“भाग्यमानी रत्नमान ” लघु कथा

बिशेष विचार/ब्लग
  • इभाग्यमानी रत्नमान ” लघु कथा- हेमराज अधिकारी

 

रत्नमान दुबईको एउटा सिमेन्ट कम्पनीमा काम गर्थ्यो । परदेश कमाउन गएको तर चिया नास्ताको समयमा घर परिवारको सम्झनाले फुको चिउरा चबाउनु समेत सक्तैन थियो । आफ्नो श्रीमती र छोराछोरिको मायाले गहभरी आँसु लिएर सुख्खा चिउरा र चना चबाउन खोज्थियो । पानी समेत भनेको बेलामा पिउनु पाइदैन थियो । उ जस्ता सयौं युवा पुस्ता गरिबी र महामारिको शिकारले ग्रस्त थिए । आफ्नो घरदेशमै काम गरौं त आफ्नो पैसा सानो,गर्जो टार्न मुस्किल थियो । पारिवारिक बोझ र आर्थिक विषम्ताले आकुलव्याकुल धेरै रत्नमान मुलुकमा दुखित थिए । प्रत्येक सरकार आउछन् जान्छन् ,तर मुलुकको अर्थतन्त्रको दरिलो जग बसाल्ने र बेरोजगारी,भोकमरी,गरिबि र अशिक्षालाई मध्य नजर लगाउने कोहि थिएनन् । रत्नमान जस्ता लाखौं युवाले प्रत्येक चुनावमा नयाँ जोस र उमंग लिन्छन् तर कसैले पनि परिपुर्ति गर्दैनन् । धेरै त भोक र रोगले आत्मा हत्या गर्न बिबस हुन्छन् । कम्तिले मात्रै हिम्मत गर्छन् । यस्तै हिम्मत लिनेहरुमा रत्नमान एक थियो । आफ्नो किरायाको सानो डेरामा बसेर विभिन्न गाडी र कम्पनीलाई सामान लोड गर्नुपर्ने हुन्थ्यो,सिमेन्ट सप्लाइमा जान्थ्यो । उनीहरुले दिनहुँ दुइ तिन सय बोरा जस्तो सामान बोक्नु पर्थ्यो । मानव निर्मित टाटा थियो तिनीहरुको जिबन । आमाबाबुको अवस्था कम्जोर र गम्भीर अनि अत्यन्तै दयनीय थियो । स्वदेशमा कुनै काम दाम नभएपछि जिविकोपार्जनकै निमित्त उनीहरु बिदेशमा थिए । शरीर स्वस्थ रह्यो भने मात्रै परदेशमा कमाउन सकिन्छ । बिमारी भएको खण्डमा घर जा भनेर मालिक पक्षले विभिन्न यातना दिन्थे । बाबु -आमाको काखमा बसेर दुध र भात खाएर आमाबाबुलाई धम्की र हप्की गर्न पल्केका छोराछोरीले यस्तो दुख जान्दैनन् । आज पनि मलेसियामा हजारौं युवा पुस्ता पामको बृक्ष (डाल्डा) स्याहारसुसार गर्ने काम गर्छन् । कोहि होटेल रेस्टुरेन्टमा बर्तन टल्काउने काम गर्छन् । कोही अलिक भाग्यमानिले मात्र सजिलो काम स्याकुरिटि गार्डको पोस्ट पाउछन् । उता थाइल्यान्डमा पनि सिमल तरुलको ब्यापक र बिशाल खेती हुन्छ । हाम्रा मुलुकका हजारौं युवा तन्नेरी उक्त खेतीमा काम गर्छन् । शरीर सकुशल छौञ्जेल मात्र हो । दुख बिमार भएको दिन एक छाक खाना कसैले खुवाउदैन । उल्टा गाली गलौच गरेर विभिन्न यातना दिन्छन् । आफ्नाले याद,दया,माया नगरेपछि आज पनि लाखौं नेपाली -गोर्खालीको जिबन यस्तै संघर्षरत छ । “मलाई नसोध कहाँ दुख्छ घाउ ” हुन्छ । रत्नमानका दुई छोरी थिए । उसको सम्झनाले उसको घाँटीबाट खानापिना उँधो जादैन थियो । आँखाबाट बरर् आँसु खसाउनु थाल्थ्यो । गएको दशै -तिहारमा श्रीमतीको नाउँमा पचास हजार रुपैया पठाएको थियो । साहुको हिसाबकिताब चुक्ता तिरेर राम्रै पर्व मनाएका थिए घरमा । उसलाई पनि असाध्यै संतोषजनक भएको थियो उतिबेला ।

 

सिमेन्टको गोदाममा सयौं बोरा उचाल्नु पछार्नु पर्थ्यो । रत्नमानका साथीहरू दयालु थिए । उता घरमा पैसा पठाइरहनु पर्थ्यो । बाबु आमा थिएनन् । घरको गर्जो टार्ने काम श्रीमतीले गर्थिन । एउटा दुइ कट्ठा माटो किन्न भनेर उसकि श्रीमतीले दुइ लाख पैसा मागिन । उसको वसको कुरा थिएन । कुरा बड्दै गयो । साथीहरू संग राती डेरामा कुरा चलायो । सबैले आआफ्नो समस्या देखाए । समय बित्दै गयो । उनीहरुले पनि राम्रै कमाइ गर्न थाले । ओभर टाइम काम गरेर खाइनखाइ सय हजार दुई हजार पाँच हजार दस हजार बीस हजार गर्दै पैसा सेभिङ गर्न थाल्यो । दुइटा नानीहरू पनि ठुला हुँदै गए । उसले श्रीमतीको सपना अनुरुप दुइ लाख रुपैया मुस्किलले कमायो । अब गाउँबाट केहि राम्रो जग्गामा घर बसाल्नु पाए छोराछोरीको राम्रै भविस्य हुने सोच्दै पत्नीलाई रुपैया पठाउने सोच्यो । उसले आफैंलाई भन्दा बेसि पत्नीलाई बिश्वास गर्थ्यो । पत्नीले पनि भि डि यो कलमा जग्गा देखाइन । राम्रो सल्लाह गरेर उसले रकम पठायो । छिमेकिलाई सोधपुछ गर्दा पनि काम राम्रै भएको थाहा लाग्यो । साथीहरू सबैले उसलाई बधाई दिए । उ असाध्य खुशी थियो । घरीघरी श्रीमतिलाई फोन गरिरहन्थ्यो । फोन बिजि भेट्थ्यो । साहु संग बोल्दै थिएँ भन्थिन । उनीहरुको जिबन राम्रै चल्दै थियो । आउने दशैमा घर फर्किने कुरा थियो । बर्षा सकिएर दशै पनि आउन लाग्यो । फोनमा दिनहुुँ बात भैरहन्थ्यो । सबै ठीक थियो । बिदेशबाट हवाई जहाज मार्फत उ घर लाग्यो । उसको श्रीमती एयरपोेर्टमा पर्खेर बस्ने सल्लाह थियो । आफ्नो देशमा पहिलो पाइला टेक्दा उसलाई असाध्य देश प्रेमले ओतप्रोत गरायो । प्लेनबाट उत्रने बितिक्कै उसले मात्री भुमिलाई ढोग गर्यो । फोनको स्वदेशी सिम लगायो । श्रीमतीलाई फोन गर्दा फोन स्विच अफ पायो । खोज्नु थाल्यो एयरपोर्टमा । कतै सुइँको पाएन । उसको ढुक्ढुकि बडेको थियो । गाउँ समाज र देशमा यस्ता कैयन घटना भएका थिए । घरमा फोन लगायो । छिमेकिले फोन उठाएर घरमै आउने आग्रह गरे । घर परिवारमा सबै ठिक छ । तँलाई सर्र्प्राइज छ आइज भने । उसले श्रीमतीलाई सोध्यो उनि घरमै ब्यस्त भएको थाहा लाग्यो । उसको मुटुको धढकन तेज भयो ।कुनै अप्रिय घटना या त केहि त भएको छैन भन्ने सोच्दै उ बाहिर ट्याक्सी पाइने ठाँउमा आयो । उसको होस् चेतले राम्रो काम गरिरहेको थिएन । गाउँ समाजमा परदेश गएका श्रीमानका श्रीमतीहरु आफ्नो लोग्नेले कमाएको अथाह सम्पत्ति बोकेर अर्कै संग बिबाह गरेको घटना उसको आँखामा नाच्न थाल्यो । दुइ घन्टाको बाटो थियो उसको गाउँ त्यहाँ देखी । अट्टो लिएर हानियो सिधै घरमा । चिया पानी खाजा नास्ताको उसलाई चासो थिएन । बाटो भरी उसले श्रीमती संगै बिताएको जिबन संम्झ्यो । फोनमा भएको वार्तालाप,कस्ताकस्ता दुख कष्टमा आफुलाई साथ दिएको नानाथरी कल्पना गर्यो । कथङ्काल स्वास्नीले बिश्वासघात गरे मेरो जिबन के होला भन्ने सोच्दै बाटो भरि कल्पनाको गुन्द्री बन्यो ।

 

  • घरमा पुग्ने बितिक्कै उसको होस् उड्यो । आगनमा गाउँ घरका छर् -छिमेकी गाउँले सबै थुप्रेका थिए । घरको अघि गेट बनाएर उसका दुवै छोरी दियो कलश बोकेर अबिर अक्षता लिएर उसको स्वागतमा कुरिरहेका थिए । एउटा जाबो मजदुर गरेर परदेशमा, आफ्नो प्राँण जोखिममा राखेर पनि आफ्नो परिवारलाई पालन पोषण गर्ने र भारी बोकेर कमाएको पसिनाको मेहनतले शहरमा जमिन किन्न इच्छाशक्ति राख्ने यो देशका युवाहरुको जय जय होस् भनेर गाउँलेहरुले रत्नमानको भरपुर स्वागत गरे । उसकी श्रीमती मुल ढोकामा माया लाग्दी भएर दुइ कट्ठा जमिनको तिजो पुर्जा (पर्चा ) बोकेर उभिएकी थिइन् । उसले आफ्नो स्वास्निलाई अँगालो हालेर रुनु थाल्यो । “पगली मैले त के चै सोचिन् होला” भन्दै रुनुसम्म रोयो । आगनमा गाउँले हरुले भोजको तयारी गरेका रहेछन् । उक्त कार्यक्रम वैदेशिक रोजगारमा बिदेश पठाउने संस्थानले आयोजना गरेको रहेछ । उसको श्रीमतीलाई गाउँलेहरुले सरर्प्राइज दिनुपर्छ भनेर फोन बन्द गर्न लगाएछन् । रत्नमानको घरमा गाउँलेहरु खुबै नाचे । उसकी श्रीमतीले खर्चमा कटौति गरेर बचाएको पैसाले एउटा लहिनो गाइ किनेकी रहिछन् । जता फर्क्यो तेतै रत्नमानले सर् प्राइज पायो । आफ्नो विलक्षण परिवारको मायाले आधा पेट खाएर परदेशमा जिबन जिउने रत्नमानले आज भरपेट खायो । यस्ता लाखौं रत्नमान हाम्रो देशमा संघर्षरत छन् । सबैको परिवार रत्नमानको झैं तरक्किको होस् । मैले पनि उसको संघर्ष सुनेर आफ्नो आँसु थाम्नु सकिन । कसैले देख्छ्की भन्दै सुटुक्क आँसु पुछ्दै यो कथा लेखें ।
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =