नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहनेगरी सचिवालय पुर्नगठन गरौं : पूर्व मन्त्री बास्कोटा

बिशेष
नेपाल कम्युनिष्ट पार्टीका नेकपाका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता एवं पुर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुकाे वाहुल्यता रहनेगरी सचिवालयकाे पुनर्गठन गर्दै नयाँपस्तालाई नेतृत्व हस्तान्तरण गरौ भन्दै ट्वीट गर्नुभएको छ ।

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एपी वन टीभीलाई शनिबार राति अन्तर्वार्ता दिदै अब ७० को नजिकको पुस्ताले बिदा लिनुपर्ने बताउदै ३२,३३ वर्ष अध्यक्ष भैसकेका साथीको फेरि अध्यक्ष हुने, प्रधानमन्त्री भैसकेका साथीहरूलाई फेरि पनि प्रधानमन्त्री हुने रहर किन जाग्छ? भनेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया प्रारम्भ गर्न लागेको सन्केत दिएपछी बाँस्कोटाको ट्वीट आएको हो ।

पुर्वमन्त्री बाँस्कोटाको ट्वीट ‘नयाँपस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुकाे वाहुल्यता रहनेगरी सचिवालयकाे पुनर्गठनबाट सुरुगराै।कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खतम।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =