रानीपोखरीमा डिप बोरिङ भन्दा आकासेपानीलाई महत्व दिईन्छ : प्रवक्ता ईश्वरमान डंगोल

विविध

काठमाडौं । वर्षातको समयमा काठमाडौं लगायत नेपालको विभिन्न भु–भागहरु डुवानमा पर्ने अवस्था एकातिर छ भने अर्को तर्फ वर्ष भरी काठमाडौंमा पानीको अभावलाई पूर्ति गर्न जमिनहरु दोहोन भै रहेको छ । तथापी पानीको अभाव यथावत छ । तसर्थ पानीको अभावलाई परिपूर्ति गर्न र जमिनको पानीलाई रितिनबाट जोगाउने अभिप्रायले ‘‘आफ्नो श्रेत्र पुन भरण गर्रौ’’ भन्ने विषयमा गैर सरकारी संस्था गुथिले आईतबार अनलाईन कार्यक्रम सम्पन्न भएको छ ।

‘‘आकासेपानी संकलन र पुनःभरणमा का.म.पा. प्रतिवद्ध रहेको छ । यस कार्यले काठमाडौंमा खानेपानीको अभावलाई पूर्ति गर्नुका साथै हरेक वर्ष काठमाडौंको केही स्थान डुवानमा पर्ने समस्या समाधान हुनेछ ।’’ काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोलले भने । रानी पोखरीमा डिप बोरिङ्ग मार्फत पानी भरण नगरी आकासेपानीलाई महत्व दिनु पर्ने विषयमा उठेको जिज्ञासामा रानीपोखरीमा आकासेपानी प्रयोग हुनेमा ढुक्क हुन प्रवक्ता डंगोलले सहभागीहरुलाई आश्वस्त पार्नु भयो ।

‘‘डिप बोरिङ्गबाट निकालिएको पानीबाट रानीपोखरी भर्न नपर्ने तरिकाले हरेक वर्ष डुवानमा पर्ने जमलको पानी लगायत वाँसवारी, गंगालाल अस्पताल देखि असन, भोटाहिटीमा पर्ने वर्षातको पानीलाई रानीपोखरीमा प्रयोग गर्ने र कमलपोखरी तथा चोक चोकमा वर्षातको पानी पुनःभरण गर्ने योजना महानगरले बनाउँदै छ ।’’ प्रवक्ता डंगोलले भने ।

‘‘रानीपोखरी र त्यस समयमा डिजाईन भएका अरु पोखरी हेर्दा पोखरी र त्यस वरपरका खुल्ला स्थानलाई वर्षायामको पानीलाई पुनःभरण गर्ने तरिकाले डिजाइन गरिएको देखिन्छ । यसरी जमिन मुनि वर्षातको पानी पुनःभरण भएर त्यही पानीले बाँकीको ९ महिना ढुङ्गेधारा, कुवा, इनार आदिमा पानी आउने गर्छ । तसर्थ रानीपोखरीमा पानी भर्ने क्रममा यस सन्दर्भलाई विर्सन हुन्न ।’’ सम्पदा संरक्षण अभियन्ता आलोक तुलाधरले भने ।

कार्यक्रममा बोल्दै डा. चिरन्जीवी भट्टराईले भने ‘‘काठमाडौंको परम्परागत पुनःभरण प्रणाली संसारकै उत्तम रहको छ तर अन्धा धुन्द विकासका नाममा बनेका संरचनाहरुले हाम्रा पोखरी, कुलो, ढुङ्गेधारा सवै विनास गरिदिए । अन्डरग्राउण्ड जग, पार्किङ्ग जस्ता संरचनाका कारण जमिन मुनिको पानी पुनःभरण हुने क्षेत्रमा अवरोध पुगेको छ । हामी अव वितेको समयमा त जान सक्दैनौ तर सरकारद्वारा आकासेपानी संकलन र पुनःभरणलाई प्रोत्साहन दिन सक्छ र नयाँ संरचनामा आकासेपानी संकलन र पुनःभरण गर्नु पर्ने बाध्यकारी प्रावधान ल्याउनु पर्छ ।’’

‘‘आकासेपानी पुनःभरणमा सही अनुसन्धान हुनुपर्ने र जमिनको भु–विज्ञानलाई ध्यानमा राखी कुन ठाउँमा पुनभरण गर्न उपयुक्त हुन्छ भन्ने विषयमा विभिन्न सरकारी गैर सरकारी संस्था, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र महानगरपालिका विच समन्वय गरी विष्लेषण हुन जरुरी छ ।’’ डा. दिनेश मानन्धरले भने ।

कार्यक्रममा पाटनको आल्कोहिटीमा आकासेपानी पुनःभरण गरेको अनुभव सुनाउनुहुँदै ऐतिंहासीक ढुङ्गेधारा तथा मुहान संरक्षण संघका अध्यक्ष सुशील श्रेष्ठले भने ‘‘पुनःभरण गर्दा जमिनले कति पानी थेग्न सक्छ भन्ने विषय ध्यानमा राख्नुपर्छ । सबै ठाउँमा पुनःभरण सम्भव छैन । ग्राभेलमा पुनःभरण गर्दा धेरै पानी पुनःभरण हुन्छ भने केही भुगोलमा पानी पुनःभरण सजिलै हुदैन । यसरी पानी पुनःभरण गर्दा जमिनको क्षमताको अध्ययन हुनुपर्छ र धेरै पानी पुनःभरण गर्दा जमिनको आउटलेट बारे पनि सोच्नु जरुरी हुन्छ ।’’

आकासेपानी पुनःभरण गर्दा क्याचमेन्ट क्षेत्र, पानीको गुणस्तर, भुगोल, वर्षाको तिव्रता इत्यादी विषयलाई समेटेर गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले कार्यक्रममा आफ्नो प्रस्तुतिकरण दिनु हुँदै काठमाडौं महानगरपालिका लगायत उपत्यकाको विभिन्न नगरपालिकाहरुले आकासेपानी रिचार्ज अभियान ल्याएता पनि नागरिक समक्ष पुग्न नसक्नु दुभाग्य पूर्ण रहेको छ । त्यसैले अवका दिनमा नितिगत भन्दा पनि महानगरपालिकाले रिचार्ज काठमाडौं अभियानलाई व्यवहारीक र कार्यान्वयन तहमा लिएर जान वडा स्तरिय समुदायमा आधारित भएर घर दैलो आकासेपानी रिचार्ज कार्यक्रम लागु गर्नु पर्ने कुरामा अमात्यले जोड दिनुभयो ।

‘‘मेरो घरमा धाराको पानी नआएको दशकौ भैसकेको छ तर पनि मलाई पानीको कुनै समस्या छैन किन कि मैले आफ्नो घरमा आकासेपानी संकलन गरको छु जसले मेरो वर्ष भरिको पानीको मागलाई पूर्ति गरिरहेको छ । वायो स्याण्ड फिल्टरबाट प्रशोधन गरेको आकासेपानी टयाँकरको पानी भन्दा सफा र गुणस्तरीय हुन्छ ।’’ अमात्यले भने ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *