मेनिङ (म्हेनिङ),दशै (तामाङ समुदायको)

बिशेष विचार/ब्लग

मेनिङ (म्हेनिङ),दशै
(तामाङ समुदायको)  मोहन लामा रुम्बा

चुल्हो माथि राख्ने एक प्रकारको टोकरी जस्तो लाई नेपाली भाषामा सराङ भन्छ तामाङले ङङा, अथवा मेलाङ भन्छ यही मेलाङ अप्रभंस भएर अहिले मेलाङ हुँदै म्हेनिङ हुन पुगेको छ, र यही म्हेनिङ पर्व लाई तामाङ समुदाय हरुले दसैं पर्वको रूपमा मान्दै आइरहेको छ।
अब चुल्हो माथि राखिने सराङ कसरी पर्वको नामकरण हुन पुग्यो भन्ने सन्दर्भमा जाऔं। तामाङ समुदायले दसैं पर्वको बेला खेप्पा सुङ्को पुजा गर्छ, खेप्पा सुङ लाई कतै कतै गुरुचन पनि भन्ने गरिन्छ, तामाङ भाषामा खेप्पाको अर्थ वृद्ध बुजुर्वा वरिष्ठ अभिभावक हुन्छ यो खेप्पा कसरी उत्पत्ति भयो भने जब धर्तिमा अन्याय अत्याचार बढ्दै गएपछि घाङरी रेम्पुर्छे (कैलाश पर्वत) मा बिराजमान ह्ला छेन्पो(महादेव)ले आफ्नो जट्टा बाट एउटा शक्तिसाली सहयोगीको रूपमा खेप्पाको उत्पत्ति गर्नुभइ कैलाश पर्वत बाट खेप्पा र महादेव दक्षिण तिर झर्नु भयो, यहाँ भएको विग्न वाधा अनिष्ट हटाउदै हिड्ने क्रममा गोकर्णमा आई पुग्नु भयो, गोकर्ण बाट महादेवले खेप्प सुङ लाई यतै छोडेर महादेव एक्लै भारतवर्ष (घ्याकार ह्युल्) जान लाग्दा खेप्प सुङ्ले पनि आफ्नो जट्टा फिजाएर धर्ती आकाश भरि फैलाएर महादेव लाई एक्लै जान बाट रोकेर म पनि तपाईं कै साथमा भारतवर्ष जान्छु भनेर भन्न थालेपछि महादेवले तिमी यहीँ बस्नुपर्छ यहाँ बसेर सारा प्राणीहरुको संरक्षणमा लाग्नु यिनिहरुले तिमिलाई पुज्ने छ भनेर सम्झाउदै म धर्मको रक्षाको लागि भारतवर्ष जानुछ भारतवर्ष बाट फर्केर म आएपछि कैलाश पर्वत (घाङरी रेम्पुर्छे) संगै फर्काउला भनेर खेप्प सुङलाई महादेवले हिमाल वारिको र उहाँको अर्धाङ्गिनी पार्वतीलाई हिमाल पारीको मानव जगतको संरक्षण गर्ने जिम्मेवारी दिएर महादेव भारतवर्ष प्रस्थान गर्नुभयो।

खेप्पा सुङ आह्वान पुजा

खेप्पा सुङ्को पुजा लामाले होइन बोन परम्पराको अगुवाई गर्ने जातीय कुल कुलायन पुजा गर्ने लाबोन र बोन्पोहरुले गर्दछ उनीहरुले पनि महादेवको जस्तो कपालको जट्टा टुपी पाल्ने गरिन्छ, खेप्पा सुङ्को पुजा बैशाख जेठ् महिनामा गर्दछ, यो पुजालाई खेप्पा क्याप सुँ पुजा भन्छ अर्थात खेप्पाको शरणमा पर्ने पुजा हुन्छ, यो आमन्त्रण पुजा गरेपछि खेप्प सुङ आफ्नो घरमा बिराजमान भएर बर्षमास भरी आफ्नो घर परिवारलाई संरक्षण गरेर बस्ने छ भन्ने बिश्वास गरिन्छ, खेप्पा सुङ्लाई बिराजमान गराई सकेपछि खेप्प सुङ्ले बर्षमास भरी प्राकृतिक दैवीक प्रकोप हावाहुरी भेलबाडी पहिरो चट्याङ बाट बचाएर संरक्षण गरेर बस्छन् भन्ने खेप्प क्याप सुँ पुजा पछी दसैंमा उहाँको बिदाई पुजा हुन्छ।

खेप्पा सुङ बिदाई पुजा !

दोस्रो पुजा उहाँको बिदाई पुजा हुन्छ, चैत बैशाखमा आमन्त्रण गरेर घरमा बिराजमान गराएर राखेको खेप्प सुङलाई दैवीक- प्राकृतिक प्रकोप झरी बादल पहिरो खोला नाला बाट हामीलाई विभिन्न विग्न वाधा बाट बर्षामास भरी रक्षा गरेर राख्नु भएको भन्दै कृतज्ञता प्रकट गर्दै घट्स्थापनादेखी फुलपाती सप्तमी सम्म खेप्प सुङलाई बिदाई पुजा गरिन्छ। यो बिदाई पुजालाई खेप्पाश्यापा पुजा भनिन्छ, यो बिदाई पुजा घर बाट पिंढी हुँदै बाहिर आँगनमा लगेर बिदाई गर्दछ,
खेप्पा सुङ्लाई बिदाई गर्दा उहाँ लाई बलीमा चढाएको मासु प्रसाद लाई सराङमा थालीमा राख्ने गरिन्छ भने कुल पुजाको प्रसाद सराङ माथि डालोमा राख्ने गर्छ त्यसैले तामाङ जाति भित्र चुल्हो सम्म जान जोसुकैलाई अनुमति हुदैन यसको निहित कारण यही हो चुल्होमा आफ्नो स्टदेव हुन्छ भन्ने मान्यता भएकोले दसैंलाई सराङ पर्व अर्थात मेलाङ हुँदै म्हेनिङ पर्व भन्ने गरिन्छ, खेप्पा सुङ्को पुजा गरेपछि आफ्नो खेप्प मान्यजनको हातबाट दिर्घायुको आशिर्वाद लिँदै दहीमा मुछिएको चामलको टीका लगाएर यो पर्व भव्य रूपमा मनाउने गरिन्छ तामाङ समुदायले !
जय सनातन !!

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =