धुलिखेलमा भेटिएको मुर्तिबारे पुरातत्व विभागको प्रतिवेदन तयार

बिशेष

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा भेटिएको मुर्तिबारे पुरातत्व विभागले अध्ययन प्रतिवेदन तयार पारेका छ । विभागले मुर्तिबारेको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेका हो। विभागमा महानिर्देशक दामोदर गौतमका अनुसार पुरातत्व अधिकृत मोहनसिँह लामाले मुर्तिबारे अध्ययन गरी रिर्पोट बुझाएका हुन।

महानिर्देशक गौतम नेपालको पुरातत्वको ईतिहासमा यस्तो मुर्ति कमै मात्र पाईने गरेको बताँउछन । ‘प्रारम्भिक रिर्पोटबाट मुर्ति लिच्छविकालको सुरुवातको हुनसक्ने देखिन्छ। थप अध्ययन आवश्यक छ। संक्रमणको महामारीबिच पनि विभागले रिर्पोट तयार पारेर संरक्षण र अध्ययनको काम अगाडि बढाएको छ।’गौतमले हिमवत्खण्डसँग भने।

नेपालको पुरातात्विक ईतिहासमा विरलै पाईएको यो मुर्तिको प्राप्तिलाई पुरातत्व विद्हरुले महत्वपूर्ण मानेका छन। मुर्ति बाटो बनाउने क्रममा पनौती भालेश्वर मन्दिर आसपास रहेको ढुंगा खानीबाट ढुङ्गा ढुवानी गरी धनेश्वरमा ल्याएर झार्ने क्रममा मूर्ति फेला परेको थियो। मूर्ति फेला परेपछि धुलिखेल–३ निवासी स्थानीय शेरबहादुर तामाङले घरमा लगेर राखेको र पछि मन्दिरमा स्थापना गरेर पुजाआजा गर्दै आएका थिए। मुर्ति मन्दिरमा सिमेन्ट प्रयोग गरी राखिएको थियो।

मुर्ति हात र शरिर टुटेको अबश्थामा रहेको छ। मुर्तिमा शिरको पृष्ठभूमिमा रहेको सूर्यमण्डल टुक्रिएको लाम्चा कानमा लाम्चा कुण्डल (लम्ब आयातकारको तल्लो भागभित्र मोटो गोलाकार चक्की राखिएको) लगाइएको छ।

पुरातत्व अभियन्ताहरुले यसबारे जानकारी पाएसँगै मुर्तिको महत्वलाई हेरेर स्थानीय युवाहरुले त्यस स्थानबाट निकालेर संरक्षणका लागि धुलिखेल नगरपालिकाको जिम्मा लगाएका थिए। विभागले मुर्ति नगरपालिकाकै संरक्षणमा रहेको जनाएका छ। आवश्यकता अनुसार विभागमा ल्याएर संरक्षण गरिने विभागको भनाई छ।

 

सम्बन्धित समाचार:

बाटो खन्ने क्रममा धुलिखेलमा किराँतकालिन मुर्ति भेटियो

तस्विरमा हेर्नुहोस धुलिखेलमा भेटिएको मुर्ति (फोटो फिचर)

भेटिएको मुर्ति संरक्षणको जिम्मा धुलिखेल नगरपालिकालाई

धुलिखेलमा भेटिएको मुर्तिबारे कस्ले के भने ?

धुलिखेलमा भेटिएको मुर्तिबारे…

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *