पूर्वमन्त्री बास्कोटामाथिको भ्रष्ट्रचार अभियोग : एजेन्ट मिश्रलाई ७ दिनभित्र अख्तियारमा उपस्थित हुन आदेश

प्रमुख समाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले घुस मागेका भिडियो सार्वजनिक गर्ने स्विस एजेन्ट भनिएका विजय प्रकाश मिश्रलाई आयोगमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।

आयोगले बुधबार सार्वजनिक सूचना निकाल्दै पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटामाथि लागेका भ्रष्ट्रचार आरोपको छानविनका लागि मिश्रलाइ ७ दिनभित्र उपस्थित हुन आदेश दिएको हो ।

मिश्रले गत जेठमा तत्कालिन सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस रकम मागेको भनि अडियो सार्वजनिक गराएका थिए। घुस मागेको अडियो सार्वजनिक भएसँगै बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *