नश्लवादको आधारमा घृणात्मक कित्ताकाट गर्नु महामुर्खता हो

विचार/ब्लग

-नुमनाथ प्याकुरेल

जब उभिएर संसार चिहाउने स्थान फरक पर्छ, दृष्यहरु पनि फरक देखिन्छन् । सुझ्नु न बुझ्नु लाखरलखर कुद्नु भने जस्तो, जातिय विभेद र छुवाछुतको कारण एकांकी रुपमा वर्णव्यवस्थामा दोष थोपरेर, ऐतिहासिक भुल गर्नु इतिहास र प्रचिनता प्रति न्याय गरेको ठहर्दैन । सबै भन्दा विडम्बनाको कुरो के पनि छ, भने दिन भर नश्लवाद, जातिय विभेद तथा छुवाछुत नेपाली समाजका कलंक हुन् भनेर सामुहिक आत्मावोध गर्नेहरुले व्यवहारमा पनि विचार जस्तै परिस्कृत संस्कार बसाउने हो भने, यो व्यर्थ र कहिलै नटुंगिने झगडाको विउको समुल नष्ट भईसक्थ्यो ।

प्रसस्त अध्यायन, अनुसंधान, खोज तथा परिक्षण बिनै, लहड र भिडको मनोबिज्ञानलाई उत्तेजित गरेर सत्ता आरोहण गर्ने दुस्प्रयास अघि पनि थियो, आज त्यो प्रवृत्ति बनेको छ र निकट भविश्यमा अकल्पनीय दुर्घटना निम्त्याउने कुरा निश्चित छ । हाम्रो चेतना प्राचिन सभ्यता बाट स्थीति-गत्यात्मक प्रगति गर्दै कति छिटो बिकासित हुन्छ, चेतनालाई कति छिटो व्यवहारमा उतार्न सक्छौं, व्यवहार कति छिटो बानि बन्छ र बानि कति छिटो संस्कारमा रुपान्तरण हुन्छ/बन्छ भन्ने कुरा, हाम्रो ऐतिहासिक जिम्वेवारी अवलम्बन गर्न कति छिटो स्वकृयात्मक अग्रसर बन्छौं त्यो हाम्रो धर्मको विवेकमा भर पर्छ ।

पश्चिमी अंग्रेजको शिक्षा पद्धतिमा हुर्केका अघील्लो पुस्ताले हिजो पढ्दै आइरहेका कुराहरू आज नयाँनयाँ तथ्य र प्रमाणहरुले तासको महल जस्तो ढल्दै छ त्यसकारण आज आर्य र मंगोल भन्दै एकापसमा लड्नु भनेको मुर्ख होइन महामुर्खता हो ।

कालो बादलमा चाँदिको घेरा भने जस्तै, जातिय विभेध खासमै सामाजिक समस्या हो भनेर पहिचान गर्न सक्नु भनेको समस्याको आधा समाधान हुनु हो । यसरी विद्यमान समस्याहरु सार्वजनिक रुपमै पहिचान भैसक्दा पनि, सामाज, संस्कृति, इतिहास तथा प्राचिनताको सम्रक्षक राज्यले नीतिगत निर्णय गरेर समस्याको स्थिति-गत्यात्मक प्रगतिउन्मुख समस्या समाधानमा स्वकृयात्मक अग्रसर नभएर, सामाजका विविधता युक्त सामाजिक तथा साँस्कृतिक एकाईहरु विभाजित, ध्रुविकृत तथा खण्डित भएर सार्वजनिक रुपमै नश्लिय तथा घृणात्मक कित्ताकाट गरेर अक्लपनिय नश्लिय तथा जातिय नरसंहारको मार्गमा अग्रसर भएका घटनाहरुप्रति नजरअन्दाज गरेको देख्दा उदेक लागेर आउँछ ।

हिजो डसेर सर्प भागेको बाटोमा आज लाठो बजार्नु जस्तै हो, जातिय विभेद तथा छुवाछुतमा सामाजिक तथा सांस्कृतिक सम्रचनाको धरोहर, सहृदयता दर्शनको श्रोत वैदिक सनातन धर्म जसलाई हिन्दु पनि भनिन्छ र साथै वौद्ध, बोन, किराँत, जैन, सिख लगायतका प्रकृतिक पुजक धर्महरुको छारो उडाउनु। त्यहि धरोहरले विविधतामा एकता तथा नागरिक/राजनीतिक अधिकार नागरिकले व्यक्तिगत दायरामा र साँस्कृतिक/धार्मिक अधिकार नागरिकले समुदायको दायरामा अभ्यास गर्न प्रेरित गरेको छ तर राज्य आफ्नो अविभावकिय भूमिकाबाट बन्चित भएर जिम्बेवारी निर्वाह गर्न नसक्दा, वैदिक सनातन धर्म जसको यहि माटोमा जरो/उत्पति र यहि माटोमा किलो/केन्द्र भएका तथा विस्तार र प्रभुत्वको नीति नलिएका धार्मिक तथा साँस्कृतिक समुदायहरु माथि संस्थागत तथा रणनीतिक रुपमै आक्रमण गरेर मौलिक धर्म तथा तिनका आधारशिलाहरु ध्वंस गर्न सम्पुर्ण उर्जा खर्चगरेको दृष्य प्रति नजरअन्दाज गर्नु सहृदयता हुनै सक्दैन। समाज सेवा, शैक्षिक सेवा तथा स्वास्थ्य सेवा जस्ता उदार र समाजका महत्वपुर्ण क्षेत्रमा सियो बनेर प्रवेश गर्ने र फालि बनेर प्रकट हुने प्रभुत्ववादी, हस्तक्षेपकारी तथा विस्तारवादी क्रुषेडिहरुको नेपाली समाजमाथिको संक्रमण बाख्रा संगै स्याललाई संगै खोरमा थुनेको प्रतित हुँदैछ। राज्य भन्ने निकायले अनुसंधानलाई आफ्नो कार्यशैली मात्रै बनाउने हो, भने पनि जनता नश्लिय तथा घृणात्मक कित्ताकाट गरेर नकारात्मक टिकाटिप्पणी तथा द्वेशकको सार्वजनिक अभिव्यक्ति गरेर सम्भावित हिंसालाई आमन्त्रण गर्दैन थिए।

नश्लवाद पश्चिमको धर्म हो, परम्परा हो, संस्कृति हो, सभ्यता हो, आदर्श हो र गन्तव्य हो । त्यसैले पनि धर्मान्तरण गोरा छालालाई नै सर्वोपरी बनाउने विश्व अभियान हो ।

बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड भने जस्तै चिन्नेले धुलोमा लटपटिएको हिरा परै बाट चिन्छ र टिप्छ, नचिन्नेले दर्शन ढंगा ठानेर कुल्चेर हिंड्छ। जातिय विभेध तथा छुवाछुतको सहसताब्दी देखि जसले उत्पिडन र शोषण भोगेको छ, आज विज्ञान र प्रविधीको बिकासले ज्ञानको विष्फोट भएर सुचना तथा संचारमा जनजनको पहुँच हुँदा पनि एउटा समुदाय सिमान्तकरणको पुछारमा पुगेको, अर्को समुदायले नदेख्नु र सबैको अविभावक राज्यले अग्रसरता नदेखाउनु र समुदाय वर्गिकृत भएर एकअर्का बिरुद्ध घृणा, द्वेश, क्लेश तथा एकअर्का बिरुद्ध निन्दात्मक गालिगलौज र सक्दोश्राप गरिरहँदा पनि राज्य चाहिँ मुकदर्शक बन्नु विडम्बना हो। बिज्ञानको वुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक तथा सहृदयताको सम्बन्धको आधारशिलामा आधारित सहृदयता दर्शन, त्यसै बमोजिमको स्थिति-गत्यात्मक प्रगतिको सामाज बिकासको सिद्धान्त, बैज्ञानिकता युक्त धर्म र धार्मिकता युक्त बिज्ञानको दृष्टिकोण तथा कार्यपद्धती अवलम्बन गर्ने हो, भने सबै किसिमका नश्लिय तथा घृणात्मक कित्ताकाटको अन्त्य भएर र समतामुलक समाज निर्माण गर्न कुनै कठिनाई हुँदैन।

वर्ण व्यवस्थाको विचलन बाट बिकृत भएको जातिय व्यवस्थालाई नश्लवाद भनी एकोहोरो रटानलगाउने प्रियवरहरु, नश्ल जैविक बिभाजन हो तर सांस्कृतिक वैभेध्यता नश्लवाद हैन । आधुनिक नेपाली समाजको इतिहासमा एक युगमा एकपटक योग्य र दुरदर्शी राजाहरुको नेतृत्व भएको छ। जयस्थिती मल्ल, महिन्द्र मल्ल, तेजनर्सिंह मल्ल जस्ता मध्यकालिन शासकहरु, राम शाह, पृथ्वीनारायण शाह जस्ता दुरदर्शी तथा जनप्रिय राजाहरुको कृति त्यसकारणले रह्यो की, वहाँहरुले नेपालको मौलिक तथा रैथाने विधि, पद्धति, दृष्टिकोणलाई प्रतिमान मानेर, आफ्नो अनिवार्यतामा वाह्य विधि, पद्धति, दृष्टिकोणलाई उपमान मानेकै कारण इतिहासमा वहाँहरुको नाम स्वर्ण अक्षरले लेखिएको छ। आजका नपुंसक राजनीतिक नेतृत्व हस्तक्षेपकारी तथा प्रभुत्ववादी क्रुषेडि तथा जिहादीहरुले अतिक्रमण गरेर, सुन्यबाट सुरु गरेर समग्र जनसंख्याको ५% भन्दा बढि जनसंख्यालाई धर्मान्तरण गर्न सक्नु र धर्मान्तरण भएको जनसंख्या क्ष्यदम्भेषी रुपमा सहसताब्दी देखी समन्वयात्मक तथा सहृदयात्मक सम्बन्धमा रहेका वैदिक सनातन धर्म, संस्कृति, सम्पदा तथा इतिहासका साक्षीहरु बिच अविश्वास, तिक्तता, घृणा तथा प्रतिषोधको विष भर्न सफल भएर बाहिरी आवरण सफा, टकटकाउँदो सिनिक्क र सर्लक्क भएको देखाएर फुटाउ र शासन गरको रणनीति कर्यान्वयन भइरहँदा पनि हामि सनातनि सभ्यताका हिमायतीहरु कानमा तेल हालेर बस्नु तर विधर्मिहरुको विस्तारवादी, हस्तक्षेपकारी तथा प्रभुत्वकारी भूमिका नदेख्नु नपुंसकता हो।

वर्ण व्यवस्थाको विचलन बाट बिकृत भएको जातिय व्यवस्थालाई नश्लवाद भनी एकोहोरो रटानलगाउने प्रियवरहरु, नश्ल जैविक बिभाजन हो तर सांस्कृतिक वैभेध्यता नश्लवाद हैन ।

स्वदेशि र विदेशि दर्शन, सिद्दान्त, दृष्टिकोणहरु प्रति धर्मको विवेक लगाउन सकिएन भने पनि तथ्यपरक हुँदैन। विदेशि दर्शन तथा सिद्धान्त प्रति अविश्वास नेपाली भूमी बाहिरको विदेशि भनेर हैन, नेपाली समाज र सँस्कृतिको विशिष्टता सापेक्ष नभएर हो । प्रकृतिको छनोट गर्ने क्ष्यमता हुन्छ र युग सुहाउँदो सिद्धान्त अभिनर्माण गर्न प्रतेक समाजसंग क्ष्यमता हुन्छ र त्यसको खोजि गर्नुपर्छ तर उपमानका रुपमा नपाली समाज भन्दा बाहिर बेग्लै परिस्थिति तथा परिवेशमा अभिनिर्माण भएका सिद्धान्तहरु उपमानको रुपमा अनिवार्यतामा मात्रै अभ्यास गरिनु स्रेयस्कर हुन्छ । प्रजातान्त्रिक इतिहासको ७० बर्षमा प्रजातान्त्रिक नेतृत्वमा गर्वले सम्मान गर्नुपर्ने र इतिहासमा स्वर्ण अक्षरले नाम लेखिने त कोहि पनि छैन र यहि कम्युनिष्ट-पुजिवादि विधर्मी प्रतिमानको आधारमा अर्को पुरै सताब्दी कुर्दा पनि आशा र आत्मविश्वास गरेर आत्मियता प्रवर्धन गर्न नसकिने तथ्य त घाम जतिकै छर्लङ्ग छ, छैनर ?

कथित प्रजातन्त्र र तत्पश्चात लोकतन्त्र स्थापना पश्चात, नेपाली समाज, सँस्कृति, सभ्यता तथा प्राचिनताको मुलधार अयोग्य र विदेशि विधर्मी प्रतिमानका निर्लज्ज मतियारहरुलाई विशिष्ट विशेषण र उपमाहरुले सम्बोधन गरिने शृङ्खला यद्यपि जारी छ । सबैको अविभावक सरकार भ्रष्टाचारको अखडा, राजनीतिक घृणा र प्रतिशोधको वम्जर मरभूमी, न्यायालय अपराधी र भ्रष्टचारिको अपराध मोचनको माध्यम बन्यो भने ढोल पिटेर स्वागत गरिएको लोकतन्त्रको भाग्य र भविस्य के हुन्छ?

सिद्धार्थ गौतम बुद्ध भन्नुहुन्छ: ‘न तेन आरियो होति येन पाणानि हिंसति / अहिंसा सब्बपाणानं अरियो ति पवुच्चति.’ अर्थात प्राणि माथि हिंसा गर्ने कोही पनि आर्य हुन सक्दैन प्राणिमात्रको प्रति अहिंसा गर्नेहरु आर्य भनिन्छ।

सामाजिक-आर्थिक गतिशीलताका कारण सिमान्तिकरणमा परेका सामाजिक-सांस्कृतिक समुदायहरुलाई एकाअर्का विरुद्ध संस्थागत निषेधका लागि पाखुरा सुर्याउन लगाएर विदेशी विधर्मी प्रतिमानका साधक कपु तन्त्रका नाईकेहरु लडाउ र शासनगर भन्ने सिद्धान्तमा सफल भैरहेको वर्तमान अवस्थामा हाम्रा मौलिक सिद्धान्त, अवधारणा, संस्कार र संस्कृतिको सत्संग अनिवार्य भएको छ । इतिहासमा कहिँ कतै त्रुटि भएको भए तिनको समाधानको उपाय पनि हामी संगै छ । आफ्ना पोल्टामा सामल छ/छैन नठहर्याई अर्काको बुइ चढेर आफ्नो समुदायको लघुताभाष र सहयात्री समुदाय प्रती तुष्टिकरण गर्नु अपराध हो ।

बाराक ओबामाको मध्य नाम हुसेन भएकोले गर्दा तिनले अमेरिकी राष्ट्रपति पदमा दुईपटक शपथग्रहण गर्नुपर्यो । टोनी ब्लेयर क्याथलिक भएको हुँदा तिनले तत्काल धर्म परिवर्तन गरी प्रोटेस्टेन्ट भएर बेलायतको प्रधानमन्त्री पदमा शपथग्रहण गरे । पद सकिएपछि फेरि क्याथलिक भए भन्ने जस्ता दृष्टान्त त्यहाँ ठेलीका ठेली पाइन्छन् । भीमसेन थापा, जगबहादुर, अमरसिंह थापा, भिमशमशेर, राणबहादुर शाह, प्रताप मल्ल जोसुकै हुन्, हाम्रा पुर्खाहरू शैव, शाक्त, वैष्णव के थिए ? हामीले कहिल्यै सोध्यौँ, खोज्यौँ वा लेख्यौँ ? तर, तिनिहरू लेख्छन्, प्रोटेस्टेन्ट दार्शनिक रेने देका एउटा क्याथलिक देशमा मर्न पुगेकाले तिनको शव बेवारिसहरूको चिहानघारीमा विनाचिन्ह गाडिन पुग्यो । उनका अवशेषबारे अब जान्न गाह्रो छ ।

बुद्धका त्रिपिटक देखि हिन्दुका ऋगवेद पुराण महाभारत रामायण गीता सबैमा गुणवाचक सब्दको रूपमा उल्लेख गरेको पाइन्छ। संस्कृत कोष शब्दकल्पद्रुममा आर्यको अर्थ पूज्य, श्रेष्ठ, धार्मिक, धर्मशील, मान्य, उदारचरित, शांतचित, न्याय-पथावलम्बी, सतत कर्त्तव्य कर्म भनेर ब्याख्या गरेको छ ।

अहिले बजारमा आर्य र मंगोल शब्दको रडाको चल्दै छ, तर यो आर्य सब्द कुनै वर्ण जाति बिशेष संग जोडिएको सब्द होइन सनातन हिन्दु बौद्ध धर्ममा आर्य सब्द गुणवाचक सब्द हो, बुद्धका त्रिपिटक देखि हिन्दुका ऋगवेद पुराण महाभारत रामायण गीता सबैमा गुणवाचक सब्दको रूपमा उल्लेख गरेको पाइन्छ। संस्कृत कोष शब्दकल्पद्रुममा आर्यको अर्थ पूज्य, श्रेष्ठ, धार्मिक, धर्मशील, मान्य, उदारचरित, शांतचित, न्याय-पथावलम्बी, सतत कर्त्तव्य कर्म भनेर ब्याख्या गरेको छ ।

सिद्धार्थ गौतम बुद्ध भन्नुहुन्छ: ‘न तेन आरियो होति येन पाणानि हिंसति / अहिंसा सब्बपाणानं अरियो ति पवुच्चति.’ अर्थात प्राणि माथि हिंसा गर्ने कोही पनि आर्य हुन सक्दैन प्राणिमात्रको प्रति अहिंसा गर्नेहरु आर्य भनिन्छ। अहिले आफुलाई बौद्ध हुँ भन्ने तर गाई गोरु काट्न किन नपाइने भन्दै उफ्रिनेहरु बुद्धको भाषामा अनार्य हुन । यो जाति सुचक नभई गुणसुचक मात्रै हुन भन्ने प्रष्ट छ । यसरी पुर्वीया दर्शनमा गुणसुचकको रूपमा लिएको आर्य सब्दलाई पश्चिमी विद्वान् William Jones भन्ने व्यक्तिले सन् १८४७ मा History of Ancient India किताब छपाएका थिए र त्यही किताबमा नै सबैभन्दा पहिलोपल्ट आर्य शब्द लाई वर्ण वा नश्लमा रुपान्तरण गरेको थियो ।

आर्य सब्दलाई प्रजाती बनाएर आर्य भारतवर्षको नभइ बाहिर बाट आएर आक्रमण गरेर बसेका आर्य आक्रमणको सिद्धान्त प्रतिपादन गरेर भारतवर्षका मुलवासी चाहिँ द्रवीड भनेर मेकाले शिक्षा घोकाउन सुरु गर्यो जसको फाइदा एकआपसमा अंग्रेजले अंतर्विरोध गराएर फुटाउ र राज गर भन्ने नीतिको राम्रोसँग सफलता पाई रह्यो । तर बिश्वमा धेरै विद्वानहरुले यो तर्कलाई धेरै अगाडि देखि खण्डन गर्दै आइरहेका छन् त्यसमध्ये एक हुन अमेरिकी पुरातत्ववेत्ता जिम शेफरले पनि भारतमा आर्य आक्रमण वा आर्य आगमन एउटा गलत सिद्धान्त हो भनेर विभिन्न तर्क सहित खण्डन गरेको छ ।

बिश्वमा धेरै विद्वानहरुले यो तर्कलाई धेरै अगाडि देखि खण्डन गर्दै आइरहेका छन् त्यसमध्ये एक हुन अमेरिकी पुरातत्ववेत्ता जिम शेफरले पनि भारतमा आर्य आक्रमण वा आर्य आगमन एउटा गलत सिद्धान्त हो भनेर विभिन्न तर्क सहित खण्डन गरेको छ ।

अहिले यससम्बन्धी ३ वटा पुस्तक बजारमा उपलब्ध छन्, श्रीकांत तलाघेरीको ‘The Rig-Veda and Awesta’ (2000), कोएनराड एल्स्टको ‘Astoric in Varopiasthan’ तथा निकोलस कजानासको ‘Indo-Aryan Origins(2010) यी पुस्तकहरु लामो सोधकार्य पछी निकालेको पुस्तक भएकाकारण अहिलेसम्म कसैले खण्डन गर्न सकेका छैनन्।

यी पुस्तकहरुमा आर्य भनिएको न कुनै समुदाय छ न त यी कतैबाट आगमन गरेका हुन् भनेर उल्लेख गरिएको छ । नश्लवाद पश्चिमको धर्म हो, परम्परा हो, संस्कृति हो, सभ्यता हो, आदर्श हो र गन्तव्य हो । त्यसैले पनि धर्मान्तरण गोरा छालालाई नै सर्वोपरी बनाउने विश्व अभियान हो । पश्चिमी अंग्रेजको शिक्षा पद्धतिमा हुर्केका अघील्लो पुस्ताले हिजो पढ्दै आइरहेका कुराहरू आज नयाँनयाँ तथ्य र प्रमाणहरुले तासको महल जस्तो ढल्दै छ त्यसकारण आज आर्य र मंगोल भन्दै एकापसमा लड्नु भनेको मुर्ख होइन महामुर्खता हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *