बिलम्ब शुल्क स्थगन गरी कर छुट गर्नुपर्छ :भक्तपुर मुद्रण उद्योग संघ

समाज/अर्थ

काठमाडौं। भक्तपुर मुद्रण उद्योग संघद्वारा भाद्र २५ गते भित्र कर दाखिला नगरे जरिवाना लाग्ने धम्कीपूर्ण भाषाप्रति खेद व्यक्त गरेको छ। संघले सरकारलाई ज्ञापन पत्र बुझाँउदै बन्दाबन्दी र निषेधाज्ञाबाट प्रभावित उद्योगी व्यवसायीलाई राहत घोषणा गर्न माग गर्दै यस्तो बताएको हो।

संघले आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृतलाई सरकारले राहत स्वरुप बिलम्ब शुल्क स्थगन तथा कर छुटको व्यवस्था गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *