नेपालीले नेपालीको खुट्टा र भाग्यमा बन्चरो हानेपछी- हेमराज अधिकारी

विचार/ब्लग विदेश

बाँडा् भुटानको दशै ✍️…लेख …। काल्पनिक 🙏 हेमराज अधिकारी …

आफ्नै जातिले आफ्नै जातिको खुट्टा र भाग्यमा बन्चरो हानेपछी

आफ्नो जन्मभुमि बाँडा भुटान छोडेर रुँदै रुँदै नेपालीहरु अन्यत्र बिदेशिनु परेको मर्म स्पर्शी कथा सुनेर मेरा आँखा रसाउन थालेका थिए । घनश्याम सरले धेरै कुरा सुनाए । उनको कुरा सुनेर आफ्नै जातिको निम्ति घातक बनेको नेपाली भाषिप्रति मलाई घृणा जागेर आयो । कसैको प्यारो बन्नलाई,प्यारो बनेर राजनैतिक रोटी सेक्नलाई,रोटी सेकेर उल्टो जातिको निम्ति घातक र शोषणको पराकाष्ठामा पुगेर आफ्नै कुल र बंशको अन्त्य निम्त्याउने विभिषणको याद आयो । दाजुको दरबार मात्र छोडेनन् विभिषणले तर मृत्युको प्रथम कारक अमृततत्वको बिनाशको मन्त्र फुकेका थिए उनले त्यो शत्रु पक्षको पक्षधर बनेर । “मलाई नसोध् कहाँ दुख्छ घाउ” भएको जिउदो जाग्दो कथा ब्यथा सुनेर मैले आँसु थाम्नु सकिन । बिदेशको भब्य अटालिकाको ऎस आराम,उच्च भोग बिलास,तथा भौतिक सुखै सुखको साधना पनि फिक्का फिक्का हुन्छ जस्तै लाग्यो । आफ्नो मातृभाषा र मातृभुमिलाई सदा सदाको लागी छोडेर जाँदा खुचिङ मच्चाउनेहरुलाई आज स्वयंको जिन्दगी जिउँदो लासनै बनेको होला । इन्द्रकिलनै प्राप्त भएपनी हेरिदिने देखिदिने कोहि नभएपछि त्यो हर्ष उल्लास त केवल नानिले चप्पल मुखमा हालेर लिएको आनन्दझैं भएनर ? घनश्याम सर फरर बोलिरहेका थिए,म आफ्नै कल्पनाको गुन्द्री बुन्दै जाँदै थिएँ । मथिंङ्गल मन्थन गर्दै जाँदै थिएँ ।

सुकाएको बिस्कुन उठाउनु नपाउनु,भर्खरै ब्याएकी गाइ छोडेर हिड्नु परेको,भकारी,ढिकुटिका धान लथालिङ्ग छोडनु परेको,धान कुट्ने,मकै पिस्ने मिल छोडनु परेको,पाकेको खिर ढकने,छोडनु परेको,तितरबितर नेपालिको कथा सुनेर मेरो मुट्ठी कसिलो बन्दै गयो । त्यो मुट्ठी पहरामा हान्दिउ र धुलो उडाइदिँउ जस्तो लाग्यो । दुहुनो भैंसीको दुध दुँधेरोमै छोडेर हिँड्न बाध्य भएँ भन्दै घनश्यामले आँसु पुछ्दै अरु थुप्रै कुरा गरे । मैले महाभारतका जम्मै पात्र पात्रा सम्झें । दुर्योधन,भिम नकुल शहदेव सबै सम्झेँ । खोलामा बग्दै गरेको कर्णलाई सम्झेँ । बुद्धको उपदेश पनि सम्झेँ । कुम्भकर्णले रावणलाई सम्झाएको,भक्त प्रल्हादले पिता हिरण्य कस्यपुलाई संझाएको, मर्दै गरेको जटायुले सिता माताको गन्तव्य बताएको सबै सबै सम्झेँ । आफ्नो राजतिलक प्राप्त गरेर रामको कार्यमा अविलम्ब गर्ने सुगृव र तानामाना बुनेर लक्ष्मणको रिस शान्त गर्ने बलि पत्नी तारा र वीर हनुमान सबै सबै सम्झेँ । लंकामा तान्डव मच्चाउने हनुमान र शत्रु संग प्रतिस्पर्धा गर्ने इन्द्रजित सबै मेरा आँखा अघि नाचिरहेका थिए । वीर भद्रकाली बाघ माथी सवार भएर महिषासुरको वध गर्ने एकाएक मेरो आँखा अघि नाच्न थाले । घनश्यामकि सुत्केरी पत्नी नानी जन्माउन छट्पटी गर्दैगरेकी अनि तिनलाई समेत लिएर घिसार्दै हिड्नु परेको कथाले मेरा आँखाबाट रगत चुहुनु थाल्यो ।

मैले घनश्यामलाई ” लु आउ मेरो पछि ” भनें तर घनश्यामले मलाई शान्त गराउँदै मुडामा थेचारे । म दशैमा टीका जमरा थाप्न घनश्यामको घर गएको थिएँ तर उनको कथा सकिएकै थिएन । उनले मलाई बाँडाको फोटो देखाए । त्यो टाहारि खेत,उनका बाबु बाजेले लगाएको बोट बृक्ष,बाँस,सुकिला मुकिला बान्की परेका लह लह धानका बालाले सजिसजाउ,पहाडको सुन्दर वातावरण मेरो नयनमा आलै छ । गेलेफु,टेन्डु साम्ची,ताला,सर्बङ सिब्सु सबै सबैका आ-आफ्ना महत्त्व रहेछन् । हुने खाने नेपाली र हुदा खाने नेपाली सबै सबै मेरा आँखा अघि नाचिरहन्छन । बिदेशमा जतिनै ऎस आराम भएपनि आफ्नो मुलुकबाट बिछोडिएको अवस्था,त्यो पानी,त्यो पँधेरो,त्यो मेलोपात,त्यो सात पुस्ताको चिहान कसरी बिर्सन सक्लान् ? म सोच्दै थिएँ,मलाई शहिद हुने सपनाले उक्स्याउदै थियो,मेरा मासी र हड्डी पसिनै पसिना हुँदै थिए,मलाई ज्वरो आउला जस्तो हुँदै थियो अचानक घनश्यामकि पत्नीले “भाइलाई टीका लाउनुपर्छ बाबा,लु छिटो गर्नुस् भोक लाग्यो होला “, भन्दा म झसङ्ग भएँ । भिजेको बिरालो जस्तै भएर म भित्र पसें । दही चिउरा चबाउदा धरी मलाई माटो चबाए जस्तै लाग्यो । रातभरि निन्द्रा परेन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =