धरहरा बनिरहेको स्थानमा भवन भत्कँदा एक्साभेटर चालक गम्भिर घाईते !

राजनिती

काठमाडौं । सुन्धारा स्थित धरहरा निर्माण भईरहेका स्थानमा भवन भत्कँदा एकजना गम्भिर घाईते भएका छन । पुरानो सञ्चयकोश भवन भत्कँदा एक्साभेटर चालक घाईत भएका हुन। भवन भत्किएर च्यापिएका ती चालकलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए। दिँउसो साँढे ४ बजेको समयमा एक्साभेटर चलिरहेको समयमा भवन एक्कासी ढलेको थियो।

घाईतेको उपचारका लागि महाराजगञ्ज स्थित शिक्षण अस्पत्ताल लगिएको दवारमार्ग प्रहरी वृत्तका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिएका छन । घटनालगत्तै उद्धार गरिएकाले घाईतेलाई जीवित उद्धार गर्न सफल भएको डिएसपी पौडेलले जानकारी दिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *