पाँच सहसचिवको सरुवा,कस्लाई कहाँको जिम्मेवारी?

राजनिती

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले पाँच सहसचिवको सरुवा गरेको छ। मन्त्रालयका अनुसार प्रदेश ६ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सहसचिव राम आधार शाहलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा ,शिक्षा मन्त्रालयमा कार्यरत सहसचिव कमल प्रसाद पोखरेललाई सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा,कृषि विभागकी सहसचिव निरु दाहाल पाण्डेलाई प्रदेश– १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको  छ ।

त्यस्तै प्रदेश –१ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहसचिव विमल कुमार निर्मललाई प्रदेश नं–२ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा र प्रदेश– २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहसचिव गोविन्द प्रसाद शर्मा कर्णाली प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =