रानीपोखरी पुनःनिर्माणबारे समिक्षा गर्दै विज्ञ भन्छन,‘पुनःनिर्माणबाट के गुमे र के जोगिए सबैले जान्न आवश्यक छ’

बिशेष

काठमाडौं । रानीपोखरी पुनःनिर्माण सम्बन्धी समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पदा संरक्षण अभियनताहरुको पहलमा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इञ्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन आर्किटेक्ट सम्पदाविद् प्रा. सुदर्शनराज तिवारी, लिपि विज्ञ काशिनाथ टमोट, उपत्यकाको परम्परागत पानी व्यवस्थापन प्रणालीकाअनुसन्धानकर्ता पद्मसुन्दर जोशी, पौराणीक प्रविधीबाट पानीको भण्डारण र बहावको क्षेत्रमा दशकौं काम गर्नुभएका विज्ञहरू सुशिल श्रेष्ठ र नरेन्द्र डंगोल साथै राष्ट्रिय पुनःनिर्माण प्रधिकारणका कार्यकारी समितिका सदस्य डा. चन्द्र श्रेष्ठ लगाायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा भूकम्मपछिको पुनःनिर्माणमा अभियन्ता र जनस्तरबाट रानीपोखरीको प्राचीन तथा परम्परागत शैली र सामाग्री साथै प्रताप मल्लले श्रृजना गरेको तिर्थस्थलको रूपमा नै रानीपोखरीलाई पुनःनिर्माण गराउन भएकोे निरन्तर संघर्षका बिषयमा समिक्षा गरिएको थियो । यसक्रममा सरकारलाई सचेत गराउँदै अभियान सञ्चालन, सर्वोच्च अदालतमा मुद्दा दर्ता तथा नेपाल प्रहरीमा जाहेरी दर्ता लगाायतका बिषयलाई स्मरण गरिएको  थियो ।

कार्यक्रमका बक्ताहरुले भूकम्पबाट क्षतिग्रस्त भएका सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका प्राचीन स्मारकहरूले वर्षौ पुरानो परम्परा, प्रविधि, पारम्पारिक ज्ञानको बारेमा भावी पुस्तालाई जानकारी दिनुका साथै इतिहासलाई अध्ययन गर्न समेत उत्तिकै महत्त्वपूर्ण मानिने, सोको पुनर्निर्माण यिनीहरूको मौलिक स्वरूपमै सोही प्रविधिबाट हुँदा मात्र यसको महत्त्व रहि रहन्छ (नि नं ९८२९) भनी सर्वोच्च अदालतले कानूनी सिद्धान्त प्रतिपादन गरेको र अदालतबाट रानीपोखरीलाई मापदण्ड अनुरूप निर्माण गर्नु भनी अन्तरिम आदेश जारी भएकोले रानीपोखरी निर्माणमा अत्यन्तै संवेदनशीलता र सावधानी अपनाउनु पर्नेमा जोड दिएका थिए ।

अदालतको फैसलापछि विज्ञको विज्ञताबाट रानी पोखरीको मौलिकता बचाउन कोसिस गर्दै रानी पोखरीमा केही आमुख व्यक्तिबाट भएका गल्तीलाई सच्याई राष्ट्रिय सम्पदाको संरक्षण र संवर्धन गर्न काठमाडौं महानगरापलिका र पुरातत्व विभागले विज्ञ समिति निर्माण गरी जनता समेतको रायसुझाव लिएर एउटा दस्तावेज निर्माण गरेको थियो । तर, दस्तावेज अनुसार संरक्षण नभएपछि रानी पोखरीको जिम्मा राष्ट्रिय निर्माण प्राधिकरणलाई दिईएको थियो ।

कार्यक्रमपछि अभियन्ता तथा मुक्त टुँडिखेल अभियानका संयोजक बिजय श्रेष्ठ र अभियन्ता ,कानूनका जानकार तथा अभियानका प्रवक्ता संजय अधिकारीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै समिक्षा कार्यक्रमबारे जानकारी गराएका छन । समिक्षा कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तुलनात्मक रूपमा प्रशंसनीय काम गरेको छ, भएतापनि रानीपोखरीको काम भई रहदा हामीले रानीपोखरीमा के गुमायौ, के जोगायौं जस्ता विषयमा सर्बसाधारण जनता अनविज्ञ रहेकोले विज्ञहरूले दिएको दस्तावेज अनुसार कुन चरणको काम समाप्त भयो, हाम्रा चुनौती के हो जस्ता विषयमा समीक्षा र जन राय लिनु जरुरी रहेको औँल्याईएको विज्ञप्तिमा उल्लेख छ ।

‘हाम्रा पिता पुर्खाले अन्नतकाल देखि संरक्षण गर्दै प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, राजनैतिक, सामाजिक स्वन्त्रताको प्रत्याभुत गरी रहेको बृहत टुँडिखेल क्षेत्र अहिले बसपार्क, अनधिकृत अतिक्रमण, अनधिकृत पसल सञ्चालन, अनधिकृत पार्किङ्ग, भवन बनाउने सामान र कामदार बस्ने ठाउँ, गैह्र परम्परागत पुनर्निर्माण तथा ढलान गर्ने कार्य गरी मासिदैं गरेको स्थिति छ र यो स्थिति कायम रहे भविष्यका सन्ततिले यो अद्वितीय महत्त्वको क्षेत्र गुमाउनु पर्ने अवस्था सृजना हुनुको साथै टुँडिखेलले अहिले स्वतन्त्रता खोजी रहेकोले जनस्तरबाट आफ्नो दायित्वको आत्मबोध गरी जनप्रतिनिधिहरूलाई समेत आफ्नो दायित्वबोध गराई टुँडिखेलको संरक्षण तथा खुल्ला क्षेत्रको महत्त्व उजागर गर्ने अभियान शुरू गरिएको थियो ।’ विज्ञप्तिमा भनिएको  छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *