प्रधानमन्त्री भन्छन,‘भारतले ‘नक्कली अयोध्या’ खडा गरेर नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो !’

प्रमुख समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन । २०७ औँ भानु जयन्तिका अबसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ स्मारिका’ विमाचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या’ खडा गर्ने जस्ता गतिविधि गरेर नेपालका बास्तविक तथ्यहरुमाथि अतिक्रमण गरर नेपालका सांस्कृतिक तथ्यहरु बंग्याएको बताए।

‘भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाई छ । उनले भने– ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ ।तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिम पट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन ।अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम नेपालमार दशरथबाट सन्तान नभएपछि पुत्रिष्टी यज्ञ लगाउने पण्डित जी रिडीका । यसले पनि सन्तान राम भारतीय होइनन् र अयोध्या भारतीयको होइन् भन्ने स्पष्ट छ।’

प्रधानमन्त्रीले भने ।प्रधानमन्त्री ओलीले भारतको अयोध्याबाट जनकपुर विवाह गर्न आएका लगाायतका प्रसंग समेत उठाएका थिए ।उनले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको बताँउदै यसलाई निरन्तरता भने दिन नसकिएको बताएका थिए ।

सम्बन्धित :

भारतको अयोध्या नक्कली,सक्कली अयोध्या नेपालमै

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *