तितो निम गुणमा मिठो, गुनिलो र उपयोगी

विचार/ब्लग

–डा. रामदेव पंडित

आयुर्वेद चिकित्सानुसार निम पाइल्स नाशक(अर्शोघ्न वटी), ज्वरनाशक, दुखाईनाशक, कुष्ठनाशक, घाउ पकाउने र सफगर्ने, रगत सफागर्ने, मधुमेह नाशक, गर्भाशयसंकोचक, पेटको जुका मार्ने, कीरा फट्याङग्रा भगाउने, किटनाशक आदि विशेष गुण हुन्छ ।

तराई देखी पहाडसम्म करीव ३००० फीटको उचाईसम्म पाईने वनस्पति हो नीम । नीममा व्यापक औषधीय गुण भएको कारण यो स्वास्थ्यकोलागि धेरै किसिमले फाइदाजनक हुन्छ । तर यसको तितो स्वादले गर्दा धरैले यसको सेवन गर्न मनपराउदैनन् । खासमा औषधीको कहिले पनि स्वाद हेर्ने होइन । औषधी उपचारको लागी हुन्छ जिभ्रोको स्वादको लागि होईन ।

संस्कृतमा महानिम्ब भनिने निमलाई हिन्दीमा बकाइनो भनिन्छ । भारतीय महाद्विपको मौलिक वनस्पती निमलाई इन्डियन इलियाक भनिन्छ । निमको वैज्ञानिक नाम मेलिया एजाडिरिक्था हो । नीमको अन्य प्रजातीहरु प्नि हुन्छन् ।

निमको पात, जरा, वोक्रा, फलको गुदी औषधीको रुपमा प्रयोगमा ल्याइन्छ । आयुर्वेदमा निमलाई आर्शोघ्न (पाईल्स नाशक) वर्गको औषधी अन्तर्गत राखिएको छ । तितो र टर्रो रसको कारण यो कफ र पिक्तलाई घटाउने र ताप उत्पादक हुने भएकोले यसलाई वात वढाउँछ ।

निमको वोक्रको भित्रि भागमा एक्टिभ कम्पोनेन्ट हुन्छ । वोक्राको वाह्य सतहमा स्टार्च र टैनिन हुन्छ । वोक्रामा ब्शवारिडिन तथा पैरेसिन नामक एलक्लओड् रहेको हुन्छ । छालाबाट एक प्रकारको क्षोप पनि निस्कन्छ । त्यसको अतिरिक्त फलमा एजारिडिन (मार्गोसिन), एक प्रकारको तरलीय, अम्लीय पदार्थ, स्टिराल, टैनिन तथा स्टार्च रहेको हुन्छ । बीउमा ४० प्रतिशत एक प्रकारको तेल निकलन्छ ।

अमेरिकी संस्था रोसवेक पार्क क्यान्सर संस्थानका अनुसन्धानकर्ताहरू सन् २०१४ मा गरेको एउटा अध्ययनमा दाबी गरेअनुसार नीमको बीउ, पात, फूल र फलले विभिन्न क्यान्सरमा एन्टि–टयुमर प्रभाव देखाउँछन् । नीमले रोगप्रतिरोधी शक्ति बढाई सुन्नाइ कम गरेर, फ्री रेडिकललाई हटाएर, हार्मोनल गतिविधिलाई रोकेर र कोषिका विभाजनमा बाधा उत्पन्न गरेर क्यान्सरको उपचारमा सघाउछ ।

त्यस्तै एउटा अर्को अध्ययनअनुसार, नीममा औलोविरुद्घको गुण हुन्छ । यसको पातले औलोविरुद्घ लडन सघाउँछ  । अनुहारमा बारम्बार डन्डीफोर वा ब्ल्याकहेड हुँदा नीमको पातको प्रयोग गरे आराम मिल्छ । निमको पानीले अनुहार धुँदा यो समस्या कम हुन्छ ।

आयुर्वेद चिकित्सानुसार निम पाइल्स नाशक(अर्शोघ्न वटी), ज्वरनाशक, दुखाईनाशक, कुष्ठनाशक, घाउ पकाउने र सफगर्ने, रगत सफागर्ने, मधुमेह नाशक, गर्भाशयसंकोचक, पेटको जुका मार्ने, कीरा फट्याङग्रा भगाउने, किटनाशक आदि विशेष गुण हुन्छ ।

टाउको दुखेको बेला पात र फूलको लेप बनाएर लगाउन सकिन्छ । कुष्ठरोग, चर्मरोग तथा गलगाड रोगमा निमको पात र वोक्राको लेप बनाएर लागउन सकिन्छ । पिलो घाउमा पातको लेप लगाउन सकिन्छ । संक्रमणसँग बच्न निमको बीउको माला धारण गर्न सकिन्छ । कपालमा निको पात र फुलको लेप लगाउँदा कपालमा हुने लिखा र यूका दुर हुन्छ । निमको पात किताव भित्र वा कपडामा बाँधेर राख्दा त्यसले किरा लाग्नबाट जोगाउँछ ।

साईटिकामा निमको जराको प्रयोग लाभकर हुन्छ । पाईल्स तथा पेटमा जुका मार्न निमको वोक्रा प्रयोग गरिन्छ । जुका परेको बेला निमको सेवन गरीसकेपछी पखाला लगाउने औषधि अनिवार्य रुपमा खानुपर्छ । खोकी र स्वाँस बढेको बेला अवस्थामा निमको प्रयोग लाभकारी मानिन्छ । दुखाई युक्त महिनावारीमा पनि निमको सेवनले लाभ मिल्छ । यसले शरीरमा बन्ने बिषलाई नाश गर्दछ साथै दुर्बल्ता घटाउँछ ।

निमको काढा (पात र वोक्रा) ५० देखि १०० मि.लि. र फलबीजको चुर्ण १ देखि ३ ग्राम प्रयोग गर्नु पर्दछ । पेट दुखेको बेला, उल्टी भएको बेला, पखाला लागेको बेला, मात्तिएको बेला, प्यारालाईसिस भएकोबेला आदिमा नीमको ७ देखी ८ वटा बीउ एकैपटक प्रयोग गरे रोगीको मृत्यु हुन सक्छ । अतः निमको प्रयोग सचेत भएर गर्नुपर्दछ ।

नीमले शारीरमा हुने पसिनाको दुर्गन्ध समेत हटाउछ । यस्तोवेला नीमको पानीले शरीर पखाल्ने वा पुछपाछ गर्ने गरे यस्तो समस्या हट्छ । निममा एन्टि–ब्याक्टेरियल गुण हुन्छ । यसैले संक्रमण गर्ने जीवाणुसँग लडने तागत राख्छ । एउटा भाँडोमा पानी हालेर त्यसमा नीमको पात हालेर पानीलाई केही समय उमालेर उपयोग गर्नुपर्छ । यस्तो पानीलाई नुहाउने पानीमा समेत मिसाएर नुहाउन सकिन्छ ।

नीममाहुने वहुगुणकै कारण मुख स्वास्थको लागि यसको डाँठलाई परम्परागत हिसाबले दतिउनको रुपमा प्रयोग गरिन्थयो । यस्तो अभ्यासले पाइरियासमेत निको हुन्छ । नीमको पातको काढा बनाएर कुल्ला गर्नाले दाँत र गिजा स्वस्थ रहन्छ । मुखबाट दुर्गन्ध आउन पाउँदैन ।

आजकल खानपिन देखी टुथपेस्टदेखि विभिन्न सौन्दर्य प्रसाधनसम्ममा नीमको व्यापक उपयोग हुने गरेको छ । निमलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । दैनिक जसो निको प्रयोग गर्दा त्यसले मोटोपन घट्ने र उच्च रक्तचाप नियन्त्रमा आउँछ ।

भारत सरकारको केन्द्रीय आयुर्वेद एवं सिद्घ अनुसन्धान परिषद्को तथ्यपत्र अनुसार, छाला रोगमा नीमको १० मिलिलिटर पातको रस महसँग मिसाएर दिनमा दुई पटक खाने गरे फाइदा पुग्छ । नीमको पातको लेप लगाउँदा पनि छाला रोगका कीटाणु नष्ट हुन्छन् । कपालको चाया हटाउन एक मुठी नीमको पातको काढाबनाएर नुहाउनुभन्दा एक घण्टाअघि टाउकामा लगाउनुपर्छ ।

लकडाउनको समयमा अहिले औषधीहरुको सहज उपल्बधता नहुने हुँदा त्यसको विकल्पको रुपमा पाइल्स नियन्त्रण गर्न (अर्शोघ्न वटी), ज्वरो निको पार्न, दुखाईनाश गर्न, छाला स्मबन्धी रोगहरुको चिकित्सा गर्न, घाउ पकाउने र सफगर्ने, रगत सफागर्ने, मधुमेह नियन्त्र गर्ने, गर्भाशयसंकोचक द्रव्यको रुपमा, पेटको जुका मार्ने, कीरा फट्याङग्रा भगाउने, किटनाशक आदिको रुपमा निमको प्रयोग गर्न सकिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *