बिद्युत महसुलमा दुई बर्षसम्म ५० प्रतिशत छुटको माग राख्दै पर्यटन सम्बद्ध सँस्थाहरुद्धारा उर्जामन्त्रीलाई संयुक्त ज्ञापनपत्र

प्रमुख समाचार

काठमाडौं । बिद्युत महसुलमा दुई बर्षसम्म ५० प्रतिशत छुट माग्दै पर्यटन सम्बद्ध सँस्थाहरुले उर्जामन्त्रीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन ।‘कोभिड–१९ पर्यटन ब्यवसाय विपत समन्वय समिती’को संयुक्त पहलमा पर्यटन सम्बद्ध सँस्थाका प्रतिनिधिले ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनलाई ज्ञापन पत्र बुझाएका हुन् । समितिका संयोजक तथा ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष भबिश्वर शर्माका अनुसार शुक्रबार पर्यटन सम्बद्ध सँस्थाका प्रतिनिधि सम्मिलित टोलीले मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।

डिमान शुल्क मिनाह गरी बिद्युत युनिट उठेको आधारमा लकडाउन सुरु भएदेखी कम्तीमा दुई बर्षसम्मका लागि ५० प्रतिशत छुटको माग

ज्ञापनपत्रमा कोरोना महामारी र बन्दाबन्दीका कारण ठमेल लगायतका पर्यटकिय क्षेत्रका घरधनीहरु र ब्यबसायीहरु  घर तथा ब्यबसाय बन्द गरेर बस्नुपरेको बाध्यात्मक अबश्थामा बिद्युत प्राधिकरणलाई डिमान शुल्क बापत भुक्तानी गर्नु पर्दा ठुलो मार्कामा परेको उल्लेख गरिएको छ । तत्काल यो समस्या समाधान गर्न डिमान शुल्क मिनाह गरी बिद्युत युनिट उठेको आधारमा लकडाउन(बन्दाबन्दी) सुरु भएदेखी कम्तीमा दुई बर्षसम्मका लागि ५० प्रतिशत छुटको माग गरिएको छ ।

ज्ञापन पत्रको पूर्ण पाठ :

माननिय बर्षमान पुनज्यू
मन्त्री,
उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय,
सिंहदरबार, काठमाडौं ।

बिषय:- ज्ञापन पत्र सम्बन्धमा।

कोभिड – १९ द्वारा सिर्जित माहामारीका कारण नेपालको पर्यटन ब्यबसाय पुन सुचारु गर्न नपाउँदा लाखौको रोजगारी गुमेको र खर्बौ घाटा भइरहेको सर्बबिधितै छ । बन्दबन्दीका कारण हाल ठमेल लगायत अन्य पर्यटकिय क्षेत्रका घरधनीहरु र ब्यबसायीहरु आफ्नो घर तथा ब्यबसाय बन्द गरी बसिरहेको बिषम परिस्थितीमा पनि प्रयोग नगरिकन बिद्युत युनिटको लाखौं रकम बिद्युत प्राधिकरणलाई डिमान शुल्क बापत भुक्तानी गर्नु पर्दा हामी ठुलो मार्कामा परेका छौ । तसर्थ यो बिषम परिस्थितिमा डिमान शुल्क मिनाह गरी बिद्युत युनिट उठेको आधारमा लकडाउन तथा बन्दाबन्दी शुरुभएको मिति देखी कम्तीमा दुई बर्षसम्मका लागि ५०% छुट गरिदिनु हुन पर्यटन क्षेत्रका सबै छाता संगठनहरुद्वारा संयुक्तरुपमा गठिट कोभिड- १९ पर्यटन ब्यबसायी बिपत समन्वय समिति माननिय मन्त्री समक्ष यो ज्ञापन पत्र द्वारा बिनम्र अनुरोध गर्दछ ।

बोधार्थः
१. बिद्युत नियमन आयोग, सानो गौचरण।
२. नेपाल बिद्युत प्राधिकरण, रत्नपार्क।
निबेदक.
१. ठमेल पर्यटन विकाश परिषद्
२. ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल
३. नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस
४. नेपाल पर्वतारोहण सघं
५. नेपाल फेट फरवार्डरस् एसोसिएसन (नेफा )
६. होटेल एसोसिएसन अफ नेपाल
७. नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज
८. नेपाल पर्यटक यातयात ब्यवसायी सघं
९. टुरिस्ट बस एसोसिएसन अफ नेपाल
१०. गाउ पर्यटन प्रवधर्न मन्च नेपाल
११. नेपाल निर्यात परिषद
१२. विदेशी मुद्रा ब्यवसायी सघं नेपाल
१३. नेपाल र कैलाश यात्रा सघं
१४. हिमाल उद्धार सघं
१५. सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल
(सोटो)
१६. नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो)
१७. एक्सपिडीसन अपरेटर्स एसोसिएसन नेपाल
१८. गुरुङ पर्यटन ब्यवसायी सघं नेपाल ( जिटिन)
१९. शेर्पा पर्यटन ब्यबसायी सघं नेपाल ( यसिटन)
२०. नेपाल मगर पर्यटन समाज
२१. तनहुँ पर्यटन प्रवधर्न समाज
२२. टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)
२३. नेपाल योगा एसोसिएसन
२४. गाउँले पर्यटन नेपाल

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *