा फर्काउन घरधनी र व्यावसायी एकै ठाँउमा,सरकारको अभिभावकिय भूमिका खोजिँदै

प्रमुख समाचार

काठमाडौं । मुलुकको प्रमुुख पर्यटकिय स्थल ठमेलका घरधनी र व्यबसायीले कोरोना महामारीबाट उत्पन्न परिस्थितिको सामना गर्न आफुहरु एकजुट रहेको बताएका छन । उनीहरुले राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन । कोरोना भाईरस (कोभिड–१९)महामारीको चपेटामा रहेको समयमा दुबै पक्ष समझदारीमा घरभाडा लगाायतका समस्या समाधानमा तयार रहेको भन्दै उनीहरुले सरकारको अभिभावकिय भूमिका आबश्यक रहेको बताएका छन ।

–घर भाडा छुट लगायतका समस्या आपसि समझदारीमा समाधान 
–छुट,राहत प्याकेज र दिर्घकालिन योजना ल्याउन सरकारसँग माग
– पर्यटनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सम्बद्ध सबै पक्षलाई सम्बोधन गरिनुपर्ने माग

कार्यक्रममा घरधनी र व्यवसायी समेत रहेका योगराज राजभण्डारीले हाल ९० देखि ९५ प्रतिशत घरधनी र व्यवसायीबीच भाडा छुटमा समझदारी बनिसकेको दाबि गरे ।‘धेरै घरधनी र व्यवसायीले आपसि समझदारीमाभाडाको समस्याको समाधान गरिसकेका छन । यसअघि ठमेल क्षेत्रका घरधनीले ५० प्रतिशत छुट दिने समझदारी बनेको समाचार पनि आएका थिए। तर, यसमा सत्यता छैन ।संकटको समयमा मिलेर जानुको विकल्प छैन ।’ उनले भने।

त्यस्तै ठमेल पर्यटन परिषद्का उपाध्यक्ष भविश्वर शर्माले व्यवसायी र घरबेटी दुबै पक्षको जित हुने गरी अगाडि बढ्नुको विकल्प नरहेको बताए।
त्यस्तै अर्का व्यावसायी राजुमान डंगोलले भने । कोरोना महामारीले पर्यटन क्षेत्रलाई सबैभन्दा बढि प्रभावित बनाएको बताए ।‘कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा आश्रित घरधनी,व्यावसायी र मजदुर गरी लाखौँ परिवारको जीवनयापनमा अपुरणिय असर पु¥याईरहेको छ । हामी भाडा लगाायतका समस्या समाधान आपसि सहमतिमा गर्न सक्छौँ । तर,यसमा सरकारको भूमिका आबश्यक छ ।’ डंगोलले भने ।

उनीहरुले ‘भ्रमण बर्ष–२०२०’ लक्षित गरी देशभर पर्यटन क्षेत्रमा भएको लगानि समेत महामारीका कारण जोखिममा परेको र लामो लकडाउनका कारण समग्र पर्यटन क्षेत्रमा नराम्रोे असर परेको भन्दै पर्यटन क्षेत्रमा परेको असर न्युनिकरण गर्न र पर्यटन क्ष्ोत्रलाई पहिलेकै अबस्थामा ल्याउन घरधनी,व्यावसायी, मजदुर तथा पर्यटन सम्बद्ध सबै संघसँस्थाहरु एकजुट भएर सरकारको अभिभावकिय भूमिका खोज्नुपर्नेमा बताए ।

त्यस्त अर्का व्यावसायी तेजेन्द्र नाथ श्रेष्ठले ठमेल क्षेत्रको पर्यटकीय गतिविधि उकास्न साप्ताहिक मनोरञ्जनात्मक कार्यक्रम, मोबाइल तथा अन्य गयाजेट्स मेला लगायत कार्यक्रम गर्ने गरि विभिन्न विकल्पमा छलफल भईरहेको जानकारी दिए ।‘यस क्षेत्रका हरेक घरधनी र व्यावसायीहरु को समस्याको प्रकृति फरक फरक भएको हुनाले हाल देखिएको घर भाडाको समस्या समाधानका लागी घरधनी र व्यावसायी विचको आपसी समझदारीबाट नै समाधान गर्नु उत्तम विकल्प रहेको छ । तर,पर्यटन क्षेत्रको समस्या समाधानमा यति मात्र पर्याप्त हुने देखिँदैन। ठमेल लगायत समग्र पर्यटन क्षेलाई चलायमान बनाउन सरकारले विभिन्न पक्षलाई ध्यानमा राखेर तत्कालिन अबस्थामा छुट,राहत तथा दिर्घकालिन योजना ल्याउनु आवश्यक देखिन्छ ।’उनले भने ।

उनीहरुले यस अबश्थामा सरकारले बैँकको व्याजदर,ईन्टरनेट,बिधुत,कर,टेलिफोन लगायतमा दिनसक्ने छुटका लागी सरकारले तत्काल योजना बनाएर आवश्यक निर्णय लिनुपर्ने माग राखेका छन । सरकारले मुलुकको समग्र देशको पर्यटन क्षेत्रलाई सम्बोधन गर्नेगरी समाधान खोज्नुपर्ने भन्दै सरकारले पर्यटन क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सम्बद्ध सबै पक्षको समस्यालाई सम्बोधन गर्नेगरी सरकारको भुमिका थप शशक्त हुनुपर्नेमा जोड दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *