भेटिएको मुर्ति संरक्षणको जिम्मा धुलिखेल नगरपालिकालाई

समाज/अर्थ

काभ्रेपलाञ्चोक। धुलिखेलमा नगरपालिका–३ मा भेटिएको मुर्ति भेटिएका मुर्ति संरक्षणको जिम्मा धुलिखेल नगरपालिकालाई दिईएको छ । स्थानीय युवा तथा अभियन्ताहरुले मुर्तिबारे जानकारी पाएसँगै संरक्षण र अनुसन्धानका लागि भन्दे नगरपालिकालाई जिम्मा लगााएका हुन ।

जिल्लाको काभ्रेकोट क्षेत्रमा हात टुटेको अबश्थामा देविको मुर्ति फेला परेको थियो। स्थानीयका अनुसार बाटो बनाउने क्रममा निर्माताले मुर्ति भेटेर शेरबहादुर तामाङ नामका व्यक्तिलाईलाई दिएका थिए।

तत्पश्चात पनौती, भालेश्वर आसपास रोशी खोला निरको ढुंगा खानीबाट ढुंगा ढुवानी गरी अनलोड गर्नेक्रममा फेला पारेर स्थानीयलाई बुझाएको र अन्जानबस सिमेन्ट प्रयोग गरी प्राचीन मातृकालाई वनदेवी नै सरह स्थापना गरेको पाईएको छ ।

मुर्तिलाई स्थानीयले किराँतकालिन मुर्ति भएको दावि गरको छन । यो मुर्ति भेटिएसँगै नेपालको र्इतिहासमा पहिलोपटक काभ्रेपलाञ्चोक क्षेत्रमा किराँतकालिन मुर्ति फेला परेको हुनसक्ने स्थानीयको अनुमान छ । जानकारहरु यस्तो आकारको मुर्ति नेपालमा विरलै मात्र भेटिने गरेको बताँउछन ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *