प्रधानमन्त्री केपि ओलिको राष्ट्रवादी निर्णयका कारण प्रचण्ड प्रधानमन्त्री बन्ने बाटो बन्द, पुर्व माओवादीहरुको ठाउ ठाउमा बिरोध

बिशेष राजनिती

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्न नपाउनुभएको विरोधमा पूर्व माओवादीहरुले देशव्यापी प्रदर्शन गर्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर उहाँको ठाउँमा प्रचण्ड प्रधानमन्त्री बन्ने योजना आजबाट पूर्ण असफल भएको हो । ओलीले प्रतिनिधि सभा विघटन गरिदिनुभएपछि प्रचण्डको प्रधानमन्त्री बन्ने योजना असफल भएको हो ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरुले पनि साथ दिँदै आउनुभएको थियो । अहिलेका राष्ट्रपतिलाई हटाएर झलनाथलाई राष्ट्रपति बनाउने प्रचण्डहरुको योजना थियो ।

प्रचण्ड प्रधानमन्त्री बन्न नपाउनुभएपछि पूर्व माओवादीको ठूलो हिस्सा आक्रोशित भएको छ । पूर्व माओवादीले देशव्यापी विरोध थालेका छन् । उनीहरुले सडक प्रदर्शन पनि गर्ने भएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =