फरक सैद्धान्तिक अवधारणाहरुलाई उपमान मान्दछौँ

विचार/ब्लग

-नुमनाथ प्याकुरेल

सहृदय समान र हृदय दुई शब्दको सम्योजन बाट भएको हो, जसको अर्थ हुन्छ, समान हृदय। पृथ्वी, समुर्ण जिवित प्राणी तथा वनस्पतिको साझा घर भएका कारण पृथ्वीका सवै जिवित प्राणी तथा बनस्पति सरह, कसैको जीवन, बासस्थान, पोषण चक्र तथा जीवन चक्र माथी अतिक्रम नगरी सन्तुलित र सुव्यवस्थित्त ढंगले बस्नु उसको कर्तब्य हो। मानिस स्वयमले आफुलाई विवेकशील घोषणा गरेकै कारण उसको सबैभन्दा धेरै दायित्व हुन्छ सन्तुलन कायम गर्ने। यसबाट के बुझीन्छ भने पृथ्वी विविधतायुक्त छ र प्रकृति संग विविधतालाई व्यवस्थापन गर्न सक्ने क्षमता पनि छ।

नेपाली जनसंख्याको विद्यमान विविधता कपुतन्तृय राजनीति कर्मिहरु तथा कपुतन्तृय सिद्धान्तबाट पालितरपोषित भुँईफुट्टा विद्वावानहरुले भनेजस्तो बाहिर बाट मात्रै आएको जनसंख्याको संयोजनबाट बनेको हैन, बाहिर बाट आएको जनसंख्या सहितको संयोजन बाट बनेको विविधता हो र त्यो अध्यावधी कायम छ। नेपाली प्राचीन सभ्यताको एउटा महत्त्वपूर्ण पक्ष भनेको विविधतालाई आत्मसात र सुव्यवस्थित गर्ने क्षमता राख्नु हो। उदार चरित्रका वैश्विक मान्यता नेपालमा संस्थागत भएका प्रतेक ऐतिहासिक कालखण्डमा नेपालको वैश्विक केन्द्रियता कायम राखेको तथ्यलाई आत्मसात गर्न नसक्नु बिडम्बना हो।

नेपाल लगायत संसारमै विविधता जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिण भनेजस्तै भएको छ। आदरणीय गुरु प्राध्यापक डा निर्मलमणि अधिकारी द्वारा करिब दुई दशक लामो अनुसंधान, अनुष्ठान तथा साधनाको परिणाम स्वरुप अभिनिर्मित विज्ञानको वुद्धी, प्रविधिको प्रगती, धर्मको विवेक र सहृदयताको सम्बन्धको आधारशिला चतुष्टयमा आधारित भएर सहृदय दर्शनलाई आत्मसात गरेर देश र दुनियाँलाई कुटुम्ब मान्ने नेपाल केन्द्रित दृष्टिकोण राख्ने नेपालकै पहिलो राजनीतिक दलको सदस्य बन्न पाउँदा गौरवको अनुभुती भएको छ।

सत्ताकेन्द्र तथा सत्ता वृतका अधिकांश राजनीतिक दलहरुले अक्कल बिनै आधुनिकताको नक्कल गर्ने प्रवृत्ति बिकास गरेका कारण दलिय तथा सांगठनिक घेरा भन्दा बाहिरको संसार बुझ्न, आत्मसात गर्न, सम्योजन र समाहित हुन नसकेकै कारण एकपछि अर्को समस्या, उल्झन, व्यवधान, संकीर्णता तथा अकर्मण्यताको घनचक्करमा परेको यथार्थ हो। द्वन्द्वात्मक दर्शन लाई आत्मसात गरेर आफुबाहेक कसैको विश्वास नगर्नु, सबैलाई प्रतिस्पर्धी तथा प्रतिद्वन्द्वी देख्नु नेपाली राजनीतिको असाध्य दिर्घरोग बनेको छ।

हामी सहृदय दर्शन र राज्यराष्ट्र सिद्धान्तका अनुयायी भएका कारण बैज्ञानिकता युक्त धर्म र धार्मिकत युक्त बिज्ञान जस्तो वृहत् दृष्टिकोण राख्न सकेका छौँ। समाज बिकासलाई स्थिती(गत्यात्मक प्रगतिशील मान्ने भएका कारण, प्राचीनता र आधुनिकताको अविच्छिन्नतालाई हाम्रो शक्ति मान्दछौँ। हामी जरोकिलो महाअभियानबाट नेपालको मुलधारलाई पुनः जागृत गर्ने कार्यलाई आफ्नो महत्वपूर्ण दायित्व ठान्ने भएकाकारण सहृदय बृहत् परिवारमा सबैलाई आव्हान तथा हार्दिक स्वागत गर्दछौं।

हाम्रो प्रतिद्वन्द्वीता नेपाली समाजको विधर्मी द्वन्द्ववादी दर्शनलाई मान्दछौँ। द्वन्द्व समस्या उजागर गर्ने महत्वपूर्ण साधन हो तर समस्य समाधान गर्ने अचुक उपाय हुँदैहैन। विस्थापित गर्नुपर्ने विषाक्त तथा गतार्थ कम्युनिस्ट(पुजिवाद हो तर त्यसका अनुयायी नेपाली सहृदयी जनको उद्द्वार पनि संगसंगै गर्नु छ। आम नेपाली नागरिक कसैसँग हाम्रो बैरभाव, बैमनस्यता, प्रतिद्वन्दीता र प्रतिस्पर्धा ठान्दैनौँरमान्दैनौं। भिन्न दार्शनिक तथा सैद्धान्तिक अवधारणाहरुलाई उपमानको रुपमा आत्मसात र सम्मान गर्नसक्ने हामिहरु, फरक बैचारिक पृष्ठभूमिमा कृयाशिल युवा नेतृत्व संगको अन्तर्कृयात्मक संवाद बाट हामी फरक बैचारिक मान्यताहरु संगसंगै हामि लामो यात्राका सहभागी हौँ भन्ने तथ्य उजागर गर्दैछौं। हामी सबै जना आआफ्नो क्षमता, दक्षता र प्रशिक्षा बमोजिम दौडने हो र विधि पुर्वक सुरुगरिएको यात्रामा हाम्रा उपलब्धिहरु हार्दिकताका साथ आत्मसात गरौँ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =