यी प्रमाणहरुले वीर बलभद्र काभ्रेपलान्चोकको भमरकोटमा जन्मिएका हुन

प्रमुख समाचार बिशेष राजनिती विचार/ब्लग

श्रिकृष्ण धिमाल..                                         यी प्रमाणहरुले वीर बलभद्र काभ्रेपलान्चोकको भमरकोटमा जन्मिएका हुन     !                                                        अहिरामका छोरा रामकृष्ण कुबर पृथ्वीनारायण शाहका मुख्य सरदार र अन्तत काजि समेत बनेका थिए,पृथ्वीनारायण शाहको नेपाल पुन एकिकरणको क्रममा उपत्यका पुर्वको सागाचोक गढि, पलाञ्चोक भमरकोट तिमालकोट बुचाकोट, दुम्जा, काभ्रेकोट, बनेपा चौकोट, पनौति बिजयका प्रमुख सुत्रधार हुन! उनले नेपाल एकिकरणको क्रममा महत्त्वपूर्ण योगदान दिएका छन! इतिहास शिरोमणि बाबुराम आचार्यले पुर्णिामाको पुर्णाङ्ग५० २०२८ भाद्र ८/१० मा १८१७साल पलाञ्चोक आक्रमण गर्दा बाघ भिमसेनथापा (बडाकाजि अमरसिह थापाका पिता) घोरामा परि मारिएका र पलाञ्चोक आक्रमणको जिम्मा गोर्खा ली फौजको तर्फबाट सरदार रामकृष्ण कुबरलाई दिएपछि उनले काज फत्तेगरी काभ्रे गढिमा अधिकार जमाइ१५ बर्ष सम्म बडा हाकिम यश पुर्वि प्रदेशको हाकिम भएको उल्लेख इतिहास शिरोमणि बाबुराम आचार्यले गर्नु भएको छ! बीस १८१९ भाद्र १० मा गोरखालीले मकवानपुर गढि कब्जा गरेको र त्यस अन्तरॐगतको दास राज्य तिमालले गोर्खालि फौज सग आत्मसमर्पण नगरेको हुनाले घमासान युद हुदा सरदार रामकृष्ण कुबरका भाइ बलभद्र कुबरका हजुरबुबा जयकृष्ण कुबरको तिमालका शैनिकको खुडाबाट मृत्यु हुन पुग्छ करिब ३०० गोर्खाली फौजको हत्या भएपछि रामकृष्ण कुबर तिमाल बेसि झरी पलाञ्चोक किल्लामा बस्छन, आफ्ना प्रिय भाइ जय कृष्ण कुबर सहित ठुलो हता हता भएपछि रिसले चुर भएका रामकृष्णले भाइ सहित गोरखालि सेनाका को लास दिने र तिमाल बेसिको उब्जाउ जमिन तिमाल कोटलाइ फिर्ता गर्ने सन्धि गर्ने हतियार बिना बोलायर अघिलो दिन राति बगरमा ठुलो मात्रामा हतियार लुकाएर हतियार बिनाका ७०० सैनिक सहितलाइ सुनकोसी बगरमा काटि रामकृष्ण कुबरले भाइको हत्याको बदला लिएको घोषणा गर्दछन् उता काठमाडौ मा रहेका राजा पृथ्वीनारायण शासले रामकृष्णको भाइ जयकृष्ण को मृत्युको खबरले दुखित हुँदै वि स१८२९ असोज ५मा एउटा लालमोहोर जारी गरि काभ्रे कोट हालको धुलिखेल र भमरकोट पाचखाल तिम्रा सन्तान दरसन्तानले खानु भन्ने हुकुमको मोहोर आज पनि गुठि सस्थानमा प्रमाणित रहेको छ!( फलेन्द्र बिक्रम राणा- नेपाली राणा घरानाको सक्ष्िप्त बशावली)

काजि रामकृष्ण र सरदार जयकृष्ण कुबर तथा बलभद्र कुबरका कुप्रा बा अहिराम कुबर कास्कीका राजाको दमन सहन गर्ने नसकि पछि पराजुली र थापाहरुको सहयोगमा कास्किबाट भागेर गोर्खा राज्य सग शरण मागेको कुबर बशवालिमा छापिएको छ!
अहिराम कुबर कास्कीका चल्दापुर्दा व्यक्ति थिए यिनका तीन भाइ छोरा जेठा रामकृष्ण माइला जयकृष्ण र कान्छा अरससिह कुबर हुन! किर्तिपुरको युद्धमा काजि कालुपाण्डेको मृत्यु भएपछि उनको स्थानमा काभ्रे पुर्व किरात सम्म बिजय गरेका सरदार रामकृष्ण कुबर काजि नियुक्त भएको पढ्न पाइन्छ! तिमालकोटमा हत्या गरिएका भाइ जयकृष्ण कुबरका छोरा चन्द्रविर कुबर सानै उमेरका भएका कारण भमरकोटमै बढिरहेको र युवा अवस्थामा उनले भमरकोटको सरदार पद ग्रहण गरेको इतिहासका दस्ताबेज प्रयाप्त छन!
काभ्रेपलान्चोक रक्षाका निमित्त पृथ्वीनारायण शाहले नवयुवक रामकृष्ण कुबरलाइ नियुक्त गरेका हुनाले यिनी भमरकोटमा घरबार नै गरि त्यहाका स्थायी बासिन्दा भएको देखिन्छ, पृथ्वीनारायण शाहको मृत्यु भएको ३० बर्षपछिको बीस १८६० चैत्र बदि ३ रोज ६ को गिर्वाणयुद्बविरबिक्रम शाहबाट गरिदिएको लालमोहोर(बाबुराम आचार्य, पुर्वत: ३८६) बाट रामकृष्ण कुबर मात्र हैन यिनका छोरा भाइ भतिजाहरुको समेत स्थाइ बासस्थान भमरकोट नै रहेको देखिन्छ, जब राजालेनै तिम्रो र तिमो खलको स्थाइ बसोबास भमरकोट हो भनेर प्रमाणित गरेपछि, बलभद्रका पिता भमरकोट गढिको सुरक्षार्थ सरदार थिए दाजु भाइ सबै यतै थिए, राजाको हुकुम मोहोर, विर्ता थियो मोहोर थियो, तर १८४६ माघ १७ गते बलभद्र कुबर अन्तै जन्मिए, हावामा फुत्त उडेर बलभद्रको बाल्यकाल भमरकोटमा बित्यो तर जन्मिएका अन्तै हुन भनेर कोइ कसेैले इतिहास  बग्गाउने कुचेष्टा गर्छन भने दिवा सपना हो! वि स १८२९ असोज ५ पृथ्वीनारायण शाहको मोहोर र ३१ बर्षपछि वि स १८६० चेत्र गिवार्णयुद्व बिक्रमको लालमोहोरले रामकृष्ण जयकृष्ण , जयकृष्णका छोरा चन्द्रविर कुबर, र उनका छोरा बलभद्र समेत भमरकोट कै स्थायी बासिन्दा हुन भन्ने प्रमाणित हुन आउछ, पृथ्वीनारायण शाहको मोहोर र गीवार्णयुद्वको मोहोर गुठिका कागजपत्र झुटा हुन भने बलभद्र कुबर काभ्रेपलान्चोकका सन्तति हैनन!
वि स १८४६ साल मार्ग महिनाको १७ गते( ईश१७९० जनवरी ३०) हालको काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ६ भमरकोटमा वीर बलभद्रको जन्म भएको हो! उनकी आमा बडाकाजी अमरसिह थापाकी छोरी अम्किका देवि कुबर हुन! नालापानी नेपाल अग्रेज युद्वका कप्तान रहेका वीर वलभद्र कुबरको बाल्यकाल भमरकोट मै बितेको हो! उनका हजुरबुबा सरदार जयकृष्ण कुबर तिमाल कोटमा मारिएपछि उनी र उनका भाइहरुलाइ काभ्रे कोट र भमरकोट हालको धुलिखेल र पाँचखाल तिम्रा सन्तान दरसन्तानले खानु भन्ने मोहोर पृथ्वीनारायण साह र गीवार्णबिक्रम बाट हुकुम भएको थियो! बलभद्र कुबरका पिता चन्द्रविर कुबर भमरकोटमा रहेको सिहनाथ पल्टनका प्रमुख थिए! वि स १८६२ साल जेष्ठ १३ गतेका दिन काठमाडौ दरबारको पत्रअनुसार छाउनिमा आठै प्रहर रुजु राख्नु आफुले खाइपाइ आएको तलब बाहेक ३५२२ खान्कि राख्नु भन्ने आदेश मुताविक ४ पल्टन थिपिएको थियो! वी स १८६३ मा करिब १७ बर्षको युवा उमेरका बलभद्र कुबरले जयशिवशकर बरख कम्पनीमा सुबेदार पदमा नियुक्ति पाएका हुन! केही समय पश्चात् पल्टन सहित बलभद् कुबर लाई डोटि खटाइयो र उनले डोडिका राजकाज समेत समाली जनता कजाएर बसेका थिए! काभ्रेपलान्चोकको भमरकोटमा खलङ्गा खडा गरि बसेका उनका बाबू चन्द्रविर कुबर आफ्नो पल्टन सहित थपेको ४ पल्टन जम्मा पाच पल्टन लियर १८६४ साल वैसाखमा कुमाउ गढवालको श्रीनगरमा शिहनाथ कम्पनी लियर जानू भन्ने हुकु भएपछि बाबू गढवाल कज्याउन पुगेका थिए छोरा बलभद्र डोटि र बाबू कुमाउ गढवाल क्षेत्रका सेनापति बनेको ईतिहास जिवित छ! वि स १८६८मा नेपाल सरकारले दुन उपत्यकाको शासन व्यवस्था चलाउन र सुरक्षा गर्ने डोटिका सेनापति बलभद्र कुबरको वरख बल्टन साथ डोटिबाट खटाउछ सिहनाथ कम्पनी लिहि बसेका पिता चन्द्रविर कुबरको १८६९ साल बैसाखमा निधन भएपछि बलभद्र कुबरलाइ नालापानि किल्लाको जिम्मेवारी दिइएको हो! १८७१ साल मागमास्वस्थानि पुर्णिामा का दिन कप्तानमा बढुवा गरि राजाले ” तेरा बाबा सरदार चन्द्रविर कुबर खस्याछन, तिमिहरुका ख्वामिद पालना गन्र्या हामी छदैछौ, तेरा बाबाले गरि आएका कामकाज बडाकाजि अमरसिहथापाले लाया अह्राया बमोजिम गर्नु भनि लेखिको पत्र सुरक्षित छ! क्रमश…..

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =