बुढानिलकण्ठ नगरपालिकाको राहतमा वडा सदस्यले घोटाला गरेको आरोप

समाज/अर्थ

काठमाडौं । कोरोना संक्रमण रोक्न घोषणा गरिएको लकडाउनको समयमा मुलुकका विभिन्न सथानमा राहत वितरण अपारदर्शी भएको आरोप लागेको समयमा बुढानिलकण्ठ नगरपालिकाको राहत वितरण अपारदर्शी भएको आरोप लागेको छ । स्थानीयले वडा सदस्यले गरिव तथा असहायका लागि वितरण गर्न लगेको चामल आफ्नो घर लगेको आरोप लगााएका हुन ।

स्थानीयले नगरपालिका वडा नम्बर ९ का निर्वाचित वडा सदस्य पर्शुराम कार्कीले नगरपालिकाले वितरण गर्न राखेको ६ बोरा चामल घर लगेको आरोप लागेको हो । यस सम्बन्धमा स्थानीय र दलका नेताहरूले विरोध गरेको र विरोध तत्पश्चात वडासदस्य कार्कीले माफी माग्दै चामल फिर्ता गरेको उनीहरुको भनाई छ ।

नगरपालिकाले भने यस सम्बन्धमा बुझ्ने काम भइृरहेको बताएको छ । नगर प्रमुख उद्धवप्रसाद खरेलले यस विषयमा कुरा उठेपछि नगरपालिकाले बुझ्ने काम गरिरहेको र विस्तृत जानकारी प्राप्त नभई भन्न नसकिने बताए । नगरपालिका भ्रष्ट्रचार हुनु हुन्न भन्ने पक्षमा स्पष्ट छ । केही प्राविधिक त्रुटि भएको हुनसक्छ बुझ्ने क्रममा छौँ । त्यस्तो भेटिएमा जो कोहीलाई पनि कारवाही हुन्छ।’नगर प्रमुख खरेलले भने ।

उनले नगरपालिकाले राहत सामग्री र रकम वडाहरुलाई उपलब्ध नगराएको बताए । ‘नगरपालिकाले कार्यविधि बनाएर कुपन उपलब्ध गराएको छ । राहत सामग्री वडाले आफै किनेर वितरण गरेका छन । खर्च विवरण माग गरेका छोँ ।’ नगर प्रमुख खरेलले भने । उनका अनुसार नगरपालिकाले नगरपालिकाभर ११ हजार असहाय गरिव तथा मजदुरलाई राहत वितरणको लक्ष्य राखेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *