काठमाडौँ। मन्त्रिपरिषद् बैठकले सरकारका दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। मङ्गलवार बसेको बैठकले सहसचिव अर्जुन पोखरेल र सागर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिवमा बढुवा भएका पोखरेललाई प्रदेश नम्बर २ को प्रमुख सचिव र राईलाई नेपाल ट्रस्टको कार्यालयमा पदस्थापन गरिएको छ ।
Facebook Comments