पहिरोको समयमा ध्यान दिनुपर्ने कुराहरु

बिशेष

काठमाडौं । बर्षा लागेसँगै मुलुकभर बाढी पहिरो र प्राकृतिक विपत्तिको त्रास बढेको छ । विभिन्न स्थानमा बाढी पहिरो तथा डुवानका कारण धेरैले ज्यान समेत गुमाएका छन । यसै सन्दर्भमा गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालीन सेवा सञ्चालन केन्द्रका प्रमुख बेदनिधि खनालले बाढि पहिरोको जोखिमको समयमा दिएका सुझावहरु :

१) आफ्नो बासस्थान पहिरोको जोखिममा त छैन ? हेरौं बुझौं। जस्तैः अति भिरालो ठाउँ, घरको मुनी माथी खोल्सो सोहोरिएर आउने ठाउँ, पहिले नै पहिरो गएर बनेको ठाउँ (Debris-flow-fan), धाँजा फाटेको ठाउँ, चर्केको ठाउँ, नदी वा खोलाको छेउ, घरको तल वा माथी कूलो वा नयाँसडक खनेको छ कि ! ठूलो झरीमा कूलो बन्द गरौं ।

२) त्यस्तो ठाउँमा बसोबास नगरौं । अस्थायी रुपमा भएपनि सरौं । बरु पाहुना नै लागौ केही दिनलाई । पानी परिरहे राती त नबसौ‌ । बस्नै परे जाग्राम बसौ‌ं ।

३) भाग्न परे तयार बसौं । झटपट झोला तयार राखौं । भागेर जाने बाटो र ठाउँ थाहा पाऔं ।

४) बर्षा र बाढी पहिरो बारे चासो राखौं । घरमा र समुदायमा कुरा गरौं । आधिकारिक सूचना सुनौं ।

५) यस्तो बेला पहाडी सडक पनि खतरामा हुन्छन् । यात्रा घटा‌औं

६) छिमेकीलाई सूचना गरौं र सहयोग गरौं । बाँचौ्ं अनि बचाऔं ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *