यसकारण गोकुलप्रसाद बास्कोटा निर्दोष

विचार/ब्लग

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘क्लिन चिट’ पाउने छनक पाएसँगै नेपाली रुपैया अपचलन गर्ने  दलालहरु छटपटिएका छन् ।

तथ्य र प्रमाणले बाँस्कोटा माथिको आरोप फिक्का हुँदैगएसँगै उनीहरुको बेचैनी फेरि सुरु भएको हो ।

तत्कालिन मन्त्री बाँस्कोटाले सेक्युरेटी प्रेस खरिदका लागि कथित अडियोमा भनेजस्तो २८ अर्बमा नभई १८ अर्बमा संझौंता गर्नलागेको तथ्य बाँस्कोटाले तत्कालिन अवस्थामा बढाएको कागजातबाट प्रष्ट नै छ । अडियोमा कुरा एउटा तर तथ्य अर्को भेटिएसँगै बाँस्कोटाले क्लिन चिट पाउने निश्चित थियो । यही छनक पाएसँगै दलालहरु छटपटाएका हुन् ।

यसरी बेचैन हुनेहरुमा सेक्युरेटी प्रेस नेपाल आउँदा आफ्नो बिजनेस् ‘चैट’ हुनेहरु,नेपाली पैसालाई अबचलन गरी विदेश लैजानेहरु, मिडियाका नाउँमा कालो धनलाई सेतो बनाउनेहरु र दुरसंचारका नाउँमा नेपालमा मनपरी गर्न नपाएकाहरु नै बढी रहेको स्पष्ट छ ।

बाँस्कोटामाथि ७० करोडको कमिसनको आरोप लगाइएपनि बाँस्कोटाले दलालहरुले आउट गरेको टेप भन्दा १० अर्ब सस्तोमा प्रेस ल्याउन लागेका थिए । उक्त कुरा आरोप लाग्नुभन्दा अगाडी नै संसदको लेखा समितिमा बाँस्कोटाले सेक्युरेटी प्रिन्टिङ प्रेस खरिदबारे बुझाइएको कागजातबाटै प्रष्ट छ ।

यहीभएसँगै बाँस्कोटा विरोधीहरु यत्तिखेर मिडियामा कोकोहोलो मचाएर भ्रमको खेती गर्नमै व्यस्त छन् । कोकोहोलो मच्याउनेमा बार्षीक अर्बौ रुपैयां आर्थिक अपचलन गरी विदेश लैजाने ब्यापारी विनोद चौधरी पहिलो नम्बरमा छन् भने सेक्युरेटी प्रेसलाई रोकेर आफ्नो ब्यापार जोगाउन कम्मर कसेर लागिपरेकाहरु पछिपछि छन् ।

त्यसैको कारण चौधरीको कालोधन परिचालन गरी यत्तिखेर बाँस्कोटाको बदनाम गर्न फेरि मिडियामा फेक न्युजको बाढी आउन थालेको स्रोतको दावी छ ।

 

नेपाल राष्ट्रबैंकले अर्बपति चौधरीको कालोकर्तुत माथि अंकुश लगाउन खोजेसँगै चौधरीले मिडिया मालिकहरुलाई जति ‘पैसा आवश्यक पर्छ, व्यर्होछु तर बाँस्कोटालाई तह लगाउनु पर्छ’ भन्दै पैसा बाँडेको स्रोतको दाबी छ ।

चौधरीले बंगलादेशमा एउटा कम्पनी दर्ता गरी त्यही कम्पनीको नाउँमा नेपालको एउटा बैंकमा लगानी गरी त्यस्को नाफा बिदेश लगिरहेका छन् ।

नेपाली नागरिकले कमाएको नाफा नेपालमै राख्नु पर्ने कानून छल्न उनले विदेशमा कम्पनी खोली कानूनको छिद्रबाट छिरेर अर्बौ नेपाली रुपैया अपचलन गरिरेको पोल बाँस्कोटाले खोलिदिएका थिए ।

त्यसोत चौधरीको स्मामित्वमा रहेको एक कम्पनीले राज्यबाट अर्बौ सुविधा लिएर नेपालको सुदुरपश्चिममा दुर संचार क्षेत्र सेवा विस्तार गर्ने नाउँमा अर्बौ घोटाला गरेको पोल समेत बाँस्कोटाले खोलिदिएका थिए ।

चौधरीले सिजी कम्युनिकेसनका नाउँमा नेपालमा ब्यापार गर्न खोजेपनि बाँस्कोटाले पहिला लिएको रकम फिर्ता गर्न र लाइसेन्स लिन आउन खुलम खुल्ला चुनौती दिएसँगै चौधरी बाँस्कोटा सित्याउन मरेर लागेका थिए । सिजी कम्युनिकेसनका नाउँमा टर्किस कम्ष्ुनयुकेसनसँग मिलेर नेपालमा फाइम जी का नाउँमा चौधरीले अर्बौ खाने योजना बनाई बाँस्कोटालाई करौडौंको प्रलोभन दिंदासमेत त्यतिखेर बाँस्कोटा गलेका थिएनन् । त्यहिबेलादेखि नै चौधरी बाँस्कोटा विरुद्घ उत्रिएको जानकारहरु बताउँछन् ।

त्यसोत, सामान्यतया अदालतमा बिचाराधिन मुद्दामा धारणा बनाई समाचार छाप्न नपाइने भएपनि यत्तिखेर नेपालका कोही ठूला मिडियाहरु समेत ‘भाडमा आँचरसंहिता’ भन्दै रकमको पछि दगुरिरहेको बताइन्छ । छापाखाना र प्रेसका नाउँमा विदेशबाट कागज मगाएर पत्रिकामा नभई उक्त कागज अन्यत्रै बेचेर कालोधन्दा गर्नेहरु नै चौधरीको मिसनमा यत्तिखेर सकृय रहेको बताईन्छ ।

तत्कालिन अवस्थामा मन्त्री बाँस्कोटाले श्रमजीवि पत्रकार ऐन र क्लिन फिड नीतिको लागि लिएको अडानका कारण केही मिडिया मालिकहरुको धन्दा चौपट बनेको थियो । त्यसैको इगो फेर्नपनि चौधरीको कालो धन लिएर उनीहरुपनि बाँस्कोटासँग आफ्नो बदलाको रोटी सेक्ने प्रयत्नमै छन् ।

त्यसोत यत्तिखेर ठूला भनाउँदा मिडिया मालिकहरुलाई पुनः गोकुल बाँस्कोटा मन्त्री बनेर आउलान् भन्ने डर र भयले समेत सताएको छ ।
किनकि बाँस्कोटाले त्यतिखेर कालो धनलाई सेतो बनाउन मिडियामा बिजनेस गर्ने तर राजस्व छलेर श्रमजीवीलाई चाहिँ न्युनतम तलब पनि नदिनेलाई कानुनी दायरामा ल्याउदै थिए । बाँस्कोटा पुन ः मन्त्री भए आफ्नो कर्तुत बाहिरने उनीहरुलाई पनि डर छ ।

यसकारण बास्कोटा निर्दोष
पहिलो कुरा बाँस्कोटाले बोलेको भनिएको कथित अडियो र सेक्युरेटी प्रेस खरिदमा बढाइएको प्रस्ताव सम्बन्धी कागजातमा भनिएको भन्दा निक्कै तल अर्थात १८ अर्बमै ल्याउने तयारी भइरहेको स्पष्टछ ।

कथित टेपमा २८ अर्बमा ल्याउने भनि डिल गरिएको छ तर बाँस्कोटाले बढाएको कागजपत्रमा त्योभन्दा १० अर्ब कम देखिनुले बाँस्कोटाको नियत सफा छ भन्ने प्रमाणित हुन्छ ।

अर्को कुरा बाँस्कोटाले आफू विरुद आरोप लागेसँगै छानबिनका लागि सजिलै राजिनामा दिए । उनले पदको दुरुपयोग गरेनन् । अझ उनै बाँस्कोटाले आफूलाई लागेको आरोप विरुद्घ अदालतमा मुद्दा हालेर न्याय खोजिरहेका छन् ।

अदालतमा मुद्दा चलिरहेको समयमा समेत घरी यसो र घरी उसो भन्दै बिना प्रभाण र तथ्यका आधारमा बास्कोटालाई हिलो छाप्नखोज्नु भनेको न्यायलयमाथिकै प्रहार हो । कालोधनको परिचालन गरेर अदालतमा चलिरहेको विषयमा अनावश्यक टिक्का टिप्पणी गर्नु र कोकोहोलो मचाउनुले पनि दालमा कुचकालोछ भन्ने स्पष्ट छ । आफै न्यायधिस, आफै वकिल र आफै पत्रकार हुनेहरुको यो स्याँल हुइया बाँस्कोटाले क्लिन चिट पाउँछन् र पुनः शक्तिशाली हुन्छन् भन्ने भय बाहेक अरु केही हैन ।

दलालहरुले कथित आरोपलाई जति लम्ब्याउन सक्छन् त्यतिजेलसम्म उनीहरुको लुटको स्वर्ग बच्ने स्पष्ट छ । यसो गरेमात्र देशले पाउने अर्बौ फाइदा आफ्नोे पोल्टामा पारिरहन उनीहरु सफल हुनेछन् । सेक्युरेटी प्रेस नेपालमा आए नेपालबाट हुने बार्षिक १० अर्बभन्दा बढिको उनीहरुको पुस्तौनीे ब्यापार छिनमै चैट हुने त बाँस्कोटाले धेरै पटक भनिसकेकै विषय हो ।

आफ्नो कालो ब्यापारका लागि अनुकुल पात्र खडा गरेर बुँख्याचा बनाई देश लुट्नेहरुको यो बैचैनी पानीको फोका साबित हुने निश्चित छ । अदालतमा विचाराधिन मुद्दाको विषयमा फेक न्युजको कालो धन्दा कुनचाँही कानूनी आधार र धरातलमा टिकेको छ के दलालहरुसँग यसको उत्तर छ । हैन भने अरुलाई कानुन सिकाउनेहरु आफै कानूनको खिल्ली उडाउन किन ब्यस्त छन्, स्पष्ट छैन र ?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *