रामजन्मभूमि अयोध्यापुरीबारे यस्तो गुरुयोजना

बिशेष

-लोकमणि पौडेल

सम्पूर्ण विश्व कै आस्था का केन्द्र भगवान् श्रीराम को असली जन्मभूमि माडीस्थित अयोध्यापुरी नै भएको कुरा अनेक शास्त्रहरू ले बताइरहेका छन्। जसलाई समयसमय मा अनेक शास्त्रीय प्रमाण जुटाएर मैले पुष्टि गर्दै आएको व्यहोरा सर्वविदितै छ। त्यहाँ राममन्दिर सँगसँगै रामायण अध्ययन केन्द्र, वैदिक गुरुकुल, आयुर्वेदिक अस्पताल एवं संग्रहालय जस्ता समाजोपयोगी काम गरिनुपर्छ भन्ने कुरा मा कसैको विमति हुन सक्दैन।

उक्त स्थान काे समुच्च विकास एवं प्रबर्द्धन का लागि विशेष गुरुयोजना बनाएर अगाडी बढ्नुपर्ने आज को आवश्यकता हो। एस कार्य मा सोही ठाउँ मा जन्मिएर हाल अमेरिका बसोबास गर्दै आउनुभएका वरिष्ठ इन्जिनियर थलराज पन्त जी ले आवश्यक गृहकार्य गरिरहनुभएको छ। उहाँबाट म थप उत्साहित भएको छू र एसका लागि उहाँ हार्दिक धन्यवाद का पात्र हुनुहुन्छ। कुन कुन ठाउँ मा के कस्ता काम गर्नु उपयुक्त हुन्छ भन्ने बारे मा उहाँले तयार पार्नुभएको नक्शा मैले यहाँ सार्वजनिक गरेको छू। यहाँहरू बाट आवश्यक सुझाव र सल्लाह को अपेक्षा छ।

पुनश्च : चितवन राष्ट्रिय निकुञ्ज लाई अतिक्रमण नगरीकन तथा वातावरण र पर्यावरणमा कुनै पनि किसिमको दखल नदिईकन गुरु योजना संपन्न गर्न सकिने छ। सामुदायिक वन क्षेत्र को करीब २१००० बिगाहा जमीन सदुपयोग गरेरै यो योजना सम्पन्न हुन्छ। वन क्षेत्र लाई थप हराभरा र आकर्षक समेत बनाउन सकिने छ।

अयोध्यापुरी को शास्त्रीय भूगोल

श्रीरामजन्मभूमि अयोध्यापुरी चितवन माडी मा पर्ने बारे मा कसैमा पनि कुनै द्विविधा नहोस् भन्ने हेतु ले समय समय मा अनेक आधारहरू फेसबुक तथा ट्विटर मार्फत् प्रस्तुत गर्दै आएको कुरा सबैलाई विदितै छ। वाल्मीकि रामायण का आधार मा अयोध्यापुरी को दक्षिण मा सहजै आवतजावत गर्न नसकिने भूभाग भएको र उत्तर सीमा मा सरयू नदी भएको चर्चा छ। वाल्मीकि रामायण बालकाण्ड पाँचौं सर्ग को सातौं श्लोक मा भनिएको छ-

“आयता दश च द्वे च योजनानि महापुरी,
श्रीमती त्रीणि विस्तीर्णा सुविभक्त महापथा ।”

एसका आधार मा अयोध्या को लम्बाई १२ योजन अर्थात् १४४ किमी र चौडाई ३६ किमी हुनुपर्ने हो कि भनेर उक्त श्लोक को हिन्दी अनुवाद का आधार मा धेरै अध्येताहरू अलमलिएको पाएँ। उक्त अनुवाद त्रुटिपूर्ण छ।

“आयता” को अर्थ घेरिएको क्षेत्र भन्ने हो। श्लोक मा “वर्ग” उल्लेख नभएकाले तेसलाई क्षेत्रफल भन्न मिल्दैन। तेसैगरी आयतन भन्न पनि मिल्दैन। घेरिएको क्षेत्र भनेको परिधि हो। श्लोक का आधार मा परिधि १४४ किमी र प्रस्तुत नक्शा का आधार मा क्षेत्रफल करीब ३०० वर्ग किमी हुनुपर्छ।

यो कुरा सबैको नजर मा पुगोस् भनेर ट्विटर मा https://bit.ly/32keyRf ट्वीट मार्फत् अयोध्यापुरी को शास्त्रीय आधार मा नक्शा बनाएर केही साता अगाडी पोष्ट पनि गरेको थिएँ। तेसपछि कतिपय ले नक्शा किन माछा को आकार को भनेर सोध्नुभएको थियो। मैले सोको आधार पनि दिएको थिएँ।


अचम्म त के भने यो नक्शा सँग अयोध्यापुरी को वर्तमान अवस्थिति पनि धेरै हद सम्म मिलेको देखिन्छ। मैले यहाँ गुगल अर्थ सँग सो नक्शा लाई जोडेर हेर्ने प्रयत्न पनि गरेको छू। अयोध्यापुरी का वरिपरि भएका नदी, महत्त्वपूर्ण तीर्थस्थल आदि को मैले बनाएको रेखाङ्कन करीब एक महीना अगाडी गोरखापत्र https://bit.ly/34uRkdU, सनराइजखबर लगायत का पत्रिकाहरू मा प्रकाशित पनि गराएको थिएँ। सो नक्शा पनि सबैको जानकारी का लागि यहाँ प्रस्तुत गरेको छू।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *