कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि भएको थियो।
ज्वरो बढेपछि कात्तिक १ गते उनलाई उपचारका लागि ओम अस्पताल भर्ना गरिएको थियो। ब्रोनक्राइटिस पीडित उनमा कोरोना संक्रमण पनि देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो।
चौलागाईं लामो समयदेखि काभ्रेमा रहेर पत्रकारितामा क्रियाशील थिए। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरियो। पुर्व मन्त्री गोकुल बास्कोटाले चौलागाइको निधननको खबरले आफुु स्तब्ध भएको सामाजिक सञ्जाल फेेेेेेसबुक मार्फत दुख व्यक्त गर्ददै यस्तो लेखेका छन “काभ्रेपोष्ट साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक तथा जुझारु, ,मिहिनेती र मिलनसार पत्रकार बिष्णु चौलागाईंको असामयिक निधनले दुखित बनाएको छ । आदरणीय पत्रकार चौलागाईंको निधनप्रति चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु साथै शोकाकुल परिवारजन प्रति हार्दिक समबेदना प्रकट गर्दछु ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले चौलागाईंको निधनको खबरले स्तब्ध भएको उल्लेख गरेका छन्।
‘काभ्रे पोष्ट साप्ताहिकका प्रधान सम्पादक विष्णु चौलागाईंको निधनको खबरले स्तब्ध छु। चौलागाईंप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। शाेक सन्तप्त परिवारजनमा हार्दिक समवेदना,’ उनले फेसबुकमा लेखेका छन्। पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले लेखेका छन् । कोभिड-१९ दुश्मनले असमयमै चुॅड्यो एक परिश्रमी पत्रकारलाई ! स्तव्ध !