नश्लिय कित्ताकाट र घृणात्मक अभिव्यक्ति भत्र्सनायोग्य योग्य छन्

विचार/ब्लग

-नुमनाथ प्याकुरेल

वर्ण व्यवस्थामा रहेका ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र अवधारणाहरु कुन सन्दर्भ र प्रसंगमा अभिनिर्माण गरिएको थियो, आज समाजमा त्यहि सन्दर्भ र प्रसंग छैन । यतास्थितिमा आमुल परिवर्तन हुँदा पनि विश्वव्यापि कामका प्रकृति त तिनैतिनै नै त छन् नि, हैन र ? ज्ञान आर्जन तथा त्यसको प्रयोग गर्ने, सुरक्षा प्रदान तथा सुरक्षीत अनुभूति गर्ने, वाणिज्य तथा ब्यापार गर्ने, शिल्प तथा कलाको सम्रक्षण र प्रवर्धन गर्ने यिनै हैनन्, र ? समयको गति संग सामान्जस्य हुन नसकेको पेसा तथा कर्महरुको स्थिति गत्यात्मक प्रगति पो हो त ।

समाजमा समस्या छन् भनेर किटानि गरेर भन्न र ठम्याउन सक्नु भनेको समस्याको आधा समाधान हो । समस्याको सामुहिक स्वामित्व बोध गर्ने कुरामा वाधा तथा अड्चन नपुर्याउँ । निरक्षिर विवेक लगाएर धार्मिक तथा सांस्कृतिक अधिकारहरु तथा नागरिक तथा राजनीतिक अधिकारहरुको पृथकिकरण गर्ने तर राज्यको अभिभावकिय भूमिकामा दुबै अधिकारहरुलाई समानान्तर रूपमा अघि बढाउन दबाब दिन एकका स्वरमा अर्काको स्वर मिलाउँ ।

जातिय व्यवस्थाको बिरोध गर्ने मनोविज्ञानले वर्ण व्यवस्थानै अभिसाफ ठान्दै छ । एकातर्फ वर्ण व्यवस्थाको विकृति र विसंगती कोट्याउने, अर्का तर्फ विधर्मी प्रतिमानको शिल्प अर्थात professionals चाहिँ सर्वमान्य अवधारणाका रुपमा आत्मसात गर्नु र समाजमा शिल्पि अवधारणाले प्रस्रय नपाउनु चाहिँ बिडम्बना हो । हिन्दु मात्रै हैन, संसारका सबै समाजको आधारसिला शुद्र अथवा शिल्प हो। नेपालको संदर्भमा शिल्पि समुदायका कतिपय अग्रणी अभियन्ताहरु वैदिक सनातन धर्म, जसलाई हिन्दु पनि भनिन्छ र साथै बौद्ध, बोन, किराँत, जैन लगायताका सभ्यतामा शुद्रहरुको भागमा अवगुण नै अवगुण र ब्राह्मण तथा आर्यहरुको भागमा गुणौगुण भएको भनेर जे जसरी तुष्टिकरण गरेर जातिय तथा नश्लिय कित्ताकाट तथा घृणाको सार्वजनि अभिब्यक्ति गरिरहनु भएको देख्दा घडिको काटाहरु उल्टो दिसामा घुमेको प्रतित हुन्छ।

एउटा निश्चित भुराजनैतिक बैधानिक क्षेत्रफलमा रहेको विविधतापुर्ण जनसंख्या र भूगोलको समन्वित स्थितिलाई राष्ट्र अथवा राज्य ठानेर समन्वयात्मक तथा सहृदयात्मक संस्कृतिका अनुयायी हामिलाई उदार चरित्र बनाएर संसारका सबै जीवित प्राणी तथा बनस्पतिहरु बिच सहृदयात्मक सम्बन्ध स्थापित गरेर दुनियाँलाई अग्रणि बनाउँदै, मोक्ष प्राप्तिको मार्गमा अग्रसर गराएकोमा विदेसी तथ विधर्मी संस्कृतिको अनुसरण तथा नेपालको समाजिक तथा सांस्कृतिक सम्रचना संग गोरुबेचेको साईनो समेत नभएका तत्कालिन युरोपेली समाज तथा साँस्कृतिक समस्याहरुको सम्बोधन गर्न अभिनिर्माण गरिएका प्रभुत्वकारी तथा हस्तक्षेपकारी राजनीतिक दर्शन तथा सिद्धान्तको अनुसरण गरेर, भुईँको ढुंगो टिप्न लोभगर्दा, पोल्टको हिरा खसेको यथार्थ सावित हुँदैछ।

युग सुहाउँदो सहृदयता दर्शन र राज्यराष्ट्र सिद्धान्त बाट विविधतालाई व्यवस्थापन गर्न सकियो भने अवसर र सम्भावना हो तर गलत दर्शन र सिद्धान्तको धारणा मात्रैले पनि, अकल्पनीय धनजनको क्षति हुने सुनिस्चित छ, त्यसकारण नश्लिय कित्ताकाट र घृणात्मक अभिव्यक्ति भत्र्सनायोग्य योग्य छन् ।

समता समाज स्थापनार्थ, नेपाली समाजका शिल्पि समुदाय, जसलाई दलित पनि भनिन्छ, का अभियन्ताहरुले जुन शक्ति र उर्जा, स्वघोषित आत्मरक्षा तथा जातिय विभेदको अन्त्य गर्न भनेर संगठित बनेर सडक तथा सामाजिक मिडियामा असन्तुष्टी र आक्रोष अभिव्यक्त गरिरहनु भएको छ, भोकाएको यात्रीले यात्राका क्रममा डांडावारिनै खाउँ भन्नु पनि जायज नै हो तर अन्तर निर्भरता तथा अन्तर सम्बन्ध सहितको विविधतालाई प्रतिस्पर्धी तथा प्रतिद्वन्दी समुदायको रुपमा परिभाषा गरेर आफ्नो कुण्ठा तथा असन्तुष्टी अभिब्यक्त गरिरहनुभएको कृयाकलाप चाहिँ असोभनिय छ । अचानाको पिडा खुकुरिलाई हुँदैन भनेजस्तो शिल्पि समुदाय जसलाई दलित पनि भनिन्छ, तिनको मर्मलाई बुझ्न नसक्ने तथाकथित उपल्ला भनिएको जातिका अज्ञानी तथा अबुझ मनुवाहरुको संकिर्णता पनि बुझिनसक्नुको छ ।

हाम्रो प्राचिनताले मार्गनिर्देशन गरेको परिवार, कुल, कुटुम्ब तथा समाजको अधिकार खोसेर राज्यलाई हस्तान्तरण गर्दा राज्यलाई बोझ त थपिएकै छ, तर राज्यले त्यहि अनुसारको अपेक्षा पुरा नगरिदिँदा सर्वसाधरणको आक्रोष र असन्तुष्टी पनि गुणात्मक रुपमै बढेको पनि यतार्थ हो । हामि सारा नेपालीको साझे अभिभावक राज्य र राज्यको प्रतिनिधिमुलक संस्था सरकार चाहिँ, विदेशि विधर्मी प्रतिमानको भरिया बनेर आफ्नो स्वामित्व र अपनत्व भएका मौलिक प्रतिमानहरुलाई रद्दिको टोकरीमा फाल्न एकांकी रुपले लागेको छ। यस्ता अत्यन्तै संवेदनशील घटनाहरुमा मौनता, अकर्मण्यता तथा अनभिज्ञता सांदेर दलिय तथा गुटगत भागवण्डा तथा शक्ति बाँडफाँड गरेर सत्ता र शक्तिको चरम दुरुपयोग गरिरहेको कारण त्यसको मूल्य सारा नेपालीले चुकाउनु परिरहेको छ । लोकतन्त्रमा तथाकथित अभिव्यक्ती स्वतन्त्रताको अभ्यासका नाममा घृणाको सार्वजनिक प्रकटिकरण गरेर संस्थागत हुँदै गरेको अकल्पनिय तथा असोभनिय जातिय द्वन्द्व, वंशविनास तथा नरसंहारको विजारोपण र विदेशि विधर्मी षड्यन्त्रकारीकारीहरुले प्रसस्तै मलजल गरिरहेका छन् भनेर अड्कल काट्न कुनैकिसिमको माथापिच्छे गर्न पर्दैन।

अचानाको पिडा खुकुरिलाई हुँदैन भनेजस्तो शिल्पि समुदाय जसलाई दलित पनि भनिन्छ, तिनको मर्मलाई बुझ्न नसक्ने तथाकथित उपल्ला भनिएको जातिका अज्ञानी तथा अबुझ मनुवाहरुको संकिर्णता पनि बुझिनसक्नुको छ ।

अन्तरनिर्भरता सहित फरकफरक पहिचान भएका विभिधतापर्ण स्तरिकृत जातिय समुहरुको सान्दर्भिकता नेपालको आधुनिकिकरण तथा स्थिति-गत्यात्मक विकासमा अझ टड्कारो आवस्यकता बनेको छ । स्तरिकृत जातिय समुदायहरु सबैको आआफ्नो स्थानमा उच्च सम्मान, आवस्यकता, अपरिहार्यता तथा अनिवार्यता छ । स्थितिमा मात्रै रहेर युग सुहाउँदो ढंगले गत्यात्मक हुन नसक्दा, त्यसमा कुसँस्कार र कुरितीहरु थपिएर असान्दर्भिक जस्तो देखिएको मात्रै हो तर विडम्बनाको कुरो चाहिँ वर्णव्यस्थालाई नियाल्ने चस्मा हामिले हाम्रो मौलिक अपनाउन नसक्नु नै हो ।

पहिचानको लडाई लड्छु भन्नेहरुलाई सिकाउनु पर्ने तथ्य चाहिँ, प्रतिस्पर्धा गर्नुपर्ने नागरिक तथा राजनीतिक पहिचानका लागि हो र सम्मान गर्नुपर्ने साँस्कृतिक तथा धार्मिक पहिचानको हो । सांस्कृतिक पहिचान समुदायको अधिनमा र नागरिक पहिचान व्यक्तिको दायरामा राखेर राज्यले दुबै पहिचानहरुको समानान्तर विकास र प्रवर्धनमा अभिभावकिय भूमिका निर्वाह गरि सिमान्तकृत समुदयको मुल प्रवाहिकरणमा स्वकृयात्मक अग्रसर रहनुपर्छ ।

राज्यले हामि सबैको धार्मिक तथा साँस्कृतिक अधिकार र नागरिक तथा राजनीतिक अधिकारको अभ्यास गर्ने स्वतन्त्रता दिएको छ । हामि नागरिक पहिचानमा सबै जात, जाति, जनजाति, धर्मिक, भौगोलिक तथा भाषिक समुदायका सबै नागरिकहरु संगसंगै छौं तर धार्मिक तथा साँस्कृतिक अधिकारको अभ्यास गर्दा आआफ्नो समुदाय, कुल तथा कुटुम्ब संगसंगै छौं। नागरिक पहिचानमा हामि बिच कुनै पर्खाल छैन तर साँस्कृतिक पहिचानमा हामिसबैको एकअर्कामा सम्मान छ । सहृदयता दर्शनले सबै समान तर एउटै हो भन्दैन तर सबैको सबैलाई सम्मान गर्दछ । धार्मिक तथा साँस्कृतिक अधिकारको अभ्यास आआफ्नो समुदायको दायरामा स्वपहिचान प्रोत्साहन गर्दै र नागरिक तथा राजनीतिक अधीकारको अभ्यास सबैसंगै बसेर मनाउँदा मात्रै विविधता पनि सम्रक्षित हुन्छ र सहृदयता पनि संस्थागत हुन्छ।

जसरि राज्य इतरका सामाजिक एकाईहरुमा हामिले तिनको संस्थागत अभ्यास गरेका छौं, त्यहि मुल्य र आदर्श कायम राखेर राज्यको तहमा पनि अभ्यास गर्न सकियो भने, एकातर्फ हाम्रो मौलिक रैथाने पद्धतिले पनि प्रस्रय पाउने र अर्कातर्फ हाम्रो ज्ञान परम्परा पनि अगाडि बढ्ने सुनिस्चितता हुन्छ ।

दलित अभियन्ताहरु वर्ण व्यवस्थाको एउटा वर्णका सदस्यहरु संगठित र एकीकृत गरेर बाहुन बिरुद्ध कटाक्ष तथा सार्वजनिक घृणा अभिव्यक्ति गर्नु बाहुनहरुलाई पनि जातिय एकता गर भनेर उक्साउनु हो । अरुलाई बाहुनवाद भनेर कलंकको ट्याग भिराउने र आफुलाई दलित पहिचानमा स्वाभिमानी ठान्दा, दलित वादको प्रतिकृयात्मक ट्याग लाग्छ/लाग्दैन ? विद्द्वानहरुको दायित्व समाजलाई जातिय नश्लवादमा धकेल्ने हो कि ? नश्लवादको सैद्धान्तिक जालमा फस्नलागेका सर्वसाधारण सहृदयी जनहरुको उद्वार गरेर नश्लिय तथा घृणात्मक कित्ताकाट बाट समाज र सभ्यताका साझा सम्पदाहरुको सम्रक्षण र प्रवर्धन गर्न स्वकृयात्मक अग्रसर गराउने हो ? समस्याहरुको स्थिति-गत्यात्मक समाधान गर्न सकिदैन भने, समस्याहरु बिरोलेर जात, जाति, जनजाति, धार्मिक तथा साँस्कृतिक समुदाय विचको दुरि बढाएर निरासा, अविश्वास तथा घृणालाई मलजल नपुर्याउँ ।

समाजमा समस्या छन् भनेर किटानि गरेर भन्न र ठम्याउन सक्नु भनेको समस्याको आधा समाधान हो । समस्याको सामुहिक स्वामित्व बोध गर्ने कुरामा वाधा तथा अड्चन नपुर्याउँ । निरक्षिर विवेक लगाएर धार्मिक तथा सांस्कृतिक अधिकारहरु तथा नागरिक तथा राजनीतिक अधिकारहरुको पृथकिकरण गर्ने तर राज्यको अभिभावकिय भूमिकामा दुबै अधिकारहरुलाई समानान्तर रूपमा अघि बढाउन दबाब दिन एकका स्वरमा अर्काको स्वर मिलाउँ ।

पाली समाजमा जातिय व्यवस्था समस्या हैन । जो सुकैले कन्दनी चुडिने गरेर जातिय व्यवस्थाको विरोध गरेर समतामूलक समाज स्थापना गर्छु भन्ने दलित अभियन्ताका अगुवाहरूलाई राजनीतिक पहिचानको दलित अवधारणा कति प्यारो लागेको हो ?

हामिले चिच्याएर बिरोध गरेपनी, टाउको फोडेर लल्कारे पनि र पानी छोएर कसम खाएर अस्विकार गरे पनि नेपाली समाजको विशेषता स्तरिकृत हो र त्यो घरमा, कुटुम्बमा, समुदायमा, समाजमा संस्थागत भैसकेको कारण हाम्रो विशेषाताको रुपमा संस्थागत भैसकेको साझा पहिचान हो । जसरि राज्य इतरका सामाजिक एकाईहरुमा हामिले तिनको संस्थागत अभ्यास गरेका छौं, त्यहि मुल्य र आदर्श कायम राखेर राज्यको तहमा पनि अभ्यास गर्न सकियो भने, एकातर्फ हाम्रो मौलिक रैथाने पद्धतिले पनि प्रस्रय पाउने र अर्कातर्फ हाम्रो ज्ञान परम्परा पनि अगाडि बढ्ने सुनिस्चितता हुन्छ । सामाजिक मनोबिज्ञान यसरी प्रदुशित गरिएको छकि, सार्वभौम जिज्ञासा अभिव्यक्त गर्दा उसको नाकको आकार, आँखाको स्वरुप, छालाको रंग र नाम पछिको थर हेरेर अर्थ र परिभाषा गर्ने गरिन्छ । नेपाली समाजमा जातिय व्यवस्था समस्या हैन । जो सुकैले कन्दनी चुडिने गरेर जातिय व्यवस्थाको विरोध गरेर समतामूलक समाज स्थापना गर्छु भन्ने दलित अभियन्ताका अगुवाहरूलाई राजनीतिक पहिचानको दलित अवधारणा कति प्यारो लागेको हो ? युग सुहाउँदो सहृदयता दर्शन र राज्यराष्ट्र सिद्धान्त बाट विविधतालाई व्यवस्थापन गर्न सकियो भने अवसर र सम्भावना हो तर गलत दर्शन र सिद्धान्तको धारणा मात्रैले पनि, अकल्पनीय धनजनको क्षति हुने सुनिस्चित छ, त्यसकारण नश्लिय कित्ताकाट र घृणात्मक अभिव्यक्ति भत्र्सनायोग्य योग्य छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *