यस्तो छ साउदीमा कोरोना संक्रमण र नेपालीहरुको अबश्था

विदेश

रियाद । साउदी अरबमा मे १२ सम्ममा ६७४ जना नेपालीहरू कोरोनाबाट संक्रमित भएको रियाद स्थित नेपाली राजदुताबासले जनाएको छ । दुताबासका अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२,९२५ पुगेको छ । कूल संक्रमितहरु मध्ये हालसम्म १५,२५७ जना निको भएका छन् । २६४ जना संक्रमितको मृत्यु भएको छ ।

साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार ६७४ जना नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् । साउदी अरबको पूर्वी क्षेत्रमा नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको छ ।साउदी सरकारको जानकारी अनुसार साउदी अरबमा कोरोना संक्रमण शुरु भए देखि विभिन्न कारणले मृत्युभएका ३१ नेपाली नागरिकहरु मध्ये १ जना नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी गराएको दुतावासको भनाई छ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीका मुख्य गन्तव्य मुलुकका लागि नेपाली राजदूतहरुसँग भिडियो सम्बाद गरी कोरोना संक्रमणको पछिल्लो अवस्था, नेपाली श्रमिकहरुमा संक्रमण अवस्था र प्रभाव, रोजगारी, खाना र आवासको अवस्था, श्रमिक समस्याको प्रकृति र समस्यामा परेका कामदारहरुको प्राथमिकताको आधारमा स्वदेश फिर्ति लगायतका आवश्यकताका विषयमा जानकारी लिई आगामी दिनका लागि आवश्यक निर्देशन दिएका थिए । यससँगै दुतावासले यस्तो विवरण सार्वजनिक गरेको हो ।

राजदूत प्रा.डा. महेन्द्र प्रसाद सिंह राजपुतले कोरोना संक्रमणको महामारीमा साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरुले भोगेका समस्या, नेपाली समुदायसँगको सहकार्यमा नेपाली राजदूतावासले गरेका समाधानका पहल, समस्यामा भएकाहरुको प्राथमिकताका साथ उद्बारको आवश्यकता लगायतका विषयमा जानकारी गराउनु भयो । बैठकमा संकटको अवस्थामा श्रमिकहरुका समस्या समाधान गर्न राजदूतावासहरुले गन्तव्य मुलुकका सरकार र रोजगारदातासँग राम्रो समन्वय गरी सक्रिय भएर काम गर्न निर्देशन दिईएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =