नेपालका बुद्धिजीवी (बुद्धि बेचेर जीविका चलाउने) हरुको हर्कत

SanatanaDharma

डा लक्ष्मीप्रसाद खतिवडा….

नेपालका बुद्धिजीवी (बुद्धि बेचेर जीविका चलाउने) हरुको हर्कत ।
अर्थात जसको लाठी उसको भैँसी । कुरो बिग्रियो भने गेल भैँस पाइन मे ।♠
नेपालमा इ सं (होला) १९४८ मा स्थापना भएको नेपाल विश्व सम्बन्ध परिषद (Nepal council of world affairs) भन्ने संस्था छ । त्यस संस्थाले विश्वभरिका घटना परिघटना छानबिन गरेर सरकार र नेतालाई सुझाब दिन्छ उपहारमा ती विद्वानले सरकारका ठुलाठुला पोष्टमा राजनीतिक सेवाको जागिर पाउँछन् । राजनीतिक नियुक्तिमा उनीहरुको नाम पहिले आउँछ । नेपालको वैदेशिक कुटनीति उनीहरुको राय सल्लाह अनुसार चल्छ । विदेशी सम्बन्धबारे नेतालाई सुझाब दिनु उनीहरुको कर्तब्य हो । अनुसन्धान गरेर तथ्य पत्ता लगाएर सरकारलाई सहयोग गर्नु बुद्धिजीवीको दायित्व पनि हो ।
यही नेपाल विश्व सम्बन्ध परिषद (Nepal council of world affairs) ले २०१०-२०११ को अनुसन्धान जर्नल निकालेछ । आफ्नो अनुसन्धानको किताब सार्वजनिक पनि गरेछ । नेपालका एकजना विद्वानले भारतले १९५३ देखि १९६४ सम्ममा नेपालको सम्पूर्ण भूगोल भन्दा अढाइ गुना बढी अर्थात २,२०,६७४.४३ किलोमिटर जमिन आर्जेको छ भनेर एउटा अनुसन्धान पत्रमा ठोकुवा गरेछन् । कुन कुन देशबाट त्यत्रो जमिन उपहार पायो भनेर चै खुलाएनछन् । नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत भारतको जमिन हो भनेर लेखेछन् । करिब २२ हजार स्क्वायर किलोमिटर त त्यतैबाट पनि आयो होला ।
नेपाली विद्वानको Lipulake pass version of republic of India नामको उक्त अनुसन्धान पत्रमा टेरिटरी एन्ड पिल्ग्रिमेज भनेर भारतको दिल्लीबाट मानसरोबर जाने बाटो पनि देखाइदिएछन् । बाटोको रुट यस्तो रहेछ । दिल्ली काठगोदाम, भुवाली, अलमोडा सोमेश्वर हुँदै दिधिहाट, धार्चुला, सिर्खा, गाला हुँदै बुधी, गार्ब्याङ, गुन्जी, कालापानी, लिपुलेक पास, ताक्लाकोट भएर मानसरोबर जान सकिने छ । विचरा ती विद्वानले कसको पैसा पचाउन अनुसन्धान गरेका थिए कुन्नि । बुधी, गार्ब्याङ, गुन्जी पुगेपछि कालापानी जान १०० किलोमिटर भन्दा बढी धार्चुलातिरै फर्किनु पर्छ भन्ने कुरा ती विद्वानलाई थाहा भएनछ । कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालमा पर्दैन भनेर पुष्टि गर्नु उक्त अनुसन्धानको ध्येय देखिन्छ । ९ वर्षमा भारतले आर्जेको २२०६७४।४३ किलि जमिनमध्ये नेपालको करिब २२ हजार स्क्वायर किलोमिटर कालापानी लिपुलेक, लिम्पियाधुराको जमिन भारतकै हो भनेर भनाउने पर्ने बाध्यता भारत सरकारको थियोहोला । भारतले १९५३ देखि १९६४ सम्म आर्जेको जमिन नेपाल सरकारलाई सल्लाह दिने विश्व सम्बन्ध हेर्ने नेपालको आधिकारिक संस्थाबाट अनुसन्धान गराउनु र करिब २२ हजार किलोमिटर जमिन नेपालको होइन भनेर भनाउन सक्नु पनि बुद्धिजीवी खेमामा राम्रै कूटनीतिक सफलता मानिन्छ । स्मरण रहोस लिपुलेक पास भारत र चीनको यातायात र ब्यापारको विन्दु हो भनेर नेपाल सरकारलाई थाहै नदिई चीन र भारतले दुईपक्षे सन्धि गरेका छन् । यो समाचार सार्वजनिक पनि भइसकेकै हो । अझ राम्रो कुरो त के परेछ भने तिनै विद्वानहरुको नेपाल चीन अध्ययन संस्थाको सहयोगबाट सि जिन पिङ को नेपाल भ्रमण सफल हुनसकेको अरे । तलको चित्रले थप छर्लङ्ग बनाउने छ । गुगल अर्थले रातो चिह्न लगायो कि फसाद परो भनेर थाहा पाए हुन्छ । यो कुरा थाहा होस् । तराइतिर एउटा उखान छ – गेल भैँस पाइन मे । नेपालमा जिम्मेवार संस्थाबाट आधिकारिक मानिएका विद्वानबाट यस्ता अनुसन्धआन (हर्कत) लेखिन्छन् छापिन्छन् भनेर सामान्य जनताले विद्यार्थीले थाहा पाउँदा विश्वासको धरोहरमा कति रेक्टरको भूईँचालो आउँछ होला ? जिम्मेवारी बोध भन्ने कुरा पनि हुन्छ ?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =