मास्क नलगाउनेलाई धमाधम खोजेर कारवाही गर्दै काठमाडौं प्रशासन,छ सयसम्म जरिवाना र कैद सजाँय हुने

बिशेष

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा बढ्दो कोभिड १९ को संक्रमणको जोखिम कम गर्न अनुगमन थालेको छ । संक्रमण बढिरहेको अवस्थामा अत्याधिक भिडभाड हुने स्थानहरु सपिङ्ग मल, पसल र बजार क्षेत्रमा सरकारले तोकेको मापदण्ड पालना भए नभएको एकीन गर्न अनुगमन थालेको हो । प्रशासनले मापदण्ड पालना गराउन अनुगमन र कारवाहीलाई तिव्रता दिएको छ । साउन २५ गतेको जिल्ला संकट व्यवस्थापन केन्द्रले यस्तो निर्णय गरेको थियो ।

संक्रामक ऐन २०२० ले नेपाल सरकारले तोकेको मापदण्डको पालना नभएमा जनही रु १०० देखि रु ६०० सम्म जरिवाना र ६ महिना सम्म कैद गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

सोहि निर्णय अनुसार अनुगमन समिति तोकी जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीहरुको नेतृत्वमा काठमाडौं महानगरपालिकाको महाबौद्ध, असन, इन्द्रचोक, विशालबजार, न्यूरोड क्षेत्र साथै नयाँ बानेश्वर, पुरानो बानेश्वर, मैतिदेवी क्षेत्रमा दुई वटा अनुगमन टोलीले पसल, रेष्टुरेण्ट र खुल्ला स्थानमा सरकारले तोकेको स्वास्थ्य सम्वन्धी प्रोटोकलको पालना भए नभएको अनुगमन ग¥यो ।

कहाँ कस्तो अबश्था ?

न्यूरोड असन क्षेत्रमा सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्ट सहित सशस्त्र प्रहरी उपरिक्षक जगत डाँगा प्रशासकीय अधिकृत विष्णुराज वेल्वासे नासु धनकृष्ण पाण्डे सहित जिल्ला समन्वय समिति लगायतका निकायहरुको प्रतिनिधित्व सम्मिलित टोलिको अनुगमन गरेको थियो ।यस क्रममा ३५ जनालाई माक्स नलगाई हिडेकोमा संक्रामक रोग ऐन, २०२० बमोजिम सय रुपैँयाका दरले जरिवाना ,२०७ वटा पसलमा सामाजिक एवं भौतिक दुरी कायम नगरेको साथै स्यानिटाइजरको प्रयोग नभएको पाइेएपछि टोलिले चेतावनी सहित सचेत गराएको थियो । त्यस्तै सडक यात्री र सवारी चालकहरुलाई उपयुक्त तरिकाले माक्सको प्रयोग गर्नेबारे जानकारी गरायो ।

अनुगमन र कारवाहिमा तिव्रता

नयाँ बानेश्वर देखि मैतिदेवी क्षेत्रमा सहायक प्रमुख जिल्ला अधिकारी जिवन दुलाल प्रशासकीय अधिकृत खड्गबहादुर श्रेष्ठ लगायतको टोलीले वजार अनुगमन गरेको थियो ।सो अनुगमन टोलीले २१ जनालाई माक्स नलगाई हिँडेकोमा एक सयका दरले जरिवाना गरिएको । करिब १२५ पसलहरुमा सामाजिक भौतिक दूरी कायम नगरेको साथै स्वास्थ्यको मापदण्ड नअपनाएकोले चेतावनी सहित सचेत गराइएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकार दिए ।

श्रेष्ठका अनुसार बजार अनुगमनलाइ कार्ययोजना बनाई नियमित गर्ने योजना रहेको छ ।आज पहिलो दिन भएकोले जानकारी र चेतनामूलककार्यमा केन्द्रित भएको तर भोली देखी कडारुपमा पसल सिल गर्ने जरिवाना गर्ने र जेल सजाय सम्मका कानूनी व्यवस्थालाइ कार्यान्वयन गरिने छ। यसले ब्यवसायी सेवाग्राही बटुवा लगायतमा मास्को सहि प्रयोग गर्ने सम्वन्धमा जानकारी हुने र संक्रमण फैलन नपाउने प्रशासनको विश्वास छ । संक्रामक ऐन २०२० ले नेपाल सरकारले तोकेको मापदण्डको पालना नभएमा जनही रु १०० देखि रु ६०० सम्म जरिवाना र ६ महिना सम्म कैद गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 8 =