काठमाडौ ।सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो।
सरकारले बुधबार भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको छ। यससँगै निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश भएको नक्साको प्रयोग र सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग गराउन यस्तो प्रस्ताव गरिएको हो ।
Facebook Comments