प्रधानमन्त्री द्वारा हिमवत्खण्डका चक्रवर्ती आरोहिहरुको सम्मान

प्रमुख समाचार बिशेष

विश्वको दोस्रो ठुलो शिखर माउन्ट केटुको कीर्तिमानी सफल आरोहण गरेर नेपाल फर्किएका  चक्ररवर्ति आरोहिहरुलाइ सरकारले सम्मान गरेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहीहरूलाई दोसल्ला र प्रमाण पत्रद्वारा सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले हिउँदे सिजनमा माउन्ट केटुको सफल आरोहण गरेर विश्व सामु नेपालको चिनारी र  पहिचानलाई थप उँचो बनाउने काम प्रशंसा योग्य भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले हिमाल आरोहण जो सुकैले गर्न नसक्ने भएकाले हिमाल आरोहण गर्नेहरूका लागि विशेष मानपदवी र विभूषण को व्यवस्था गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा जाँदा सरकारलाई जानकारी गराए सक्दो सहयोग गर्ने  बताउनु हुँदै हिमाल आरोहण सावधानीपूर्वक गर्न पनि आह्वान गर्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =