धर्मको विवेकबाट मात्रै स्थिति-गत्यात्मक प्रगतिवाद सम्भव छ

विचार/ब्लग

-नुमनाथ प्याकुरेल

समय, काल, परिस्थिति, समय र सन्दर्भ संधै एकनास हुँदैन। हिजोआज प्रचलनमा रहेका कामहरूलाई पुर्वाग्रह नगरी वर्गीकरण गर्ने हो भने, वैदिक सभ्यतामा बिभाजन गरिएका कामहरूको प्रकृति संग मिल्नजान्छ। आज पनि ज्ञान(ब्राह्मण), सुरक्षा(क्षत्रि), वाणिज्य(वैश्य) तथा श्रमजीवी(शुद्र) जस्ता कामहरूनै प्रचलनमा रहनु, नेपाली समाजको स्थिति-गत्यात्मक प्रगति stato-dynamic को अवस्था हो। जातिय व्यवस्था योग्यताका मात्रै आधारमा पनि हैन र जन्मका मात्रै आधारमा पनि हैन। समस्या जातिय व्यवस्थाको हैन, विभेद, शोषण, अन्याय र अत्यचारको हो। समस्या हो भनेर सामुहिक स्वामित्व बोध हुन नसक्नु हो।

जुनसुकै बेला सामान्य त्रुटि भएर हिंसाको झिल्का सल्कियो भने त्यसको परिणाम के हुन्छ? प्राचिनता बाट स्थिति-गत्यात्मक भएर अगाडि बढेको ज्ञान परम्परा के हुन्छ?

यात्राको क्रममा भोकाएको एउटा समुदयाले डांडावारि र अघाएको समुदायले डांडापारि खानखोजेको छ। दुई समुदायलाई प्रतिस्पर्धा र प्रतिद्वन्दिताको आमुन्ने समुन्ने गराउन ग्रेण्ड डिजाइन गरिरहेको विदेशी-विधर्मी शक्तिले भुँईमा छरेको चारो लोभले टिप्न खोज्दा दुबैले आआफ्नो पोल्टाको सामल पनि भुँईमा पोखेर दुबै रित्तिएको अवस्थामा दुबैलाई अदृष्य शक्तिले यसरि पकडमा लिएको छ कि, दुबै समुदायले आफ्नो उत्पति, विस्तार र विकासको आधारशिलाबाट धेरै पर पुगेका कारण दुबैले धर्मको विवेक गुमाएका छन्। समस्याको स्थिति-गत्यात्मक समाधान खोज्न नसकेर पराई प्रतिमानलाई आत्मसात गरेर ध्रुविकृत भई एकअर्को समुदाय प्रति घृणा, कटाक्ष, निन्दा, द्वेश, क्लेष, रोदन, क्रन्दन गरेर कुण्ठा तथा संकिर्णताको आत्मरतीमा रमाएको देखिन्छ। जुनसुकै बेला सामान्य त्रुटि भएर हिंसाको झिल्का सल्कियो भने त्यसको परिणाम के हुन्छ? प्राचिनता बाट स्थिति-गत्यात्मक भएर अगाडि बढेको ज्ञान परम्परा के हुन्छ? हजारौंहजार बर्षको ज्ञान, संस्कार, संस्कृति तथा पर्यावरण मैत्री मानविय व्यवहारको भविष्य के हुन्छ? संसारकै वृहत ज्ञान परम्पराको अवसान गरेर हाम्रो यात्रा कति टाढाको गन्तब्य सम्म पुग्न सक्ला?

कागले कान लग्यो भन्दा कागको पछि दौडने प्रवृति हावि रहुन्जेल यथास्थितिमा परिवर्तन नआउने र निन्दात्मक प्रतिकृया गरेर एक अर्को समुदाय विच कटुता तथा तिक्तता बढाएर सरल र सामान्य समस्या पनि जटिल र असाध्य तुल्याउने प्रवृतिका विरुद्धमा नै हो सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धन्तको आधारमा स्थिति-गत्यात्मक समाधान गर्न सक्ने।

समाज विकासक क्रममा प्रसस्तै समस्या, कुसंस्कार, कुरिति, अन्धविश्वास, कुलतहरुले प्रस्रय पाएका छन्। समस्य, कुसंस्कार तथा कुलत हो भन्ने आत्मावोध भएपछि तिनको स्थिति-गत्यात्मक समाधान गर्न समुहिक कर्तब्य वोध गर्न के कुराले बाधा पुर्याएको छ? सभ्य समाजको कलंक हो, भन्ने जान्दाजान्दै नीतिगत निर्णय गरेर, कडाईका साथ कार्यान्वयन गर्न कसले रोकेको छ? बिहान जुरुक्क उठे देखि ओछ्यानमा पल्टिएर ननिदाउन्जेल, सोच्ने, बोल्ने, खाने, हिड्ने, अन्तर सम्बन्ध तथा अन्तरकृया गर्ने दार्शनिक तथा सैद्धान्तिक प्रतिमान चाहिँ विदेशी, विधर्मी प्रतिमान आत्मसात गर्ने तर वैदिक वाङ्मयका प्रर्थमिक श्रोत नदेख्ने, नपढ्ने, नबुझ्ने, नसम्झिने तर स्यालहुईंयामा कागले कान लग्यो भन्दा कागको पछि दौडने प्रवृति हावि रहुन्जेल यथास्थितिमा परिवर्तन नआउने र निन्दात्मक प्रतिकृया गरेर एक अर्को समुदाय विच कटुता तथा तिक्तता बढाएर सरल र सामान्य समस्या पनि जटिल र असाध्य तुल्याउने प्रवृतिका विरुद्धमा नै हो सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धन्तको आधारमा स्थिति-गत्यात्मक समाधान गर्न सक्ने।

आफ्नो रुचि अनुरुपको काम बदल्दै, जान्दै, सिक्दै अघि बढ्छ। गजबको कुरा चाहिँ के हो भने, हामिले देख्न र ठम्याउन नसकेको मात्रै हो, हामी निरंतर स्थिती-गत्यात्मक प्रगतिको गतिमा छौं। यद्यपि हाम्रो प्रगतिको गति अलि धिमा छ, किनकि यतिनै बेला नेपाली समाज विदेशी बिधर्मी सिद्धान्तका भुँफुट्टा मतियारहरुको मार्गनिर्देशन नकारात्मक लक्ष्य तर्फ अघिबढिरहेको छ।

कुनै पनि समाज स्थितिमा मात्रै रहन/बस्न सक्दैन। गतिशीलता dynamic अवस्यम्भावी हो। फरक यति हो कि; आजको सन्दर्भमा परम्परागत कामहरूको अन्तरसम्बन्धको दायरा फराकिलो छ। अर्थात कुनैपनी व्यक्ती आफ्नो पुर्ख्यौली पेशा भनेर कुरेर बस्दैन। आफ्नो रुचि अनुरुपको काम बदल्दै, जान्दै, सिक्दै अघि बढ्छ। गजबको कुरा चाहिँ के हो भने, हामिले देख्न र ठम्याउन नसकेको मात्रै हो, हामी निरंतर स्थिती-गत्यात्मक प्रगतिको गतिमा छौं। यद्यपि हाम्रो प्रगतिको गति अलि धिमा छ, किनकि यतिनै बेला नेपाली समाज विदेशी बिधर्मी सिद्धान्तका भुँफुट्टा मतियारहरुको मार्गनिर्देशन नकारात्मक लक्ष्य तर्फ अघिबढिरहेको छ। नेपाली समाजको यो स्थिती गत्यात्मक प्रगती वाद नेपाली समाजको मात्रै हैन, विश्व समाजकै सार्वभौम विशेषता भएकाले विद्वान् मान्यवरहरुलाई बिज्ञानको बुद्धि, प्रविधिको प्रविधीको प्रगति, धर्मको विवेक तथा सहृदयताको सम्बन्धको आधारशिला चतुष्टयमा आधारित सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त तथा स्थिति-गत्यात्मक प्रगतिवाद प्रति ध्यानाकर्षण हुन अपरिहार्य छ।

संसारमै सत्य निर्धारणका महत्वपूर्ण साधन सबै युगमा एकनास रहेन। प्राचीन वैदिक सनातन सभ्यतामा ज्ञानको प्रधानता थियो। दोश्रो विश्वयुद्ध सम्म भौतिक शक्तिको प्रधानता थियो। तत् पश्चात धनको प्रधानता चल्यो र आज सम्म चलिरहेको छ। शिक्षाको विकास, बिज्ञान तथा प्रविधी विकास तथा यातायातमा मानिषको पहुँच, तिब्र आन्तरिक तथा बाह्य बसाइँसराई, सुचना तथा संचारमा व्यक्तिको पहुँच बढे संगसंगै ज्ञानको प्रधानता स्थापित हुँदै छ। जुन युगमा जुनु कुराको निर्णायकत्व तथा प्रधानता थियो, त्यस युगमा त्यसैको बाहुल्यता रहनु स्वभाविक हो। इतिहसको जुन कालखण्डमा ज्ञानको प्रधानता थियो, त्यस समाजमा ज्ञानि तथा विवेकशील ब्राह्मणहरुको मान, मर्यादा तथा प्रतिष्ठा उच्च थियो। आआफ्नो रुचिअनुरुपनै मानिसहरूले पेसा रोज्ने हो। ज्ञानको मार्गमा चल्ने भएकाले ब्राह्मण, क्षत्रिय र वैश्य, यी तीन वर्ण विद्याध्ययनबाट दोस्रो जन्म प्राप्त गर्दथे। विद्याध्ययन गर्न नसक्ने तथा नचाहने शुद्र चौथो वर्ण थिए। भिन्न समय र सन्दर्भमा विद्या आर्जन गर्ने हैसियत नभएका, गरिब, निमुखा, गरिव सर्वसाधारण त्यतिबेला पनि थिए, आज पनि छन्।

योग्यता अर्जित गरेबिना कोही ब्राह्मण हुँदैन र जन्मजात कोहि शुद्र हुँदैन। ब्राह्मण अथवा शुद्र हुने भनेको, जन्म पश्चात् व्यक्तिले कस्तो कर्म धारण गर्दछ, त्यस पश्चात् हो। हाम्रा प्राचीन ब्राह्मणहरु तपले, ज्ञानले तथा विद्याले संसारको मार्गदर्शन गर्दथे। त्यसैले यो आर्याव्रत विश्वगुरु थियो ।

आजभोलि केही व्यक्तिहरु यसकारण आफूलाई ब्राह्मण भनेर अभिमान गर्दछन् र आफुलाई शुद्र भनेर आत्मग्लानी गर्दछन्। किनकी उनीहरुका पूर्वज ब्राह्मण अथवा शुद्र थिए। यो गलत धारणा हो। योग्यता अर्जित गरेबिना कोही ब्राह्मण हुँदैन र जन्मजात कोहि शुद्र हुँदैन। ब्राह्मण अथवा शुद्र हुने भनेको, जन्म पश्चात् व्यक्तिले कस्तो कर्म धारण गर्दछ, त्यस पश्चात् हो। हाम्रा प्राचीन ब्राह्मणहरु तपले, ज्ञानले तथा विद्याले संसारको मार्गदर्शन गर्दथे। त्यसैले यो आर्याव्रत विश्वगुरु थियो ।

ब्राह्मण एक गुणवाचक अवधारणा हो। समाजमा सबैभन्दा ज्ञानी, बुद्धिमान्, शिक्षित र समाजको मार्गदर्शन गर्न सक्ने, त्यागी, तपस्वी व्यक्तिहरु नै ब्राह्मणको अधिकारी थिए। स्थिति-गत्यात्म भएर हेर्दा आजको परिस्थितिमा तथाकथित ब्राह्मण तथा क्षेत्री थर भएका सत प्रतिसत सदस्यहरुको स्थिति पनि उच्च छैन र शुद्र अथवा शिल्पि भनिएको समुदायका सम्पुर्ण सदस्यहरुपनि शिक्षा, उधमशिलता, अर्थ, रोजगार, साधना, त्याग, तपस्या तथा ज्ञानबाट पनि वन्चित हुनुहुन्न। शिक्षा, ज्ञान, तपस्या, साधना, अनुसंधान, तथा रोजगारमा कसैको पहुँच पुगेको छैन भने जो जाग्यो अब उसैक हो कर्तब्य अरुलाई जगाउने। यस अवधारणा लाई अलि व्यापक दायरामा बुझ्ने हो भने, युरोपेली समाजमा अन्धविश्वास तथा कृश्चियन सम्प्रदायको प्रभुत्वमा दसकौँ समय, उनिहरुलेनै भनेको अन्धकार युगमा रहेको समाजमा, बिज्ञानको बुद्धि र प्रविधिको प्रगतीबाट युरोपेली समाजको पुनर्जागरण गर्न सक्ने शक्ति अलि बेग्लै परिस्थितिमा ब्राह्मण समुदायको मित्र शक्ति नै हुन्।

ब्राह्मण अथवा शुद्र लगायत अन्य वर्णहरु गुण, कर्म र स्वभावको आधारमा विभाजित छन्। त्यसैले यिनमा परिवर्तन सम्भव छ। कोही पनि व्यक्ति जन्मले ब्राह्मण हुँदैन। परन्तु शिक्षा प्राप्ति पश्चात् नै उसको वर्ण निर्धारण हुन्छ। यसर्थ शुद्र ब्राह्मण र ब्राह्मण शुद्र बन्न सक्छन्।

ब्राह्मणको श्रेष्ठता प्रमाणित गर्ने अर्को महत्वपूर्ण तथ्य भुल/गल्ती तथा अपराध गर्दा दिइने दण्ड बाट हो। ब्राह्मण यसै पनि श्रेष्ठ वर्ण हो भन्ने मताग्रह जानकार, अग्रज तथा अख्तियार लिएको व्यक्तीले राम्रो काम गर्दा प्रोत्साहन तथा सम्मान तर गल्ती गर्दा दण्ड तथा सजाय चाहिँ अन्य वर्णको भन्दा गुणात्मक रुपमा बढी दिईने प्रावधान बाट प्रमाणित हुन्छ। यौटै अपराधको लागि शुद्रालाई सबैभन्दा कम दण्ड, वैश्यलाई दुईगुणा, क्षत्रियलाई तीन गुणा तर ब्राह्मणलाई सोह्र गुणा बढी दण्ड दिइनु पर्छ । (मनुस्मृति ८.३३७ एवं ८.३३८) आजको परिस्थितिमा ठिक उल्टो भएको छ। दण्ड र सजाय त कमजोर, निसाहाय, निमुखो, गरिब, अशिक्षीतहरुको मात्रै हो। राजनीतिक, आर्थिक, सामुदायिक तथा साम्प्रदायीक पहँच पुर्याउनेहरुका त जघन्य हत्या, भ्रष्टचार, व्यभिचार, अख्तियारको दुरुपयोग त राजनीतिक बढुवाको मापदण्ड तथा प्रतिष्ठको विषय बनेको छ।

ब्राह्मण अथवा शुद्र लगायत अन्य वर्णहरु गुण, कर्म र स्वभावको आधारमा विभाजित छन्। त्यसैले यिनमा परिवर्तन सम्भव छ। कोही पनि व्यक्ति जन्मले ब्राह्मण हुँदैन। परन्तु शिक्षा प्राप्ति पश्चात् नै उसको वर्ण निर्धारण हुन्छ। यसर्थ शुद्र ब्राह्मण र ब्राह्मण शुद्र बन्न सक्छन्। हाम्रो समाजको मुलदोष पनि स्थिति र गतिशीलताको सामन्जस्यता मिलाउन नसक्नु नै हो। नितिनिर्माणको तहमा स्थितिको जरै फाडेर समाजको सम्रचनात्मक परिवर्तन गर्ने अथवा तिब्र गतिशीलतावादी शक्तिको पहुँच छ तर समाजमा ठुलो जनसंख्याको मनोबिज्ञान जस्ताको तस्तै स्थिती कायम राख्नुपर्दछ भन्नेहरुको बाहुल्यता छ। यी दुई फक्ल्याँटे विधर्मी सिद्धान्तहरुको विचमा नेपाली समाजको अति प्राचीन कालदेखि अविच्छिन्न रहि वर्तमान समाजको अग्रणी विचारधारा आत्मसात गर्न सक्ने स्थिती गत्यात्मक प्रगतिलाई आत्मसात गरि व्यक्तिगत तथा सार्वजनिक जीवनमा सिरोधार्य गरेर स्वकृयात्मक अग्रसर बन्नु आजको परिस्थितिमा अपरिहार्य छ र धर्मको विवेकबाट मात्रै स्थिति-गत्यात्मक प्रगतिवाद सम्भव छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *