नागपञ्चमीको विशेष महत्व

विचार/ब्लग

-नारायणप्रसाद न्यौपाने

नेपाली समाजमा मनाइने विविध चाडपर्वहरुमध्ये नागपञ्चमी पनि एक महत्वपूर्ण पर्व हो । नागपञ्चमीको आगमन भएपछि समाजमा विविध सास्कृतिक पर्वहरुको शुरुआत भएको मानिन्छ । नेपाली संस्कृतिमा नागपूजाको विशेष महत्व रहेको छ । प्राचीनकालदेखि नै नागलाई कृषकहरुले बर्षा र उर्वरताका अधिष्ठाताका रुपमा मान्दै आएका हुन । त्यसैले पनि प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागको विशेष पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

नागपञ्चमीको आगमन भएपछि समाजमा विविध सास्कृतिक पर्वहरुको शुरुआत भएको मानिन्छ । नेपाली संस्कृतिमा नागपूजाको विशेष महत्व रहेको छ ।

नागपञ्चमी पर्वले नेपाली समाजमा केवल सामाजिक धार्मिक र सांस्कृतिक, रुपले मात्र महत्व राखेको छैन । यसको ऐतिहासिक र पौराणिक महत्व समेत रहेको छ । यस दिन विभिन्न मठ मन्दिर आदिमा समेत भगवान विष्णुले नागको शैय्यामा सुतेको मूर्तिहरु तथा विभिन्न स्थानमा रहेका नागका मूर्तिहरु तथा विभिन्न शैलीमा कुदिएका नागको मूर्ति स्थापना गरी पूजाआजा गर्ने गरेको पाइनुले पनि यस पर्वको ऐतिहासिक महत्वलाई पुष्टि गर्दछ ।

यसदिन हरेक घरपरिवारमा आ–आफ्नो घरको मूल ढोकाको सिरानमा विभिन्न रंगीविरगीका नागका चित्रहरु टाँसेर, दुबो, दूध, फलफूल चढाएर नागको पूजा गर्ने चलन छ । यसदिन नागको पुजा–आजा गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ, प्राकृतिक दैवी प्रकोप चट्याङ्ग आदि पर्दैन, नागरुपी सर्प आदिको टोकाइबाट समेत बच्न सकिन्छ भन्ने जनविश्वास पनि रहेको छ । अझ कतिपय स्थानहरुमा त विवाहित नारीहरुले नागको पूजा गर्नाले सन्तान प्राप्ति समेत हुनेछ भन्ने विश्वास पनि गरेकोे पाइन्छ ।

गर्मी याममा तातोको कारणबाट दुलो भित्र बस्ने र श्रावण शुक्ल पञ्चमीमा जमिन बाहिर निस्कने हुँदा बर्षा गराउनका लागि पनि नागहरुलाई प्रसन्न राख्न आवश्यक हुन्छ । त्यसैले नाग पञ्चमीमा नागहरुको विशेष पूजा आराधना गरी नागको पूजा गर्ने गरिन्छ ।

विश्वमा सबैभन्दा मूल्यवान वस्तु रहेको मणि शिरमा धारणगर्ने, अक्षय खजाना पनि नाग संगै हुन्छ । नागहरु श्रीखण्डको सुगन्ध अन्त्यन्त मन पराउछन् । संगीत भनेपछि नागहरु पनि हुरुक्क हुन्छन् । गर्मी याममा तातोको कारणबाट दुलो भित्र बस्ने र श्रावण शुक्ल पञ्चमीमा जमिन बाहिर निस्कने हुँदा बर्षा गराउनका लागि पनि नागहरुलाई प्रसन्न राख्न आवश्यक हुन्छ । त्यसैले नाग पञ्चमीमा नागहरुको विशेष पूजा आराधना गरी नागको पूजा गर्ने गरिन्छ ।

यसैगरी विभिन्न पुराणमा उल्लेख भए अनुसार नागका पनि विभिन्न प्रकारहरु रहेका छन् । जस अनुसार अनन्त, वासुकी शेष, कम्बल, कर्कोटक, पद्य, तक्षक, अश्वतर, धृतराष्ट, विङ्गल, कालीय र शंखपाल आदि नामाकरण गरिएका नागहरुको उल्लेख पाइन्छ । तरपनि समाजमा विषेश गरि अष्टनागको नै पूजा गर्ने गरेको पाइन्छ, जसमा–अनन्त, बासुकी, पदमा, महापद्म, तक्षक, कुलीर, कर्कट, शंख आदि रहेका छन् ।

नाग पञ्चमीका सम्बन्धमा रहेको एउटा रमाइलो किवदन्ती पनि रहेको पाइन्छ । जस अनुसार–प्राचीनकालमा एउटा किसानले आफ्नो बाली लगाउन खेतमा खन्दा माटो भित्र रहेका तीनवटा नागका बच्चाहरु काटिएर मरेछन् । त्यसपछि ती बच्चाहरुकी आमा नागिनीले थाहा पाई । त्यसपछि उसले उक्त किसानको घरमा गई उसका सबै परिवारलाई डसेर मारिदिएछ । त्यतिबेला संयोगबश उक्त किसानकी एउटी छोरी बाहिर कतै गएकी हुनाले उनी बाँच्न सफल भइछन् ।

समाजमा विषेश गरि अष्टनागको नै पूजा गर्ने गरेको पाइन्छ, जसमा–अनन्त, बासुकी, पदमा, महापद्म, तक्षक, कुलीर, कर्कट, शंख आदि रहेका छन् ।

तर नागिनीले थाहा पाएर ती कन्यालाई पनि डसेर मार्न भन्दै अर्को दिन पनि किसानको घरमा गएछ । त्यतिबेला ती कन्याले रुदै विलौना गर्दै, दुबैत्यो नागसँग हात जोडेर माफि माग्दै भनिन् ‘म बाच्न पाँउ, म तपाईलाई दूःध पिलाउछु’ भन्दै रोई कराई गर्न थालिन् । अनि कचौरा भरी दूःध ल्याएर नागिनीका अगाडि राखिदिई, नागिनीलाई पनि भोक प्यास र थकाई लागेको हुँदा उसले त्यो दूःध पिई र आफूलाई शान्त पारी, अनि ती कन्यालाई जीवनदान दिई । अनि उसले केही माग्नु छ भने माग म तिमीलाई बरदान दिन्छु भनी । त्यसपछि किसानकी छोरीले पनि आफ्ना मरेका सबै परिवारलाई पुनः बचाइदिन अनुनय, विनय गरिछन् ।

त्यसपछि नागिनीले ती बालिकाको अनुनयलाई स्वीकार गरी नागिनीले तथास्तु भन्दा किसानका सबै परिवारले नवजीवन प्राप्त गरे । यसरी नागिनीका वरदानबाट घर परिवारका सबै सदस्य जीवित भएपछि उनीहरु अत्यन्त हर्षित भई नागदेवताको पूजा–आराधना गर्न थाले । संयोगवश उक्त दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन परेको हुनाले नागको दिन अर्थात नागपञ्चमी भन्न थालियो र प्रत्येक वर्ष हरेक कृषकहरुले नागको विशेष रुपमा पूजा आराधना गर्न थालेका हुन भन्ने रहेको छ ।

नेपालीहरु बढी मात्रामा कृषिमा निर्भर रहने र उनीहरुलाई बढी पानीको महत्व रहने हुँदा पनि नागलाई बर्षात्का देवताका रुपमा मानी पूजा आराधना गर्ने गर्दछन् ।

हिन्दू धर्मावलम्बीहरु नागलाई शिव र विष्णुको प्रतीकका रुपमा मानेर पूजा गर्दछन् । शिवले नागको माला लगाएका छन् भने विष्णु जलमाथि शेषनागको शैय्यामा फँडाको छाता ओडी सुतेका छन् । त्यसैगरी श्रीकृष्णका दाई बलराम र रामका भाई लक्ष्मण पनि शेषनागका अवतार मानिन्छन् । अनि कृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग पनि विभिन्न पुराणमा सुन्न पाइन्छ । त्यसैगरी पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले पनि नाग कन्यासँग विवाह गरेका थिए भन्ने कुरा पनि पुराणहरुमा उल्लेख गरेको पाइन्छ । यस आधारमा पनि नागको महत्व रहेको पुष्टि हुन्छ । जुन घरमा नागको बास हुन्छ, त्यो घरमा लक्ष्मीको बास हुन्छ भन्ने जनविश्वास रहेको छ । त्यसैले पनि नाग पञ्चमीका दिन खेतमा खन जोत गर्न हुदैन र सर्प पनि मार्नु हुँदैन भन्ने मान्यता रहेको हुनाले नागपञ्चमीको विशेष महत्व रहेको छ ।

त्यसैगरी भगवान श्रीकृष्णले कालीय नागलाई यमुना नदीबाट निकालेपछि मात्र नागको पूजा गर्न थालिएको हो भन्ने विश्वास पनि गरिन्छ । तर पनि नेपालीहरु बढी मात्रामा कृषिमा निर्भर रहने र उनीहरुलाई बढी पानीको महत्व रहने हुँदा पनि नागलाई बर्षात्का देवताका रुपमा मानी पूजा आराधना गर्ने गर्दछन् । त्यसैले श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गर्ने परम्परा प्राचीनकालदेखि चलिआएको हो । नेपाली समाजमा यसको आफ्नै किसिमको महत्व र विशेषता रहेको छ ।

-सुनवल १२ नवलपरासी
हाल, काठमाडौं

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *